Khabar Dabali २७ माघ २०८२ सोमबार | 9th February, 2026 Mon
Investment bank

विवादको भूमरीमा राजपा

\"\"काठमाडाैं, ३० वैशाख । मधेसवादी दलले हालै गठन गरेको राष्ट्रिय जनता पार्टी विवादै विवादको भूमरीमा परेपछि विगत हेर्न थालिएको छ। पार्टी गठन हुनेबित्तिकै नाममा विवाद सुरु भएको थियो। पछि पार्टीको नाम नै परिवर्तन गर्नुपर्‍यो। त्यस्तै चुनाव चिह्नमा पनि विवाद देखिएको छ। निर्वाचन आयोगमा पहिले नै कसैले छाता चिह्नका लागि दाबी गरिसकेको छ। अाजको गोरखापत्र दैनिकमा खबर छ– त्यस्तै पार्टीको विधान कस्तो बनाउने भन्नेमा पनि विवाद देखिएको छ । मधेसका लागि योगदान दिएका नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष स्व. गजेन्द्रनारायण सिंह तथा बाबा रामजनम तिवारीको चर्चा विधानमै हुनुपर्ने अडान अनिल झाले लिएका छन् तर अन्य नेताले त्यस्तो चाहेका छैनन्। गजेन्द्रनारायण सिंहको नाम राखियो भने मधेसका लागि सहादत दिएका तथा सङ्घर्ष गरेका अन्य नेताको नाम पनि राख्नुपर्ने दाबी अन्य नेताले गरेका छन्। विधानका लागि गठन गरिएको कार्यदल स्तरमा गजेन्द्रनारायणलगायत रघुनाथ राय, रघुनाथ ठाकुरको नाम राख्ने सहमति बने पनि अध्यक्ष मण्डलमा त्यसबारे सहमति जुटाउन बाँकी छ। अहिले सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सङ्घीय गठबन्धनको संयोजकबाट हटाएको विषयलाई लिएर पनि विवाद उत्पन्न भएको छ। फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणको चुनावमा भाग लिएपछि राजपा नेताहरूले मधेसी मोर्चाको औचित्यमाथि मात्र प्रश्न उठाउँदै गठबन्धनका संयोजकबाट पनि अध्यक्ष यादवलाई हटाएका हुन्। उपेन्द्र यादवलाई गठबन्धनको संयोजकबाट हटाएर राजपाका अध्यक्ष महन्थ ठाकुरलाई संयोजक बनाएपछि राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले त्यसमा आपत्ति जनाएका थिए। सो निर्णयप्रति उनी सन्तुष्ट भएनन्। गठबन्धनबाट उपेन्द्रलाई हटाउन वैशाख २३ गते बसेको बैठकमा अनुपस्थित रहनुभएका महेन्द्रराय यादवले राजपा नेपालले गठबन्धनको संयोजकबाट उपेन्द्र यादवलाई हटाएर गलत गरेको आरोप लगाए। उनले भने, ‘राजपा भर्खर गठन भएको छ, त्यसले आफ्नो सङ्गठन निर्माण र अन्य काममा ध्यान दिनुपर्ने हो तर कहिले मोर्चा विघटन गर्छन् भने कहिले गठबन्धनलाई चलाउँछन्, यो राम्रो काम होइन। ’ राजपाका अर्का नेता केशव झाले राजपाभित्र महेन्द्र राय यादवको कुनै असन्तुष्टि नरहेको दाबी गर्दै भने, ‘गठबन्धनको संयोजकबाट उपेन्द्र यादवलाई राजपाले हटाएको होइन, गठबन्धनमा रहेका आदिवासी जनजातिका नेताले उपेन्द्र यादव संयोजकबाट हटाउनुपर्ने माग गर्नुभएको थियो। उपेन्द्र यादवलाई गठबन्धनबाट हटाउने कुनै योजना थिएन, गठबन्धनमा रहेका आदिवासी जनजातिको दबाबका कारण संयोजकबाट हटाएर महन्थ ठाकुरलाई राख्नुपरेको हो ।’ यद्यपि उपेन्द्र यादवले सङ्घीय गठबन्धन र मधेसी मोर्चाको निर्णयविपरीत चुनावमा गएको नेता झाले आरोप लगाए। ‘उपेन्द्र यादवलाई चुनावमा नै जानु थियो भने एकपटक मोर्चा र गठबन्धनमा सल्लाह गरेर गएको भए त्यसले कसैलाई चित्त दुख्ने थिएन तर निर्णय विपरीत चुनावमा जानुभयो। यो कुरा उहाँले स्वीकार गर्नुपर्छ,’ उनले बताए । अध्यक्ष यादवले कुनै पनि मोर्चा वा गठबन्धनमा रहे पनि हरेक पार्टीको आफ्नो स्वतन्त्रता र नीति हुने गरेकाले आफ्नो पार्टीको निर्णयबाट चुनावमा गएको स्पष्ट पारे। उनले भने, ‘मैले आफू जन्मेको भूमिलाई सम्झिएँ, माटोलाई सम्झिएँ, निर्वाचनबाट मुलुकलाई अघि बढाउन सकिन्छ भन्ने सोचेर नै निर्वाचनमा सहभागी हुने निर्णय गरेको हुँ। ’ आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न निर्वाचनमा जानुबाहेक कुनै विकल्प नभएकाले हतारहतारमा आफ्नो पार्टी चुनावमा गएको बताउँदै उनले आफ्नो पार्टी चुनावमा गए पनि कुनै पनि एजेण्डा नछाडेको दाबी गरे। आफ्नो दलले उठाएको मुद्दाहरू संविधान संशोधनमार्फत सरकारले सम्बोधन गर्ने तयार गरेकाले चुनावमा गएको बताउँदै उनले अरु दलका नेता पनि चुनावमा आउने विश्वास व्यक्त गरे । उनले यस्तो भनिरहँदा राजपाका नेताहरू पार्टी दर्ता तथा चुनाव चिह्नका लागि निर्वाचन आयोग पुगेका छन्। दल दर्ताबारे छलफल गर्न शुक्रबार निर्वाचन आयोग पुगेका राजपाका नेता मनीषकुमार सुमनले स्थानीय तहको निर्वाचनमा भाग लिन पार्टी दर्ता गराउने उद्देश्यले आयोगसँग छलफल गरेको बताए। उनले एकीकृत दलका रुपमा सहभागी हुन सम्भव नभए पनि यसपछिका निर्वाचनमा एकीकृत दलका तर्फबाट सहभागिताका लागि दल दर्ता गर्न लागिएको जानकारी दिए । राजपा नेता झाले जेठ ४ गते संविधान संशोधन भयो वा कुनै सहमति भयो भने आफूहरू चुनावमा जाने बताउँदै चुनाव चिह्नका लागि छाता नै दाबी गर्ने, त्यो सम्भव नभए छ दलसँग रहेको कुनै एउटा चुनाव चिह्नबाट चुनाव लड्ने बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE