Khabar Dabali २८ माघ २०८२ मंगलवार | 10th February, 2026 Tue
Investment bank

कस्तो छ दलहरूको आत्मसमीक्षा ?

\"\"काठमाडाैं, ५ जेठ । कांग्रेसले पहिलो चरणको स्थानीय निर्वाचनको परिणाम अपेक्षित नआएको निष्कर्ष निकालेको छ । कमजोरी सच्याएर दोस्रो चरणको निर्वाचनमा सफल हुने उसको योजना छ । अाजको नयाँ पत्रिकामा खबर छ– ‘जति राम्रो हुनुपर्ने सोचेका थियौँ, त्यति राम्रो भएको छैन भन्ने परिणामले देखाइरहेको छ,’ बिहीबार पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरूको बैठकपछि महामन्त्री डा. शशांक कोइरालाले भने, ‘कांग्रेस र एमाले दुवैको मिश्रित परिणाम आइरहेको छ । अब अहिले देखिएका गल्तीलाई सच्चाउँदै दोस्रोमा हामी प्रभावकारी बनेर जाउँ भन्ने भएको छ ।’ केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा पहिलो चरणको निर्वाचन परिणाम र प्रदेश नं. १, २, ५ र ७ मा ३१ जेठमा हुने निर्वाचनको विषयमा छलफल भएको थियो । बैठकमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, कृष्ण सिटौला, डा. रामशरण महत, ज्ञानेन्द्रबहानुर कार्की, महेश आचार्यसहितका नेता सहभागी थिए । देउवाले भने– दोस्रोमा करेक्सन गरौँ कांग्रेस सभापति शेरबहादुर देउवाले अपेक्षित नतिजा नआए पनि २० वर्षपछि निर्वाचन हुनुलाई सफलता मान्नुपर्ने बताएका छन् । अब दोस्रो चरणको निर्वाचनमा केन्द्रित हुनुपर्ने उनले बताएका थिए । ‘हामीले जति सोचेका थियौँ, त्यस्तो नतिजा नआएको हो । तर, अझै पनि परिणाम आउन बाँकी छ,’ देउवाको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘२० वर्षपछि निर्वाचन गर्यौँ, यो नै सफलता हो । अब पहिलेका विषयलाई करेक्सन गरौँ ।’ कहाँ के कमजोरी भयो ? सहरी क्षेत्रमा पार्टीको पक्षमा माहोल नबनेकोमा कांग्रेस बैठकमा समीक्षा भएको छ । अन्तिम समयमा उम्मेदवार चयन, तालमेल तथा प्रचारलगायतका विषयमा समीक्षा भएको थियो । ‘सहरी क्षेत्र कांग्रेसको पुरानैदेखिको प्रभाव क्षेत्र हो । तर, अहिले जसरी भोटको ट्रेन्ड देखिएको छ, यस्तो हुने सोचेका थिएनौँ,’ बैठकमा सहभागी केन्द्रीय सदस्य डा. रामशरण महतले । पूरै नतिजा आएपछि फेरि समीक्षा बैठक गर्ने तयारी कांग्रेसको छ । उदारवादी हुँदा साझा र विवेकशील पार्टीले भोट काटे कांग्रेस उदारवादमा विश्वास गर्ने पार्टी भएकैले नयाँ पार्टीहरूले भोट काटेको केन्द्रीय सदस्य रामशरण महत बताउँछन् । ‘काठमाडौंमा हामीले अत्यधिक मत ल्याउनुपर्ने हो । तर, प्रजातन्त्र र उदारवादी भएकै कारण हाम्रो भोट साझा र विवेकशील पार्टीले काटे,’ उनले भने । यसकारण घट्यो भोट कांग्रेस बैठकमा सभापति शेरबहादुर देउवा पक्षधरले भोट घट्नुको कारणबारे खुलेर बहस गरेनन् । तर, नेता रामचन्द्र पौडेल पक्षधर नेताहरूले भोट घट्नुमा पछिल्लो समय सरकार र अन्तिम समयमा उम्मेदवार चयनलगायतका पार्टीका निर्णय जिम्मेवार रहेको आरोप लगाएका छन् । ‘शेरबहादुरजीलाई चित्त बुझ्दैन, तर चितवनमा तालमेल गर्दा र सरकारले पछिल्लो समय गरेका निर्णय हाम्रा लागि प्रत्युत्पादक भयो,’ नेता रामशरण महतले नयाँ पत्रिकासित भने, ‘यस्तै निर्णयले कांग्रेसको भोटमा असर परेको हो ।’ आइजिपी प्रकरण, प्रधानन्यायाधीशविरुद्धको महाअभियोग, उम्मेदवार चयनमा कमजोरी भएकाले पनि भोट घटेको दाबी पौडेल पक्षको छ । पौडेल पक्षका नेताहरूले स्थानीय तहका नेता र कार्यकर्ताको चाहनाविना गठबन्धन गर्न नहुने सुझाब पनि बैठकमा राखेका थिए । पौडेलले पहिले देखिएका कमजोरीलाई केलाएर अघि बढ्न नसके दोस्रो चरणको निर्वाचनसमेत पार्टीलाई अप्ठ्यारो पर्ने धारणा राखेका थिए । अब दोस्रो चरणमा केन्द्रित कांग्रेसले ३१ जेठमा हुने दोस्रो चरणको निर्वाचनमा सबै ध्यान केन्द्रित गर्ने र परिणाम अनुकूलको बनाउने निर्णय गरेको छ । ‘अहिले अपेक्षाअनुसार रिजल्ट आएन,’ केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘अब दोस्रो चरणमा ध्यान दिएर प्रभावकारी रूपमा अगाडि बढ्नुपर्छ भन्ने निर्णय भयो ।’ पहिलो चरणमा ढिलो उम्मेदवार चयन गर्दा समस्या आएको भन्दै कांग्रेसले ८ जेठसम्म उम्मेदवारको सूची पठाउन प्रदेश, १, २, ५ र ७ का जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ । उम्मेदवार चयन गर्दा अब जित्नेलाई प्राथमिकता दिइने कार्कीले दाबी गरे । मधेसलाई साथमा लिएर जाने मधेसका समस्या समाधानको पहल गर्दै दोस्रो चरणको निर्वाचन सफल बनाउन अग्रसर हुने कांग्रेसको निर्णय छ । ‘मधेसको समस्या कसरी समाधान गर्न सकिन्छ भन्नेबारे सरकारले प्रयास गरिरहेको छ । अब कांग्रेसले पनि पहल गर्छ,’ केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘हामी संविधान संशोधन गरेर मधेसलाई समेत विश्वासमा लिएर निर्वाचनमा जान पहल गर्छौँ ।’ ‘८ जेठमा प्रचण्डको राजीनामा २१ जेठमा देउवा प्रधानमन्त्री’ केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले ८ जेठमा प्रधानमन्त्री प्रचण्डले राजीनामा दिने र २१ जेठसम्ममा सभापति देउवा प्रधानमन्त्री बन्ने दाबी गरे । पदाधिकारी बैठकपछि महामन्त्री डा. शशांक कोइरालाले अब प्रधामन्त्री प्रचण्डले राजीनामा दिने र देउवा प्रधानमन्त्री बन्ने प्रस्ट्याएका थिए । बैठकमा सभापति देउवाको नेतृत्वमा नयाँ सरकार गठनको विषयमा छलफल भएको केन्द्रीय सदस्य महेश आचार्यले जानकारी दिए । ‘अब संविधान संशोधन गर्ने र आगामी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने विषयमा पनि बैठकमा छलफल भयो,’ उनले भने । अपेक्षाभन्दा केही सिट कम, तर सन्तोषजनक : एमाले प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सन्तोषजनक परिणाम आएको प्रारम्भिक समीक्षा गरेको छ । कांग्रेस बढी सिट अन्तरमा दोस्रो दल बन्ने प्रक्षेपण पूरा नभए पनि एमालेले पहिलो स्थान प्राप्त गर्ने प्रस्ट संकेत देखिएको निष्कर्ष छ । एमालेले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकासहित एक सय ३५ देखि एक सय ४५ सिट जित्ने लक्ष्य राखेको थियो । तर, सबै परिणाम आउँदा अपेक्षाभन्दा २० देखि ३० सिट कम आउने एमालेले जनाएको छ । दोस्रो निर्वाचनमा ५० प्रतिशत कटाउने लक्ष्य पहिलो चरणको प्रक्षेपणमा थोरै फरक परे पनि एमालेले बाँकी चार प्रदेशमा हुने निर्वाचन परिणाममा ५० प्रतिशत कटाउने लक्ष्य पूरा हुने दाबी गरेको छ । ‘अहिलेको परिणाम सन्तोषजनक नै छ, तर ५० प्रतिशत कटाउने लक्ष्य पूरा गर्न दोस्रो चरणको निर्वाचन कुर्नुपर्ने स्थिति देखियो,’ उपाध्यक्ष वामदेव गौतमले भने, ‘हामी त्यो लक्ष्य पूरा गरिछाड्छौँ ।’ सत्ता दुरुपयोगबाट १० प्रतिशत सिट प्रभावित सत्तारूढ गठबन्धनले सत्ता दुरुपयोग र धाँधली गरेर करिब १० प्रतिशत सिट प्रभावित पारेको आरोप एमालेको छ । दोलखा, सिन्धुपाल्चोक, धादिङ, काभे्र, रसुवा, हुम्ला, रुकुम, नुवाकोट, मकवानपुर, रामेछापलगायत जिल्लामा सत्ताको आडमा अराजनीतिक क्रियाकलाप गरेर मत प्रभावित गरिएको एमालेको आरोप छ । यसको अनुसन्धान गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने माग एमालेको छ । ‘सत्ताको आडमा बुथ कब्जा गरेर, धाँधली गरेर ५ देखि १० प्रतिशत सिट प्रभावित तुल्याइएको छ,’ एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाले भने, ‘घेराबन्दी, सत्ताको दुरुपयोग र षड्यन्त्र सामना गर्दै पहिलो स्थानको प्रस्ट संकेत देखिनुलाई सकारात्मक रूपमै लिएका छौँ ।’ दोस्रो निर्वाचनपछि लक्ष्य पूरा गर्छौं : वामदेव गौतम, उपाध्यक्ष, एमाले निर्वाचनको पूर्ण समीक्षा गरिसकेका छैनौँ । प्रारम्भिक समीक्षामा अपेक्षाअनुसार परिणाम आएन भन्ने हो । ठ्याक्कै यति सिट जित्ने भन्ने लक्ष्य नभए पनि ५० प्रतिशत कटाउने भनिएकाले पहिलो स्थानको सम्भावनालाई सन्तोषजनक नै मानेका छौँ । कांग्रेसले अहिलेकै जति धेरै स्थान जित्ला भन्ने लागेको थिएन । तर, धेरै ठाउँमा कांग्रेस–माओवादीको गठबन्धनले उनीहरूको केही बढी सिट आयो । ८–१० स्थानमा सत्ताको दुरुपयोग र धाँधलीमार्फत परिणाम प्रभावित तुल्याइएको छ । तर, बहुमत सिट जित्ने लक्ष्य पूरा गर्न दोस्रो चरणको निर्वाचन पर्खिनुपर्ने स्थिति देखियो । अहिलेको परिणामले सकारात्मक सन्देश दिएकाले दोस्रो चरणमा लक्ष्य पूरा गर्छौं, कांग्रेस दोस्रो र माओवादी तेस्रो स्थानमै हुनेछ । सिट संख्याभन्दा एजेन्डाको जित : माओवादी केन्द्र सरकारको नेतृत्वमा रहेको माओवादी केन्द्रले पहिलो चरणको स्थानीय निर्वाचन परिणामबाट निराश नभएको प्रारम्भिक प्रतिक्रिया दिएको छ । उत्साहजनक नतिजा नआए पनि पार्टीको एजेन्डाले विजय प्राप्त गरेको निष्कर्ष माओवादीको छ । ‘निर्वाचनमा सधैँ जित–हार मात्र निर्णायक हुँदैनन्, कतिपय अवस्थामा एजेन्डा स्थापित गर्नु पनि महत्वपूर्ण हुन्छ,’ माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले नयाँ पत्रिकासँग भनिन्, ‘एजेन्डामा माओवादीले जितेको छ ।’ सिंहदरबारमा केन्द्रित अधिकार गाउँगाउँमा पुर्याउने र संविधान कार्यान्वयन गराउने माओवादी मिसन स्थानीय तहको निर्वाचनले सफल बनाएको प्रवक्ता भुसालको भनाइ छ । पहिलो चरणको निर्वाचनको पूर्ण समीक्षा र दोस्रो चरणको निर्वाचन तयारीका लागि माओवादी केन्द्रले शनिबारका लागि केन्द्रीय कार्यालयको बैठक राखेको छ । अपेक्षाअनुसार नै नतिजा ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा माओवादी केन्द्रलाई प्राप्त सिट अपेक्षित नै रहेको माओवादी केन्द्रीय कार्यालयका सदस्य टोपबहादुर रायमाझीले बताए । ‘हामीलाई धेरै निराशाको नतिजा ल्याउँछन्, पत्तासाप नै हुन्छन् भनेर केही राजनीतिक शक्तिहरूले प्रचार गरेका थिए,’ रायमाझीले भने, ‘तर, हामीलाई ०७० सालको संविधानसभाको निर्वाचनको भन्दा राम्रो नतिजा प्राप्त भएको छ । अपेक्षा गरेअनुसारकै नतिजा आएको छ । हामी निराश हुनुपर्ने अवस्था छैन, खुसी नै छौँ ।’ सहरमा मत नआउँदा आश्चर्यमा सहरका स्थानीय तहमा सिट कम प्राप्त भएकोमा माओवादी केन्द्र आश्चर्यमा छ । ‘हाम्राविरुद्ध धेरै नै भ्रम फैलाइएका थिए, गाउँमा त्यस्ता भ्रम चिर्न हामी सफल देखियौँ,’ नेता टोपबहादुर रायमाझीले भने, ‘तर, सहरमा चिर्न सकिएनजस्तो महसुस भएको छ ।’ माओवादी नेतृत्वको सरकारले दैनिक १८ घन्टाभन्दा लामो समयसम्म झेलेको लोडसेडिङको अन्त्यलगायतका काम गर्दा पनि राजधानीवासीले पार्टीलाई मत नदिएकोमा माओवादी केन्द्रको गुनासो छ । ‘नानीमैया दाहाललगायतलाई जिताउने उपत्यकाकै जनता थिए । अहिले माओवादीलाई मत नदिने पनि उपत्यकाकै जनता देखिएका छन्,’ नेता टोपबहादुर रायमाझीले भने, ‘सहरका जनता बुझ्नै नसकिने छन् भन्ने यसले देखाएको छ ।’ दोस्रो चरणमा थप मिहिनेत ३१ जेठमा हुने दोस्रो चरणको निर्वाचनमा उल्लेख्य नतिजा हासिल गर्न मिहिनेत गर्ने माओवादी केन्द्रको तयारी छ । शनिबार बस्ने केन्द्रीय कार्यालय बैठकले पहिलो चरणको निर्वाचनको गम्भीर समीक्षा गर्दै कमजोरी सच्चाएर निर्वाचनमा होमिने कार्ययोजना बनाउने माओवादीले जनाएको छ । हामी खुसी छौँ – टोपबहादुर रायमाझी, वरिष्ठ नेता, माओवादी केन्द्र सरसर्ती हेर्दा निर्वाचन परिणाम मिश्रित प्रकारको आएको छ । कांग्रेस–एमाले झन्डै बराबरी अवस्थामा देखिए । हामीले पनि अपेक्षा गरेअनुसार नै नतिजा प्राप्त गरेका छौँ । हाम्रा लागि यो चुनाव सांगठनिक जितभन्दा पनि एजेन्डा कार्यान्वयनमा लैजानु ठूलो महŒवको विषय थियो । अग्रगामी निकासका लागि निर्वाचन गर्ने र संविधान कार्यान्वयनमा लैजानु हाम्रो लागि ठूलो थियो । कसले जित्यो भन्ने कुरामा भन्दा पनि राजनीतिक मुद्दा स्थापित गराउन हामी सफल भएका छौँ । सांगठनिक रूपमा जसले जिते पनि एजेन्डाका हिसाबले माओवादीको जित भएको छ । अब मुलुक संविधानले व्यवस्था गरेअनुसार एउटा स्थिरतातिर जानेछ । यसमा माओवादी निराश छैन, खुसी नै छ । अनपेक्षित नतिजा, तर विचलित हुँदैनौँ : राप्रपा राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनको परिणाम अनपेक्षित भए पनि जनादेश स्विकार्ने बताएको छ । अध्यक्ष कमल थापाले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै भनेका छन्, ‘राप्रपालाई मत दिने जनतामा आभार । परिणाम अनपेक्षित भए पनि जनादेश स्वीकार गर्छौँ । विचलित हुँदैनौँ, आत्मसमीक्षा गर्छौँ, थप मिहिनेत गर्छौँ ।’ राप्रपा नेता दिलानाथ गिरीले निर्वाचन परिणामले पार्टीलाई ‘सरप्राइज’ गराए पनि स्वाभाविक रूपमा लिएको बताए । कमीकमजोरी कहाँबाट भयो भन्ने बिन्दु पत्ता लगाएर त्यसलाई सच्याउँदै अघि बढ्ने उनले बताए । लड्दैपड्दै दौडिन जनताको आदेश : नयाँ शक्ति नयाँ शक्ति पार्टीले निर्वाचन परिणामले लड्दै दौडिन सिकाएको जनाएको छ । ‘नवजात शिशु नयाँ शक्तिलाई लड्दै–पड्दै दौडन सिक्न र वैकल्पिक राजनीतिको लामो यात्रा तय गर्न जनताले दिएको आदेशलाई हामी विनम्रतासाथ स्विकार्छौँ,’ नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ट्विट गर्दै भनेका छन् । प्रवक्ता खिमलाल देवकोटाले पार्टी गठनको छोटो समयमै चुनावमा होमिए पनि प्राप्त परिणामबाट सन्तुष्ट रहेको बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE