काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता प्राप्त गरेका साना दलहरूले संसद्का सबै संरचनामा आफ्नो उपस्थिति सुनिश्चित गर्न माग गरेका छन्। २१ फागुनको निर्वाचनपछि राष्ट्रिय दल बनेका छ दलबीच बुधबार सिंहदरबारमा सर्वदलीय बैठक बसेको थियो।
अर्जुननरसिंह केसी को अध्यक्षतामा बसेको बैठकमा सरकारका तर्फबाट सोबिता गौतम सहभागी थिइन्। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी का प्रतिनिधिहरू उपस्थित थिए।
बैठकमा रास्वपा र कांग्रेस बाहेकका दलहरूले संसद्का समितिहरू, कार्यव्यवस्था परामर्श समिति तथा अन्य आन्तरिक संरचनामा साना दलहरूको सहभागिता सुनिश्चित हुनुपर्ने धारणा राखे। प्रतिनिधिसभामा दलहरूको संख्या आधार मानेर मात्र सदस्यता बाँडफाँट गरिए कतिपय संरचनामा साना दलको उपस्थिति नै नहुने उनीहरूको तर्क थियो।
प्रतिनिधिसभा अन्तर्गत १० विषयगत समिति र दुई संयुक्त समिति गठन हुन बाँकी छन्। यसबाहेक सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने प्यानल, कार्यव्यवस्था परामर्श समिति लगायत संरचनालाई पूर्णता दिनुपर्नेछ। सांसद संख्याको आधारमा मात्र सदस्य चयन गर्दा साना दलहरू प्रतिनिधित्वविहीन हुन सक्ने भन्दै उनीहरूले संघीय संसद् सचिवालयको ध्यानाकर्षण गराएका छन्।
बैठकमा बोल्दै एमालेका प्रतिनिधिले सबै दललाई समेटेर अघि बढ्नुपर्ने धारणा राखे भने राप्रपाले राष्ट्रिय दलहरूको सबै संरचनामा सहभागिता सुनिश्चित गर्नुपर्ने माग दोहोर्यायो।
संसद्मा बोल्ने समय निर्धारणको विषयमा पनि साना दलहरूले असन्तुष्टि जनाएका छन्। संघीय संसद् सचिवालयले सांसद संख्याको अनुपातमा समय बाँडफाँट गर्ने प्रस्ताव राखेपछि साना दलहरूले लचकता अपनाउन आग्रह गरेका हुन्। प्रस्तावित समय विभाजनअनुसार रास्वपाले ४० मिनेट, कांग्रेसले ८ मिनेट, एमालेले ५ मिनेट र अन्य दलहरूले ४–४ मिनेट पाउने व्यवस्था गरिएको छ।
सर्वदलीय बैठकले प्रतिनिधिसभाको पहिलो बैठकका लागि पाँच कार्यसूची तय गरेको छ। अधिवेशन आह्वानसम्बन्धी सूचना वाचन, शीर्ष नेताहरूको शुभकामना मन्तव्य, सभामुख निर्वाचन तालिका प्रस्तुति, नयाँ नियमावली नबन्दासम्म पुरानै नियमावलीअनुसार काम गर्ने प्रस्ताव तथा तीन अध्यादेश टेबुल गर्ने कार्यसूची तय गरिएको छ।
साना दलहरूको धारणा संसद्को संरचनागत समावेशिताबारे नयाँ बहस सुरु गराउने संकेतका रूपमा हेरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - २०:०७
काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...
चैत्र १८ गते, २०८२ - २०:०१
काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...
चैत्र १८ गते, २०८२ - १९:५८
काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...
चैत्र १८ गते, २०८२ - १९:५६
काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...
चैत्र १८ गते, २०८२ - १९:५४
कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...
चैत्र १८ गते, २०८२ - १९:५०
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गर्दै निर्वाचन क्षेत्रका समस्या प्रत्यक्ष रू...
चैत्र १८ गते, २०८२ - १९:४८
काठमाडौं । जिल्ला अदालत काठमाडौंले पत्रकार दिलभूषण पाठक विरुद्ध दायर मुद्दामा दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएको छ। बुधबार न्यायाधीश खिमानन्द भुषाल को ...
चैत्र १८ गते, २०८२ - १९:४६
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पश्चिमा देशहरूको शक्तिशाली सैन्य संगठन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)बाट अमेरिका बाहिरिने विषयमा गम...
चैत्र १८ गते, २०८२ - १९:३९
काठमाडौँ । श्रीलङ्काले ३९ वटा देशका पासपोर्ट प्राप्त व्यक्तिहरुलाई निःशुल्क पर्यटक भिसा प्रदान गरी ६ महिनाको कार्यक्रम पेस गर्ने तयारी गरेको जनाइएको ...
चैत्र १८ गते, २०८२ - १९:२७
काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय ऊर्जा बजारमा अस्थिरता बढ्दै जाँदा भारतले उड्डयन टर्बाइन इन्धन (एटिएफ) र व्यावसायिक एलपिजीक...


प्रतिकृया लेख्नुहोस्: