Khabar Dabali २८ माघ २०८२ मंगलवार | 10th February, 2026 Tue
Investment bank

सत्तादाैडमा एमाले पनि : प्रचण्डले खाली गर्ने मैदानमा एमालेले ‘पेले, म्यारोडाना र रोनाल्डो' उतार्ने

\"\"काठमाडाैं, ४ वैशाख । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवाका लागि मैदान खाली गरिदिन प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेलगत्तै प्रमुख प्रतिपक्षी दल एमालेले सरकारको नेतृत्वमा आफ्नो दाबेदारीको आन्तरिक तयारी गरेको छ । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– एमालेका उपाध्यक्ष वामदेव गौतमको निवास भैंसेपाटीमा बुधबार बसेको स्थायी कमिटी बैठकमा सरकार निर्माण बहुमतीय प्रक्रियाका लागि संसद्मा गएपछि पार्टीले उम्मेदवारी दिने सैद्धान्तिक निर्णय भएको छ । स्पष्ट रूपमा उम्मेदवारी नतोकिए पनि कांग्रेस सभापति देउवालाई माओवादी र मधेस केन्द्रितलगायतका दलहरूले अघि सारेको अवस्थामा एमालेका तर्फबाट उपाध्यक्ष गौतम स्वयं नै उम्मेदवार बन्ने जानकारी पार्टी उच्च स्रोतले दिएको छ। उता राष्ट्रिय जनता पार्टी नेपालले कांगे्रस सभापति देउवा र प्रधानमन्त्री प्रचण्डसँग छुट्टाछुट्टै भेट गरी दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी बन्न संविधान संशोधन अनिवार्य हुनुपर्ने अडान राखेको छ । उनीहरूको अडानप्रति देउवा र प्रचण्डले संसद्मा संविधान संशोधन लैजाने तर पर्याप्त दुई तिहाइको संख्या अभावमा संशोधन प्रस्ताव पारित हुन नसक्ने अवस्थालाई स्विकार्न आग्रह समेत गरेका छन् । अहिलेसम्म राजनीतिक अभिभावकत्व प्रदान गर्दै आएको भारतले पनि राजपालाई स्थानीय तहको दोस्रो निर्वाचनमा सहभागी हुन सल्लाह दिएपछि केही हतोत्साहित राजापाभित्र देउवा सरकारमा सहभागी हुनुपर्ने बारेमा पनि छलफल भइरहेको एक स्रोतले बतायो । एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले प्रचण्डले देउवालाई सत्ता हस्तान्तरण गर्ने प्रक्रिया संसद्मा गएपछि प्रधानमन्त्री पदका लागि मैदान खाली हुने र प्रमुख प्रतिपक्षी दलको हैसियतमा एमालेले यसलाई उपयोग गर्ने बताए । उनले पार्टी उपाध्यक्ष गौतमको निवासमा भएको स्थायी कमिटीको निर्णयबारे जानकारी दिँदै भने, ‘प्रचण्ड र देउवाले देश चलाउन सक्दैनन् भने एमालेले चलाउनुपर्छ । यसै आधारमा प्रधानमन्त्रीका लागि खाली हुने पदमा एमाले सहभागी हुन्छ ।\' उक्त पदमा गौतमलाई चयन गर्दै प्रचण्डलाई अप्ठ्यारोमा पार्ने रणनीति हो भन्ने जिज्ञासामा श्रेष्ठले भने, ‘एमालेभित्र गौतम मात्र होइन, केपी शर्मा ओली, माधवकुमार नेपाल जस्ता म्यारोडोना, पेले र रोनाल्डो रहेकाले प्रचण्डको राजीनामापछि कुनै एक नेताले गोल गर्नु हुनेछ । प्रधानमन्त्रीको पदमा सुट गर्ने मौका पाउनासाथ कोही न कोही एमाले नेता गोल गर्दै प्रधानमन्त्री बन्नु हुनेछ ।\' कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजपाका नेताहरूले संशोधनबिना निर्वाचन हुन नसक्ने भन्दै जेठ ३१ का लागि तय चुनाव सार्न गरेको प्रस्ताव आफूहरूले अस्वीकार गरेको बताउनुभयो । पौडेलले भन्नुभयो, ‘हामीले राजपालाई चुनावमा सहभागी हुन आग्रह गर्‍यौं ।\' राजपा दोस्रो चरणको निर्वाचनमा सहभागी हुने पौडेलले विश्वास व्यक्त गर्नुभयो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE