Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

मतदान गर्न उपत्यकाबाट आठ दिनमा २८ हजार बाहिरिए, एक लाख बाहिरिने अनुमान

\"\"काठमाडाैं, २९ वैशाख । स्थानीय तहको निर्वाचनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या बढ्दै छ । २१ वैशाखदेखि नै उपत्यकाबाट बाहिरिनेको संख्या बढ्दै गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । अाजको नयाँ पत्रिकामा खबर छ– आठ दिनमा उपत्यकाबाट करिब २८ हजार बाहिरिएको महाशाखाका डिआइजी मिङमार लामाले बताए । उनका अनुसार अरू दिनमा उपत्यकामा बाहिरिने र भित्रिनेको संख्या ५० देखि सयजनाको मात्र फरक हुने गरेकोमा २१ वैशाखदेखि भने यसमा फरक आएको छ । चुनावमा करिब एक लाख बाहिरिने अनुमान ट्राफिक प्रहरी महाशाखाले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा करिब एक लाख मानिस बाहिरिने अनुमान गरेको छ । २१ वैशाखमा २२६२, २२ गते १९६४, २३ गते १२९७, २४ गते १३४०, २५ गते २४२५, २६ गते ३१९६, २७ गते ५२०० र २८ वैशाखमा पाँच हजारभन्दा बढीको हाराहारीमा उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरी महाशाखाका डिआइजी लामाले बताए । शुक्रबार र शनिबार राजधानीबाट बाहिरिनेको संख्या बढ्ने महाशाखाले जनाएको छ । दुई दिनमा ५० हजारभन्दा बढी मानिस उपत्यकाबाट बाहिरिने अनुमान रहेको लामाले बताए । ‘१९ वैशाखमा उपत्यकामा ३७५८ सवारी आएका थिए भने ३६५२ गएका थिए । त्यस्तै, २१ गते ८९२६ सवारीसाधन आएका छन् भने ९२९९ गएका छन् । ‘बाहिर गएका धेरै सवारीसाधन अहिलेसम्म फर्केका छैनन्,’ उनले भने, ‘त्यसमा पनि निजी सवारीसाधन धेरै बाहिरिएका छन् ।’ अहिलेसम्म तीन हजारभन्दा बढी सवारीसाधन उपत्यकाबाहिर आठ दिनमा तीन हजारभन्दा बढी सवारीसाधन बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ । उपत्यकाका विभिन्न नाका हुँदै सवारीसाधन बाहिरिएका छन् । ट्राफिक प्रहरीका अनुसार २१ देखि २८ वैशाखसम्म क्रमशः ३६३, ४९८, ८७, २३७, ७०८, ३१७, ४५५ र पाँच सयभन्दा बढी सवारीसाधन बाहिरिएका छन् । भित्रिनेभन्दा बाहिरिने सवारीसाधनको संख्या बढी छ । सबैभन्दा बढी नागढुंगा, त्यसपछि भक्तपुर–साँगा र फर्पिङ नाकाबाट सवारीसाधन बाहिरिएका छन् । पहिलो चरणको स्थानीय तहको चुनाव प्रदेश नम्बर ३, ४ र ६ को ३४ वटा जिल्लामा हुँदै छ । ३४ जिल्लामा करिब ५० लाख हाराहारीमा मतदाता संख्या रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending