Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

राजिनामा दिने प्रधानमन्त्रीको तयारी

\"\"काठमाडौं, २ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ पहिलो साता राजीनामा दिने बताएका छन् । स्थानीय तहको पहिलो चरणको निर्वाचन सकिएलगत्तै प्रधानमन्त्री दाहालले संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्रीबाट राजीनामा दिने बताएका हुन् । आजको राजधानी दैनिकमा खबर छ– प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राष्ट्रिय जनता पार्टी नेपालका नेताहरूसँग छलफलमा प्रचण्डले नेपाली कांग्रेससँगको पूर्वसहमतिअनुसार राजीनामा दिने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डसँग छलफलमा सहभागी राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले यही साता प्रचण्डले राजीनामा दिने जानकारी दिएको बताएका छन् । भेटमा प्रचण्डले सरकार निर्माणका बेला कांग्रेससँग स्थानीय तहको निर्वाचन गराएर सत्ता हस्तान्तरण गर्ने भद्र सहमति भएको भन्दै सहमति पालनाका लागि राजीनामा दिन लागेको बताएका थिए । ‘प्रधानमन्त्रीले स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेकाले पूर्वसहमतिअनुसार आफूले जेठ पहिलो सातासम्ममा राजीनामा दिने तयारी गरिरहेको बताउनुभयो,’ महतोले भने । भेटमा आफूले राजीनामा दिएपछि तत्काल सरकार बन्न नसके कामचलाउ सरकारले बजेट ल्याउने प्रधानमन्त्रीले बताएको महतोको भनाइ छ । ‘प्रचण्डले राजीनामा दिइसकेपछि १५ जेठमा कामचलाउ सरकारले नै बजेट ल्याउने बताउनुभएको छ,’ महतोले भने । निर्वाचन सम्पन्न भएलगत्तै संविधान संशोधनबारे ध्यानाकर्षण गराउन पुगेका राजपाका नेतासँग प्रचण्डले आफूले राजीनामा दिए पनि संशोधन भने पारित गराएरै छाड्ने प्रतिबद्धता जनाएका छन् । दोस्रो चरणको निर्वाचन गर्नुअघि संविधान संशोधन गर्नुपर्ने, पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मको मधेसमा स्थानीय तहको संख्या जनसंख्याको आधारमा बढाउनुपर्ने, मधेस आन्दोलनका क्रममा कार्यकर्तामाथि लगाइएका झुठा मुद्दा फिर्ता लिनुपर्ने, मृत्यु भएका कार्यकर्तालाई शहीद घोषणा गर्नुपर्ने माग पूरा भएपछि मात्र दोस्रो चरणको निर्वाचनमा सहभागी हुने राजपाका नेताले अडान लिएका थिए । जवाफमा प्रधानमन्त्रीले आफू संविधान संशोधन गर्ने विषयमा गम्भीर रहेको भन्दै अन्य दलसमेत सकारात्मक भएकाले ४ जेठबाट बस्ने संसद् बैठकबाट पारित हुने विश्वास दिलाएको राजपाका नेताहरू बताउँछन् । भेटमा प्रधानमन्त्रीले स्थानीय तहको पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा खुसी व्यक्त गर्दै दोस्रो चरणको निर्वाचन कसरी सफल बनाउन सकिन्छ भनेर राजपाका नेतासँग प्रश्न गरेका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending