Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

अाज अन्तिम प्रचार

\"\"काठमाडाैं, २८ वैशाख । दल र उम्मेदवारहरूले वैशाख ३१ गते हुने पहिलो चरण निर्वाचनका लागि प्रचारप्रसार कार्य बिहीबार मध्यरातिसम्म मात्र गर्न पाउने भएका छन् । बिहीबार राति (१२ बजेबाट) चुनाव प्रचार बन्द (मौन अवधि) सुरु हुने निर्वाचन आयोगले उल्लेख गरेको छ । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– मतदान हुनु ४८ घन्टा अघिदेखि मतदान सम्पन्न नभएसम्मको अवधिलाई मौन अवधि भनिन्छ । यो अवधिमा चुनावी प्रचारप्रसार, र्‍याली, सभा-सम्मेलनजस्ता कुनै पनि गतिविधि गर्न पाइँदैन । स्थानीय तह निर्देशिकामा मौन अवधिमा कुनै पनि प्रचारप्रसार कार्य गर्न नपाइने व्यवस्था छ । ‘मौन अवधि सुरु भएपछि मतदानको काम पूरा नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनै उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले कुनै प्रकारले कुनै किसिमको प्रचार गर्न दिनु हुँदैन\', निर्देशिकाको दफा (६१) को १ मा उल्लेख छ । सोही निर्देशिकाको दफा ७० को (१) मा भनिएको छ, ‘मतदान हुने दिनभन्दा ४८ घन्टा अघिदेखि मतदानको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा दलको पक्ष वा विपक्षमा गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै प्रकारले प्रचारप्रसार गर्न निधेष गरिएको छ ।\' निर्वाचनको स्वच्छता र निष्पक्षताका लागि मौन अवधि निकै संवेदनशील रहेको उल्लेख गर्दै निर्वाचन आयुक्त नरेन्द्र दाहालले यो अवधिलाई आयोगले निकै महत्वव दिएको र सम्बन्धित पक्ष पनि सतर्क रहनुपर्ने बताए । मौन अवधिमा मतदातालाई आर्थिकलगायत प्रलोभन, डर र त्रास देखाएर मत पक्षमा पार्ने काम हुने भएकाले मतदाता पनि सचेत हुनुपर्ने आयुक्त दाहालले बताए । उता मतदानको अवधि नजिकिँदै जाँदा दलका कार्यकर्ताबीच हत्या, आक्रमण, कुटपिटजस्ता हिंसात्मक घटना बढ्दै गएपछि निर्वाचन आयोगले मुख्य दललाई आचारसंहिता पालनामा लिखित प्रतिबद्धता जनाउन लगाएको छ । प्रधानमन्त्री एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई, उपप्रधानमन्त्री एवं फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, राप्रपाका बुद्धिमान तामाङ, संघीय समाजवादीका शिवजी यादवले आयोगको आचारसंहितामा लिखित प्रतिबद्धता जनाएका हुन् । ‘निर्वाचन लोकतन्त्रको आधारशिला हो । स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचनले मात्र लोकतन्त्रको सुदृढीकरणमार्फत सुशासनमा टेवा पुर्‍याउँछ भन्ने तथ्यलाई हृदयंगम गर्दै मुलुकमा सम्पन्न गरिने स्थानीय तहको निर्वाचनको सुव्यवस्थापनमा हाम्रो अग्रणी भूमिका रहेको तथ्यलाई आत्मसात गर्दछौं\' प्रतिबद्धतामा भनिएको छ, ‘निर्वाचन आयोगले जारी गरी कार्यान्वयनमा ल्याएको निर्वाचन आचारसंहिता तथा स्थानीय तह निर्वाचन आचारसंहितामा उल्लेख भएका आचारसंहिताका बुँदाको अक्षरशः पालनाका लागि हामी प्रतिबद्धता व्यक्त गर्दछौं ।\' त्यसक्रममा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मतदानको दिन नजिकिँदै जाँदा विभिन्न ठाउँमा आगजनी र कुटपिटजस्ता घटना भएको तथा दोलखामा एक जनाको ज्यानै जाने घटनाप्रति आयोग दुःखी भएको भन्दै आचारसंहिता पालनामा कटिबद्ध हुन नेताहरूको ध्यानाकर्षण गराएका थिए । त्यसक्रममा एमाले संसदीय दलका उपनेता नेम्वाङले सत्तापक्षबाट आचारसंहिता उल्लंघनका घटना भएको र दोलखामा एमाले कार्यकर्ताको हत्यामा संलग्नलाई सरकारकै दबाबमा थुनामुक्त गरिएको भन्दै आपत्ति जनाएका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending