Khabar Dabali २७ माघ २०८२ सोमबार | 9th February, 2026 Mon
Investment bank

यसरी भयो ‘कुख्यात अपराधी’ बब्लुको हत्या

\"\"काठमाडौं, २९ वैशाख । कुख्यात भारतीय अपराधी बब्लु दुवेको अदालत परिसरमै गोली हानी हत्या भएको छ । दुवेलाई अदालतमा पेस गर्ने क्रममा अज्ञात समूहले अदालतपरिसरमै गोली हानी हत्या गरेको हो । अाजको राजधानी दैनिकमा खबर छ– भारतको बक्सार कारागारमा सजाय काटिरहेका बल्लु भनिने मिथिलेश दुवेलाई बिहीबार बेतिया सिभिल कोर्टमा पेस गर्न लैजाने क्रममा प्रहरी घेराभित्रै गोली हानिएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीको सुरक्षा घेरामा रहेका बब्लुलाई अदालतपरिसरमै तीन जनाको संख्यामा आएका हतियारधारीले गोली हानेका थिए । उनको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । भारतको विहार राज्यको पश्चिम चम्पारण जिल्लाको बेतिया सहरमा रहेको अदालत परिसरमा उनको हत्या भएको हो । ‘मुद्दाको पेसीका लागि पटना जेलबाट उनलाई प्रहरीले भ्यानबाट अदालतमा पु¥याएको थियो । अदालत परिसरमा भ्यानबाट झर्दै गर्दा उनलाई प्रहरीको बीचमै गोली हानियो,’ स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतबाट प्रकाशित दैनिक जागरणको अनलाइन संस्करणले लेखेको छ । मोटरसाइकलमा हतियारसहित आएका दुई नकावधारीले तीन राउन्ड गोली प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको बेतिया प्रहरीले जनाएको छ । अदालत परिसरमा गोली लागेर ढलेपछि उनलाई उपचारका लागि महारानी जानकारी कुँवर अस्पताल पु¥याइएको थियो । त्यहीँ चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेका थिए । बब्लु दुवे भारतका विभिन्न ठाउँमा आपराधिक क्रियाकलाप गरी नेपालमा लुकेर बस्दै आएका थिए । दुवेले पहिलोपटक सन् २००१ मा भारतकै शिवशंकर दुवेलाई छुरा हानी हत्या गर्ने प्रयास गरेका थिए । सोही अभियोगमा उनले जेल सजाय काटिसकेका थिए । त्यस्तै, उनले सन् २००२, २००५, २००७, २००९ मा पटकपटक बैंक लुटपाट तथा हत्याको मुद्दामा पक्राउ परी १० वर्ष जेल सजाय काटिसकेका थिए । उनलाई नेपाल प्रहरीले विशेष सुराकीको आधारमा १५ जेठ, २०७० मा सीतापाइलाको एक गेस्ट हाउसबाट पक्राउ गरिएको थियो । भारत सिसुवाथान पूर्वी मोतिहारीका ३४ वर्षीय दुवे नेपाल छिरेको खबर भारतीय प्रहरीले नेपाल प्रहरीलाई दिएको थियो । नारायणी अञ्चलका तत्कालीन प्रमुख एसएसपी सर्वेन्द्रनाथ खनालको नेतृत्वमा आएको टोलीले आठ महिनापछि उनलाई पक्राउ गर्न सफल भएको थियो । सुरुमा नेपालमा उनीविरुद्ध मुद्दा चलाउन खोजिए पनि उनीमाथि लागेको अभियोग पुष्टि नभएपछि विहार पुलिसलाई अनौपचारिक रुपमा हस्तान्तरण गरिएको थियो । उनलाई एक सातासम्म पर्साको प्रहरी थुनामा राखी नेपाल प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । नेपालमा उसको कुनै अपराध ठहर नभएपछि २१ जेठ, २०७० मा भारतीय प्रहरीको जिम्मा लगाएको थियो । दुवेलाई भारत, विहार राज्यको मोतिहारी जिल्लाका एसपी विनय सिंहको नेतृत्वमा आएको टोलीले लिएर गएको थियो । नेपाल प्रहरीले उनलाई विहार प्रहरीलाई बुझाउँदा नेपालमा विरोध भएको थियो । वीरगन्जका एक बालकको अपहरणमा उनको संलग्नताको आरोपमा प्रहरीले उनलाई नेपालमा पक्राउ गरेको थियो । यस्तै, वीरगन्ज–रक्सौल क्षेत्रमा उनको समूहले हत्या, अपहरण फिरौती, हातहतियार तथा चन्दा आतंक फैलाउँदै आएको थियो । उनले जेलबाट पनि नेपाली व्यवसायीलाई आतंकित पार्दै आएका थिए । गत वर्ष उद्योगी सुरेश केडियाको अपहरणसमेत बब्लु समूहले नै गरेको नेपाल प्रहरीले दाबी गर्दै आएको छ । जेलभित्रै रहँदा उनले केडियाको अपहरण योजना बनाई आफ्नो समूहलाई सक्रिय बनाएको बताइन्छ । बब्लुको समूहले अपहरण गरेका केडियालाई भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले भारत पुगेर अपहरण मुक्त गरेको थियो । बब्लुले स्थापना गरेको विहार पिपुल्स लिबरेसन आर्मी नामको एक आपराधिक समूहले भारतका विभिन्न ठाउँमा ३० जनाको हत्या गरिसकेको छ भने सीमा क्षेत्रका नेपाली व्यवसायी तथा उद्योगी पनि यो समूहबाट पीडित हुँदै आएका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE