Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

इन्जिनियर ठानेर बिहे गर्दा १० कक्षा पास परेपछि…

\"\"काठमाडौं, २९ वैशाख । इलाम घर भई ललितपुर बस्ने शिला शर्मा (नाम परिवर्तन)को करिब एक वर्षअघि रमेशप्रसाद तिमल्सिनासँग फेसबुकमार्फत चिनजान भयो । फेसबुक च्याट हुँदै उनीहरू साथी बने । तिमल्सिनाले आफू हाइड्रो इन्जिनियर भएको र ठूलो कम्पनीमा काम गर्ने बताएका थिए । त्यही ‘प्रोफाइल’का आधारमा युवती उनीसँग निकट भएकी थिइन् । अाजको नयाँ पत्रिकामा खबर छ– भर्चुअल दुनियाँबाट झन् नजिक हुँदै उनीहरू भेटघाट गर्न थाले । मीठा कुरा गर्ने तिमल्सिनाले शिलालाई सजिलै प्रभावमा पारे । छोटो अवधिमै उनीहरू प्रेमी–प्रेमिका भए । काठमाडौंमा घर भएको इन्जिनियर केटो भनेपछि परिवारले पनि तिमल्सिनासँग उनको बिहे गराउन हतार गरे । गत फागुनमा उनीहरूको बिहे भयो । बिमा कागजपत्रले रहस्य खुल्यो बिहेमा परिवार व्यस्त भएकाले आउन नपाएको तिमल्सिनाले बताएका थिए । आफ्ना साथीहरूलाई आफन्त भन्दै उनले बोलाएका थिए । जसले गर्दा शिलाको परिवारमा बिहेकै दिनमा शंका उत्पन्न भएको थियो । बिहेको करिब दुई महिनापछि श्रीमान्को झोलामा शिलाले बिमासम्बन्धी कागजपत्र भेट्टाइन् । केही बच्चाहरूको बिमा गरेको कागज थियो, जसमा आफ्नो श्रीमान्को नाम बुबा भनेर उल्लेख थियो । पहिलेदेखि नै श्रीमान्को व्यवहार उनलाई केही शंकास्पद लागेको थियो । त्यो कागजपत्र देखेर उनी झस्किइन् । श्रीमान्सँग केरकार गर्दा उनले पहिले नै बिहे गरिसकेको र सन्तानसमेत रहेको खुल्यो । त्यसपछि उनी माइती गइन् । माइतीमा सल्लाह गरेर श्रीमान्विरुद्ध उजुरी दिइन् । महानगरीय प्रहरी परिसर ललितपुरले तिमल्सिनालाई गत २१ वैशाखमा पक्राउ गरेको छ । आर्थिक लाभ लिन ढाँटेर बिहे आर्थिक लाभ लिने उद्देश्यले उनले आफू इन्जिनियर भएको भन्दै ढाँटेर युवतीसँग बिहे गरेको खुलेको छ । तिमल्सिनाले बिहेका नाममा पैसा र सुन लिएर ठगीसमेत गरेको परिसरका डिएसपी ईश्वर कार्कीले बताए । बिहेका लागि भन्दै उनले युवतीको माइतीबाट दुई लाख नगद र सुनका गहना लिएका थिए । एकान्तकुनामा डेरामा बस्दै आएका तिमल्सिनाका जेठी श्रीमती र बच्चाहरू भने गाउँमै छन् । सिन्धुपाल्चोक बलेफी घर भएका उनी पहिलेदेखि नै ठगीमा संलग्न रहेको प्रहरीले जनाएको छ । दुई वर्षअघि काठमाडौंमा ठगीकै आरोपमा पक्राउ परेका उनलाई अदालतले समेत दोषी ठहर गरी कैद सजाय सुनाइसकेकोमा उनी फरार थिए । फेसबुकमा युवतीहरूलाई साथी बनाउने र आफू इन्जिनियर भएको भन्दै उनले प्रभावमा पारेर नजिकिने गरेका थिए । इन्जिनियर भनेपछि युवतीहरू नजिकिने भएकाले तिमल्सिनाले त्यस्तो तरिका अपनाएका थिए । अरू केटीहरूलाई पनि उनले ठगी गरेको हुन सक्ने प्रहरी आशंका छ । केही वर्षअघि एक हाइड्रोपावर कम्पनीको स्टोर शाखामा काम गरेका उनी १० कक्षा पास मात्र भएको खुलेको छ । पक्राउ परेपछि उनले युवती आफूसँगको प्रेममा ‘फिदा’ भएकाले उनको ज्यान जोगाउन आफूले ढाँटेर बिहे गरेको दाबी गरेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending