Khabar Dabali २७ माघ २०८२ सोमबार | 9th February, 2026 Mon
Investment bank

मतदानमा के–के गर्न पाइँदैन ?

\"\"काठमाडाैं, ३० वैशाख । आइतबार स्थानीय तहका लागि जनप्रतिनिधि छान्ने निर्वाचन हुँदैछ । मतदाताको गोप्य मतबाट बढी मत ल्याएर पहिलो हुने उम्मेदवार विजयी हुनेछन् । संविधान र कानुनले मतदानलाई गोप्य राख्नुपर्ने प्रावधान राखेको छ । यसैले मतदाता स्वयंले चाहेमा पनि आफूले मत दिइसकेको मतपत्रलाई सार्वजनिक गर्न पाइदैन । कुनै मतदाताले मतपत्रमा आफूले राजेको उम्मेदवारको चिन्हमा स्वस्तिक चिन्ह लगाएपछि त्यसलाई सार्वजनिक गरे त्यो दण्डनीय मानिएको छ । मतदान अधिकृतले त्यस्तो मतदातालाई तत्कालै १५ हजारसम्म जरीवाना गर्न सक्नेछ । त्यतिमात्र होइन सार्वजनिक गरिएको त्यस्तो मतपत्र मतपेटिकामा नखसाली छुट्टै राखिने छ । र, त्यो गणनामा समावेश गरिने छैन । अाजको कान्तिपुरमा खबर छ– निर्वाचन आयोगका सचिव गोपिनाथ मैनालीले मतदानको दिन मतदातालाई पनि आचारसंहिता लाग्ने बताए । ‘नागरिक अधिकार प्रयोग गर्न पाउँदा मतदाताले आफू निष्पक्ष भई मतदानको गोप्यता कायम गर्नसक्नुपर्छ,’ उनले भने ‘गोप्य मतदान गर्न पाउनु मतदाताको संवैधानिक अधिकार हो । कसलाई मत संकेत गरेको हो, त्यो गोपनीय राख्नुपर्छ । कसैलाई देखाउन पाइन्न ।’ उनले मतदान केन्द्रमा मोबाइल समेत लान नपाइने बताए । ‘मत संकेत गरेको तस्विर खिच्न वा सार्वजनिक गर्न दण्डनीय हुन्छ,’ उनले भने, ‘मतदाता आफ्नो कर्तव्य र अरुको अधिकारप्रति सचेत भई कसैको कर काप, डर वा प्रलोभनमा परी मतदान गर्नु हुन्न ।’ आईतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मलाई मतदानको समय तोकिएको छ । कुनै मतदाता तोकिएको समय समाप्त भएपछि पुगेमा मतदान केन्द्रमा प्रवेश पाउने छैनन् । तर, मतदान केन्द्रमा प्रवेश गरेकाहरुले भने मतदान गर्न पाउनेछन् । कुनै मतदाताले मतपत्रमा चिन्ह लगाएर मतपत्र बाहिर लान पाउने छैनन् । त्यस्तो पाइएमा २५ हजारसम्म जरीवाना तिर्नुपर्ने हुनसक्छ । तर, कुनै मतदाताले मतपत्र लिइसकेर मतदान गर्न नचाहेमा मतपत्र मतदान अधिकृतलाई फिर्ता गर्न सक्नेछन् । त्यस्तो मतपत्रको छुट्टै लगत भने राखिने छ । तर, मत संकेत गरेर फिर्ता गरेको रहेछ भने त्यस्तो मतपत्रलाई कर्मचारीले तत्कालै मतपेटिकामा हाल्नुपर्ने हुन्छ । निर्वाचन आयोगका कानुन महाशाखा प्रमुख सुशील कोइरालाले मतदाता, उम्मेदवार एवं निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी सबैले निश्चित अनुशासनको पालना गर्नुपर्ने बताए । कानुनले तोके विपरीतको काम जो सुकैबाट भएपनि कारवाहीको दायरामा आउने उनले जनाए । निर्वाचन कसुर तथा सजाय ऐनले निर्वाचन अवधिमा दोषी पाइएका हरेक विषयमा सजाय निर्धारण गरेको छ । उक्त ऐनले मतदान, मतगणना वा निर्वाचन अवधिमा के गर्न नहुने विषय पनि प्रष्ट पारेको कोइरालाले बताए । अर्को मतदाताको नामबाट मतपत्र लिएर मतदान गरेको वा एकै व्यक्तिले एकपटक भन्दा बढी मतदान गरेको पुष्टी भएमा त्यस्तो व्यक्तिले २५ हजार रुपैयाँसम्म जरीवाना तिर्नुपर्ने हुन्छ । मतदान अधिकृतले तत्कालै त्यस्तो जरीवाना निर्धारण तोक्नसक्छ । मतदान अधिकृतले जरीवाना तिर्न नसक्ने व्यक्तिलाई प्रहरी नियन्त्रणमा पठाउन सक्छ । कुनै व्यक्तिले नाम ढाँटी अर्काको नाममा मत खसाल्न आएको कसैले उजुरी गर्न चाहेमा तिनले एक सय रुपैयाँ धरौटी राखी निवेदन दिनुपर्ने हुन्छ । मतदाताले मतदान गर्दा कुनै प्रकारको प्रचलित कानुन उल्लघंन गरेको पाइएमा वा मतपेटिकामा मतपत्र बाहेक अन्य केही वस्तु खसालेको पाइएमा १५ हजार रुपैयाँसम्म जरीवानाको भागिदार हुनसक्नेछन् । कसैले मतादातालाई मतदान गर्न जानबाट रोकेको पाइएमा त्यस्ता व्यक्तिलाई मतदान अधिकृतले २५ हजारसम्म जरीवाना तोक्न सक्नेछ । मतदाता परिचयपत्र कब्जा गरी मतदानबाट बञ्चित गरेको पाइएमा त्यस्तो व्यक्तिलाई २५ हजारसम्मको जरीवाना वा ६ महिना कैद वा दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था छ । निर्वाचनमा संलग्न कर्मचारीले टाँसेको वा टाँस्न खोजेको कुनै सूचनामा कसैले कुनै व्यहोरा थपघट, केरमेट, सच्याउन, बिगार्न वा च्यातेमा २५ हजारसम्म जरीवानाको सजाय पाउनेछन् । त्यस्तै, मतदान अधिकृतको स्विकृत बेगर निर्वाचनमा प्रयोग गरिने वा प्रयोग गरिएका मतपत्र, मतपेटिका वा अन्य सामग्री निर्वाचनमा प्रयोग हुन निदई मतदान केन्द्र बाहिर वा अन्यत्र लगेमा त्यस्तो व्यक्तिलाई मतदान अधिकृत, अनुगमनकर्ता वा निर्वाचन अधिकृतले तत्कालै २५ हजारसम्मको जरीवाना तोक्न सक्नेछन् । कानुनले प्रयोग गरिने वा गरिएका मतपत्र, मतपेटिका वा अन्य निर्वाचन सामग्री लुट्न, चोर्न, कब्जामा लिन, खोल्न, नष्ट गर्न वा निर्वाचनमा प्रयोग हुन नदिने किसिमले रोकावट गरेमा त्यस्तो व्यक्तिलाई १ लाख रुपैयाँसम्म जरीवाना वा दुईवर्षसम्मको कैद वा दुवै सजाय हुन सक्छ । मतपत्रलाई नष्ट वा बिगार्ने वा नक्कली मतपत्र तयार गर्नेको हकमा पनि त्यही सजाय तोकिएको छ । निर्वाचनमा खटिएका कर्मचारीले मतदाताबाहेक अरु कसैलाई मतपत्र दिएको पाइएमा वा मतपेटिका भित्र खसालिएका मतपत्रलाई कसैले बिगार्न वा नष्ट गरेमा त्यस्तै सजायको भागिदार हुनुपर्नेछ । गैर नेपाली नागरिकले मतदान गरेको पाइएमा १ लाख रुपैयाँसम्म जरीवाना वा एक वर्ष कैद वा दुवै सजाय भोग्नुपर्ने कानुनी व्यवस्था छ । सुरक्षाकर्मीबाहेक कसैले मतदान केन्द्र वरीपरी विष्फोटक सामग्री, पेस्तोल, बन्दुक, लाठी, खुकुरी वा भाला बोकेको पाइएमा कानुनले त्यस्तो व्यक्तिाई दुई लाखसम्मको जरीवाना वा तीन वर्ष कैद वा दुवै सजाय हुनसक्ने तोकेको छ । मतदानको काममा बाधा पुग्ने गरी वरीपरी कसैले साउन्ड सिस्टम, नाचगान, भोज, जुलुस वा हुलहुज्जत गरेमा त्यस्तोलाई मतदान अधिकृतले ५० हजारसम्म जरीवाना तोक्न सक्नेछ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE