Khabar Dabali २७ माघ २०८२ सोमबार | 9th February, 2026 Mon
Investment bank

चुनाव जिते पनि काम गर्न रोक !

\"\"काठमाडाैं, ३० वैशाख । स्थानीय तह निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिले शपथ लिने कानुन अझै बन्न सकेको छैन । कानुन नबन्दा निर्वाचित जनप्रतिनिधिले तत्काल काम गर्न पाउने छैनन् । निर्वाचित जनप्रतिनिधिहरूले केका आधारमा शपथ ग्रहण गर्ने भन्ने कानुनी आधार अहिलेसम्म तय भएको छैन । आगामी आइतबार वैशाख ३१ गते प्रदेश नं. ३, ४ र ६ मा गरी ३८१ स्थानीय तह (गाउँपालिका र नगरपालिका) मा निर्वाचन हुँदैछ । कानुनी अभावमा निर्वाचित जनप्रतिनिधिहरूले गर्ने पहिलो काम शपथ ग्रहणमै समस्या आउने निश्चित छ । अाजको गोरखापत्र दैनिकमा खबर छ– स्थानीय शासन विज्ञ एवम् अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले निर्वाचित जनप्रतिनिधिहरूले निर्वाचित भएपछि गरिने पहिलो कामको कानुनी आधार अहिलेसम्म तय नभएको बताए । उनका अनुसार स्थानीय तहको शासन सञ्चालन गर्न बनेको विधयेकमा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले गर्ने सम्पूर्ण कामको कानुनी प्रक्रिया उल्लेख गरिएको तर उक्त विधयेक अहिले संसद््मा विचाराधीन छ । सरकारले आगामी जेठ ४ गतेसम्मका लागि संसद््को बैठक स्थगन गरिसकेको छ । ज्ञवालीले भने, ‘वैशाख ३१ गते स्थानीय तहको निर्वाचन भएपछि जेठ २÷३ गतेदेखि परिणाम आउन थाल्छ, त्यसपछि निर्वाचित जनप्रतिनिधिहरूले प्रमाणपत्र पाएपछि पहिलो काम नै शपथ ग्रहण गर्ने हो तर शपथ ग्रहण केका आधारमा गर्ने भन्ने कुनै कानुनी आधार छैन । ’ संसदमा विचाराधीन स्थानीय तहको शासन सञ्चालन गर्न बनेको विधयेक ऐनमा रूपान्तरण हुन करिब तीन साता लाग्न सक्ने अनुमान ज्ञवालीको छ । विधयेक संसदले राज्य व्यवस्था समितिमा पठाउन सक्छ, त्यसपछि उक्त समितिमा दफावार छलफल हुन्छ, पुनः समितिले पूर्ण बैठकमा विधयेक फिर्ता पठाउँछ र त्यहाँबाट पारित भएपछि राष्ट्रपतिबाट स्वीकृत भएपछि ऐन बन्छ । यो सबै प्रक्रिया पूरा गर्न कम्तीमा तीन साता लाग्छ । उनले भने, ‘संसदमा भएको विधयेक फास्ट ट्र्याकबाट जारी गर्ने हो भने संसदमा समितिमा नपठाई पारित गरेर सिधै राष्ट्रपतिसमक्ष पठाउन पनि सक्छ तर यो संसदले निर्णय गर्ने कुरा हो । ’ ज्ञवालीका अनुसार विधयेकमा वडाध्यक्षको काम, कर्तव्य र अधिकारसमेत तोकिएको छ, विधयेक ऐनको रूपमा परिणत नभए वडाध्यक्षले समेत काम गर्न सक्ने आधार छैन । सरकारले यो कुरा समयमै मनन गर्न नसक्दा स्थानीय तहको निर्वाचन भएपछि पनि कानुनी व्यावहारिक जटिलता आएको उनले बताए । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालले भने ऐनकै अभावमा निर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण नरोकिने दाबी गरेको छ । मन्त्रालय सङ्घीय मामिला महाशाखाका प्रमुख एवम् सहसचिव डा. हरि पौडेलले संसद्मा विचाराधीन स्थानीय तहको शासन सञ्चालन गर्न बनेको विधयेकलाई एकै दिनमा फास्ट ट्र्याकबाट निर्माण गरेर शपथ ग्रहणलगायत कानुनी समस्याको समाधान गर्न सकिने बताए । त्यो सम्भव नभए मन्त्रिपरिषद्ले शपथ ग्रहणसम्बन्धी नियमावली बनाएर भए पनि कानुनी समस्याको समाधान गर्न सक्ने उनले बताए । पौडेलले भने, ‘मन्त्रालय कानुनकै अभावमा निर्वाचित जनप्रतिनिधिलाई शपथ ग्रहण गर्न रोक्ने पक्षमा छैन । ’ सङ्घीय संरचनाअनुसार नेपालमा पहिलो पटक स्थानीय तहको निर्वाचन हुन लागेको र त्यसका लागि भौतिक र कानुनी पूर्वाधारका अभाव हुनु स्वाभाविक भएको मन्त्रालयले जनाएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE