Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

यस्तो रहेछ राप्रपाले सरकार छाड्नुको कारण

\"\"काठमाडौं, २७ वैशाख । भित्रको झगडा भित्रै मिलाउन छाडेर बिनाबित्थामा राष्ट्रपतिलाई मुछ्दै राप्रपामा अर्को भाँडभैलो छ ।स्थानीय निर्वाचन सफल पार्ने भन्दै सरकारमा गएको राप्रपा दुई हप्ता नबित्दै प्रधानन्यायाधीशमाथि महाअभियोगको विरोधका नाममा सरकारबाट बाहिरिनुपछाडिको अन्तर्कथा भने अर्कै छ । जनअास्था साप्ताहिकमा खबर छ–  दिनमा तीनचोटी कुरा फेरेर १५ गते राप्रपाले रकार छाडेको हो । त्यसदिन बिहान ८ बजे लोकेन्द्रबहादुर चन्द, पशुपतिसमशेर राणा र कमल थापाको हाइकमाण्ड बस्यो । सहमति थियो, सकभर सरकाबाट नहट्ने । हट्नै परे कमल थापा निस्कने र त्यो ठाउँमा सुशील श्रेष्ठलार्य पठाउने ! त्यसपछि केन्द्रीय समितिको बैठकमा दिउँसो छलफल सुरु भयो । हरिबहादुर बस्न्यात बोल्न थाले। बोल्ने क्रम आधाउधी भएपछि एक बजे राष्ट्रपतिकहाँ जानु छ भनेर कमल थापा हिँडे । ५ बजेतिर जुटेर सरकारमा बस्ने कि छाड्नेसम्बन्धमा छलफल चल्दै थिए । अत्मिमा पशुपति समशेर बोलिरहेका थिए । तर, बीचैमा रोकेर कमल थापाले ल्यापटप खोली निर्णय नै सुनाइदिए, सरकार छाड्ने भनेर । अघिसम्म छलफलमा सहभागी भएर, त्यसको निश्कर्षका आधारमा अघि बढ्ने मनस्थितिका कमल थापा केही घण्टा हराउनेबित्तिकै त्यस्तो के कुराले प्रभाव पा¥यो, जसबाट सरकार छाड्ने कठोर निर्णय लिनुप¥यो ? विश्लेषण गरियो, पक्कै पनि राष्ट्रपतिसँग कुरा भएपछि भड्किएको हुनुपर्छ भन्दै । चर्चा चल्यो, भारतले कांग्रेस–माओवादी गठबन्धन कायम गर्न खोजेको छ । १ वा २ गते प्रचण्डले राजीनामा दिने छन् । त्यसपछि नयाँ गठबन्धनको बिकल्प खोजी शुरु हुन्छ । यसमा प्रधानमन्त्री बन्ने कमल थापाको महत्वाकांक्षा हुनसक्छ । सरकार छाड्नुपर्ने पक्षमा बोल्नेहरु राजीव पराजुली, उद्धव पौडेल, भुवन पाठक, ध्रुवबहादुर प्रधान, नवराज सुवेदी, सुशील श्रेष्ठ थिए । सरकार छाड्नुहुन्न भन्ने पक्षमा लोकेन्द्रबहादुर चन्द, पशुपतिसमशेर राणा, दीपक बोहरा लगायत अधिकांश नेता देखिए । हरिबहादुर बस्न्यातले बीचमा भनेका थिए, ‘महाभियोगमा किन सरकार छाड्ने, त्यसको विरोधमा वक्तव्य मात्र दिऊँ । प्रस्ताव फिर्ता लिन सात दिनको अल्टिमेटम पनि दिऔं ।’ रहेछ के भने, देखाउँदा महाभियोग भए पनि कुरोको चुरो अन्तै छ । कमल थापाले ‘हामीले छाड्दा चुनाव नहुने होइन, हामी बस्दा सरकार टिक्ने पनि होइन’ भने । त्यसपछि एमाले नेताहरु केपी, वामदेव, सुवास नेम्वाङ, भीम रावल, विष्णु पौडेलहरुसँग चुनावी तालमेल गर्ने सहमतिका लागि दौडिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending