Khabar Dabali २७ माघ २०८२ सोमबार | 9th February, 2026 Mon
Investment bank

निर्वाचित प्रतिनिधिले पनि तत्काल जिम्मेवारी नपाउने, कसरी हुन्छ जनप्रतिनिधिको व्यवस्थापन ?

\"\"काठमाडौं, २९ वैशाख । पहिलो चरणमा हुने निर्वाचनबाट छानिने जनप्रतिनिधिलाई शपथग्रहण गराएर तत्काल जिम्मेवारी दिन कानुनी अभाव देखिने भएको छ । सरकारले स्थानीय तहका जनप्रतिनिधिले गर्ने शपथग्रहण र कामको जिम्मेवारीसहितको स्थानीय शासन ऐन बनाउन सकेको छैन । जसले गर्दा निर्वाचित भएर आउने जनप्रतिनिधिले तत्काल काम गर्न नपाउने भएका हुन् । अाजको नयाँ पत्रिकामा खबर छ– दुवै चरणको निर्वाचनबाट देशभरमा सात सय ४४ स्थानीय तह र ७५ जिल्ला समन्वय समितिबाट गरी ३७ हजार ३ सय ३६ जनप्रतिनिधि निर्वाचित हुँदै छन् । तीमध्ये ३१ वैशाखमा हुने पहिलो चरणमा २ सय ८३ स्थानीय तहबाट निर्वाचित हुने १३ हजार ५ सय ५६ जनप्रतिनिधिले तत्काल काम गर्न नपाउने अवस्था देखिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले कानुनी अभावमा ३१ वैशाखको निर्वाचनबाट छानिएर आउने जनप्रतिनिधिले तत्काल काम गर्न नपाउने अवस्था रहेको बताए । सचिव थपलियाका अनुसार जनप्रतिनिधिको जिम्मेवारीसहित स्थानीय तहको व्यवस्थापनका विषय समेटिएको स्थानीय शासन ऐनको विधेयक हाल संसद्मा विचाराधीन अवस्थामा छ । संसद वाट विधेयक पारित हुन नसकेकाले जनप्रतिनिधिहरूले निर्वाचित भएलगत्तै काम गर्ने अवसर नपाउने स्थिति आउन सक्ने थपलियाले वताए । ‘अहिले स्थानीय शासन ऐनको विधेयक संसद्मा विचाराधीन अवस्थामा छ,’ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले भने, ‘त्यो ऐन पहिला नै ल्याएर निर्वाचन घोषणा गर्न सकेको भए धेरै राम्रो हुन्थ्यो, तर सकिएन ।’ स्थानीय तहमा उम्मेदवारी दिने व्यक्तिले निर्वाचनअघि आफ्नो पदको जिम्मेवारीबारे जानकारी हुनुपर्नेमा कमजोरी भएको उनको भनाइ छ । स्थानीय तहमा निर्वाचित हुने पदाधिकारीको पाँचवर्षे कार्यकाल ३१ वैशाखदेखि नै गणना हुने व्यवस्था छ । तर, निर्वाचित प्रतिनिधिले १५ जेठभन्दा यता काम गर्न नपाउने स्थिति रहेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अधिकारीहरू बताउँछन् । संसद् बैठक ४ जेठका लागि बोलाइएको छ । संसद्ले विधेयक पारित गरेर ऐन नबनेसम्म निर्वाचित पदाधिकारीले काम गर्न पाउने छैनन् । स्थानीय विकास मन्त्रालयका सचिव थपलियाले स्थानीय शासन ऐनको विधेयक संसद्बाट फास्ट ट्र्याकबाट पारित गराउनु उत्तम विकल्प भएको बताए । त्यस्तो अवस्था नदेखिएमा छिटो हिउँदे अधिवेशन सकेर सहमतिमा अध्यादेशमार्फत स्थानीय शासन ऐन ल्याउन सकिने विकल्पसमेत रहेको उनको भनाइ छ । निर्वाचित प्रतिनिधिलाई जिम्मेवारी लिन पछि आउनुभन्दा सन्देश राम्रो नजाने पनि सचिव थपलियाले बताए । ‘२० वर्षपछि स्थानीय तहमा जनताले आफ्नो प्रतिनिधि पाउँदैछन्,’ उनले भने, ‘ऐन–कानुन नभएका कारण निर्वाचित पदाधिकारीलाई हामीले ऐन ल्याउन सकेनौँ, ऐन आएपछि काम गर्न आउनुस् भन्नुपर्ने अवस्था राम्रो होइन ।’ जनप्रतिनिधिको व्यवस्थापन कसरी ? प्रस्तावित स्थानीय शासन ऐनमा निर्वाचित प्रतिनिधिको जिम्मेवारीका साथै स्थानीय तहको व्यवस्थापकीय विषय समेटिएका छन् । महानगर, उपमहानगर र नगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरूको तलब व्यवस्था गरिएको छ । वडा सदस्यहरूको तलब व्यवस्था छैन । उनीहरूलाई विभिन्न समयमा हुने बैठकमा बैठक भत्ता भने दिने व्यवस्था गरिने भएको छ । ३० किसिमका कानुन बनाइँदै स्थानीय विकास मन्त्रालयले स्थानीय तहलाई सक्षम बनाउँदै व्यवस्थापन गर्न विभिन्न ३० किसिमका ऐन, निर्देशिका र विनियमावलीको खाका बनाउँदै छ । सचिव दिनेशकुमार थपलियाले भने, ‘सकेसम्म सुरुका दिनमा नै स्थानीय पदाधिकारीले काम गर्न सकून् भनेर कानुनी र अन्य व्यावहारिक प्रयास भइरहेको छ ।’ ३ खर्ब ९० अर्बको बजेट अनुमान सात सय ४४ स्थानीय तहमा हालका लागि ३ खर्ब ९० अर्ब बजेट आवश्यक पर्ने अनुमान संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको छ । सचिव दिनेशकुमार थपलियाका अनुसार आगामी बजेटमा स्थानीय तहका लागि विनियोजनको खाका प्रस्तुत हुनेछ । ‘सात सय ४४ वटा स्थानीय तहलाई कति बजेट जान्छ र कुन–कुन क्षेत्रमा बजेट जान्छ भनेर क्षेत्रगत आधार बन्छ । त्यसका आधारमा सात सय ४४ तहको डाटा विश्लेषण गरेर बजेट बनाउने काम गरिरहेका छौँ,’ थपलियाले भने । उनका अनुसार जनसंख्या, भूगोल र गरिबी सूचकांकलाई आधार मानेर बजेट विनियोजन हुनेछ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE