Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

संविधान संशोधन नभई सरकार फेर्न नदिने राजपाको चेतावनी

\"\"काठमाडौं, २ जेठ । संविधान संशोधनअघि सरकार परिवर्तन हुन नदिने चेतावनी राष्ट्रिय जनता पार्टी ९राजपा०ले दिएको छ । आजको नयाँ पत्रिकामा खबर छ– प्रधानमन्त्री प्रचण्डसँग सोमबार भएको छलफलमा राजपाका नेताहरूले समस्या समाधान नभएसम्म सत्ता हस्तान्तरण गर्न नदिने बताएका हुन् । -सत्तासाझेदार कांग्रेससँगको भद्र सहमतिका आधारमा अब सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने तयारीमा रहेका -राजपा नेताहरूले सोमबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर संविधान संशोधन र निर्वाचनका विषयमा छलफल गरेका थिए । प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्न खोजेको र कामचलाउ सरकारले बजेट ल्याउने बताएका थिए । -प्रधानमन्त्रीले आफूले दुई मुख्य कार्यभारसहित सरकारको नेतृत्व लिएको प्रसंग सुनाउँदै स्थानीय तहको नयाँ संरचनाअनुसारको निर्वाचन गराउन सफल भएको बताए । संविधान संशोधनको प्रयास पनि गरिरहेकाले अब सत्तासाझेदार दलसँगको सहमतिका आधारमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने समय आएको उनको भनाइ थियो । ‘प्रधानमन्त्रीले अब यही साताभित्रै कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने र राजीनामा दिएपछिको कामचलाउ सरकारले बजेट ल्याउने बताउनुभयो,’ राजपाका एक नेताले भने । तर, आफूहरूले प्रचण्डकै नेतृत्वको सरकारले संविधान संशोधन गरेपछि मात्र सरकारको विषयमा सोच्न सकिने बताएका थिए । प्रधानमन्त्रीले आफूले राजीनामा दिनुअघि नै ४ जेठको संसद् बैठकमा संविधान संशोधन विधेयक अगाडि बढाएर पारित गराउने योजनामा सरकार रहेको जानकारी दिएको मोर्चा नेता महेन्द्र राय यादवले बताए । ‘प्रधानमन्त्रीले ४ जेठमा संसद्मा संविधान संशोधन विधेयक अगाडि बढाउने र त्यसलाई कसरी पारित गराउने भन्ने विषयमा केन्द्रित रहेर आफ्ना कुराहरू राख्नुभयो,’ बैठकमा सहभागी राजपा नेता यादवले भने, ‘हामीले समस्या हल गर्ने विषयमा गम्भीर रूपमा कुरा राख्यौँ, जसरी पनि पारित गराऔँ भन्ने हाम्रो कुरा राखेका छौँ ।’ प्रधानमन्त्रीसँग राजपाका शीर्ष नेताहरूले झन्डै साढे दुई घन्टा छलफल गरेका थिए । भेटमा राजपाका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, राजकिशोर यादव, अनिल झा, महेन्द्रराय यादव थिए । बैठकको सुरुमै राजपाका नेताहरूले स्थानीय तहको पहिलो चरणको निर्वाचन सफल भएकोमा प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending