Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

प्रचण्डले जेठ ८ मा राजिनामा गर्ने

\"\"काठमाडाैं, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न जेठ ८ गते राजीनामा दिने मनस्थिति बनाएका छन् । कांग्रेससँग भएको समझदारीअनुसार प्रचण्डले स्थानीय तहको दोस्रो चरणको चुनावअगावै राजीनामा दिने भएका हुन् । अाजको कान्तिपुर दैनिकमा खबर छ– प्रधानमन्त्रीले ८ गते संसद्लाई सम्बोधन गरी राजीनामा दिने तयारी गरेको माओवादी केन्द्रका नेता वर्षमान पुनले बताए । ‘भोलि (बिहीबार) या पर्सि (शुक्रबार) यो हिउँदे अधिवेशन बन्द हुन्छ, अनि ८ गते वर्षे अधिवेशन बोलाएर त्यसै दिन संसद्लाई सम्बोधन गरी प्रधानमन्त्रीले राजीनामा दिने सामान्य तयारी छ,’ उनले भने, ‘दोस्रो चरणको स्थानीय तहको चुनाव नयाँ सरकारले गर्छ ।’ गत साउन १९ गते प्रधानमन्त्री नियुक्त प्रचण्डले साढे ९ महिनापछि कांग्रेससँग भएको सहमति पालना गर्दै यही गठबन्धनलाई निरन्तरता दिन चाहेका हुन् । कांग्रेस र माओवादी केन्द्रबीचको गठबन्धन निर्माणकै बेला आलोपालो सरकारको नेतृत्व लिने लिखित समझदारी थियो । सार्वजनिक नगरिएको ५ बुँदे उक्त समझदारीको ३ नम्बर बुँदामा आलोपालो सरकारको नेतृत्वबारे उल्लेख छ, जसमा प्रचण्डले चैत मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्ने र त्यसपछिको चरणमा कांग्रेस सभापति देउवाले सरकारको नेतृत्व लिने भन्ने छ । चैत मसान्तभित्र चुनाव सम्भव नभएपछि प्रचण्ड आफैंले वैशाख ३१ को पहिलो चरणको चुनावपछि राजीनामा दिनेमा कांग्रेस नेताहरूलाई आश्वस्त पार्दै आएका थिए । उनले सोमबार कांग्रेस सभापति देउवासँगको भेटमा पनि ८ गते राजीनामा दिने बताए । सहमतिअनुसार कांग्रेस र माओवादी केन्द्र गठबन्धनबाटै सरकार बन्नेछ । देउवा नेतृत्वको सरकारले स्थानीय तहको जेठ ३१ को दोस्रो चरणको चुनाव गराउने छ । त्यसपछिका प्रदेश र संघीय संसदको चुनाव सम्पन्न गरी संघीय संसद् नआएसम्म देउवाले सरकारको नेतृत्व गर्ने समझदारीमा उल्लेख छ । बालुवाटार स्रोतका अनुसार केही दिनयता प्रधानमन्त्री प्रचण्डले आफू निकटस्थहरूसँग सत्ता लम्ब्याउने रहर आफूलाई नभएको भन्दै कांग्रेससँगको समझदारी इमानदारिताका साथ पालना गर्ने बताउँदै आएका छन् । नयाँ सरकार निर्माण, संविधान संशोधनलगायत विषयमा बुधबार साँझ पनि बालुवाटारमा वार्ता भएको थियो । बजेट भने काम चलाउ सरकारबाटै आउने भएको छ । जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता रहेकाले सरकारले कुनै नयाँ कार्यक्रम समावेश नगरी ‘काम चलाउ बजेट’ ल्याउने तयारी गरेको कांग्रेसका एक मन्त्रीले बताए । ‘काम चलाउ सरकारले काम चलाउ बजेट नै ल्याउँछ, चुनावपछि नयाँ कार्यक्रम समावेश भएको पूरक बजेट आउनेछ,’ ती मन्त्रीले भने, ‘चुनावको आचारसंहितालाई ध्यानमा राखेरै सरकारले काम चलाउ बजेट ल्याउन लागेको हो ।’ प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएपछि सरकार बन्न छिटोमा डेढ साता लाग्छ । संविधानको धारा २९८ को उपधारा २ को व्यवस्थाअनुसार सहमतिका सरकारका लागि एक साताको समयसीमा तोक्नुपर्ने व्यवस्था छ । त्यसपछि मात्रै बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न संविधानको धारा २९८ को उपधारा ३ आकर्षित हुन्छ । प्रचण्डले जेठ ८ मा राजीनामा दिने भएपछि ‘वेटिङ’ प्रधानमन्त्री देउवाले संविधान संशोधन प्रक्रिया अघि बढाउने र राष्ट्रिय जनता पार्टीलाई पनि सरकारमा ल्याउने प्रयास गरेका छन् । कांग्रेस नेताहरूका अनुसार राजापाका नेताहरूसँग सभापति देउवाले यस सम्बन्धमा अनौपचारिक संवाद थालिसकेका छन् । माओवादी नेता पुनले भने तत्काल कांग्रेस, माओवादी केन्द्र र लोकतान्त्रिक फोरम मिलेर सरकार बन्ने बताए । ‘मधेस केन्द्रित दलहरूलाई पनि ल्याउनुपर्छ भन्नेमा हामी छौं,’ उनले भने, ‘तर मैले तत्काल मधेस केन्द्रित दल सरकारमा आउने सम्भावना देखिरहेको छैन ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending