Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

सबै मतदानस्थल प्रहरी सुरक्षा घेराभित्र, कसरी खटिँदै छन् प्रहरी र सेना ?

\"\"काठमाडाैं, ३० वैशाख । गृह मन्त्रालयले ३४ जिल्लामा हुन गइरहेको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा तोकिएको सबै मतदानस्थल र केन्द्र सुरक्षाकर्मीको निगरानीमा रहेको जनाएको छ । ३, ४ र ६ नम्बर प्रदेशका २८३ मतदानस्थलमा सुरक्षाकर्मी खटिसकेको र सुरक्षा व्यवस्था मजबुत पारिएको गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए । सुरक्षाकर्मीले मतदानस्थल र केन्द्रआसपासको बाटोसमेत आफ्नो घेराभित्र लिइसकेको उनको भनाइ छ । अाजको नयाँ पत्रिकामा खबर छ– निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गराउन मतदानस्थल, मतपेटिका र मतपत्र सबै सुरक्षाकर्मीको निगरानी र नियन्त्रणमा रहेको उनले बताए । मतदानस्थलमा तीनवटै सुरक्षा निकाय तथा म्यादी प्रहरी खटिएका छन् । उपत्यकाबाहिर केही जिल्लामा सुरक्षा चुनौती रहेकाले निगरानी गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइएको प्रवक्ता पन्थीले बताए । ‘मतदानस्थलमा अराजक गतिविधि गर्नेलाई तुरुन्त कारबाही गर्न सुरक्षाकर्मीलाई अधिकार दिइएको छ,’ उनले भने । कसरी खटिँदै छन् प्रहरी र सेना ? मतदानस्थलमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना खटिने भएका छन् । सरकारले तोकेबमोजिमको दूरीमा नेपाली सेना र नेपाल प्रहरीका साथै म्यादी प्रहरीलाई सुरक्षा व्यवस्थाका लागि खटाइएको गृह मन्त्रालयले जनाएको छ । एउटा मतदानस्थलमा १५ देखि २० जनाको हाराहारीमा सुरक्षाकर्मी खटाइएको नेपाल प्रहरीका प्रवक्ता सर्वेन्द्र खनालले बताए । तीनवटा प्रदेशका लागि करिब ८० हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending