Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

बाबुरामले जोगाउलान विरासत् ?

\"\"काठमाडौं, २५ वैशाख । २०६४ सालको संविधानसभा चुनावमा सर्वाधिक मत ल्याउने व्यक्ति थिए– बाबुराम भट्टराई । २०७० सालको दोस्रो संविधानसभा चुनावमा पनि उनले झन्डै १३ हजार ८ सय मतको अन्तरमा चुनाव जिते । स्थानीय तहको चुनावमा उनी उम्मेदवार त होइनन् तर उनलाई पार्टीको इज्जत जोगाउने चुनौती छ । अाजको कान्तिपुरमा खबर छ– माओवादी केन्द्रबाट बाहिरिएर नयाँशक्ति पार्टी गठन गरेका भट्टराईले आफ्नो गृहजिल्लामा कस्तो परिणाम ल्याउलान् भन्ने सर्वत्र चासो छ । गोलाकारभित्रको हँसिया हथौडा चिह्नमा विगतका दुइटा चुनाव लडेका उनी अहिले ‘मसाल’ चिह्न बोकेर प्रचारमा हिँडेका छन् । मनोनयनअघि एक पटक आफ्नै जन्मस्थान रहेको पालुङटार नगरपालिकामा सभा गरेर राजधानी फर्केका उनी फेरि चुनाव प्रचारका लागि जिल्ला झरेका छन् । भर्खरै गठन भएको पार्टी भए पनि गोरखाका गाउँ र नगरमा नयाँशक्तिको प्रचार बाक्लै छ । अन्य राजनीतिक दलकै हाराहारीमा नयाँशक्तिको प्रचार अभियान देखिन्छ । तर त्यो अभियान परिणाम नै हात पार्न सफल होला ? धेरैको चासो छ । ‘परिणाम नै त भन्न सकिन्न तर हाम्रो जिल्लामा प्रतिस्पर्धीमध्येको एउटा दलका रूपमा भने देखा परेको छ,’ स्थानीय कानुन व्यवसायी स्थानेश्वर दुवाडीको विश्लेषण छ । जिल्लामा गोरखा र पालुङटार दुइटा नगरपालिका तथा नौवटा गाउँपालिका गरी ११ स्थानीय तह छन् । तीमध्ये नयाँशक्तिले भट्टराईकै गृहनगर भएकाले जसरी पनि जित्नुपर्ने पहिलो सूचीमा पालुङटारलाई राखेको छ । त्यही भएर भट्टराईको आवतजावत पनि अन्य स्थानमा भन्दा यहीं बढी छ । विगतमा पालुङटारमा माओवादी नै बलियो थियो । भट्टराईले पार्टी खोलेपछि स्थानीयहरू विभाजित छन् । ‘जनताले मैले राजेको बाटोमा मत दिन्छन्,’ चुनाव प्रचारका लागि आएका भट्टराईले कान्तिपुरसँग भने, ‘हिजो पनि जनयुद्धमा साथ दिएकै हुन्, २०६४ र २०७० को चुनावमा पनि जिताए, यसपालि पनि नयाँशक्तिका उम्मेदवारलाई अत्यधिक मत दिएर जिताउने छन् ।’ भट्टराईले यस्तो दाबी गरे पनि चुनावलाई नजिकबाट नियाल्ने स्थानीय बुद्धिजीवीले भने नयाँशक्तिलाई अन्य पुराना दलका प्रतिस्पर्धीका रूपमा मात्र देखेका छन् । कुन दलको जितहार हुन्छ भन्नेमा नयाँशक्ति निर्णायक भूमिकामा रहेको स्थानीयको विश्लेषण छ । ‘कुनै दलको जितहारमा नयाँशक्ति निर्णायक हो, किनभने सबै दललाई प्रभाव पार्ने आधार यसमा छ,’ प्राध्यापक ऋषि खनालले भने । संघीय समाजवादी फोरमसँग चुनावी एकता गरे पनि गोरखामा केही वडा सदस्यबाहेक अन्य सबै स्थान नयाँशक्तिकै तर्फबाट उम्मेदवार खडा भएका छन् । नयाँशक्तिका अधिकांश नेता/कार्यकर्ता माओवादी केन्द्रबाटै आएका हुन् । त्यसैले सबैभन्दा बढी प्रभाव माओवादी केन्द्रलाई पर्ने देखिन्छ । माओवादी र नयाँशक्ति पार्टीबीच जिल्लामा तिक्त सम्बन्ध छ । उनीहरूबीच चुनावप्रचारका क्रममा शनिबार स्थानीय लक्ष्मीबजारमा झडपसमेत भयो । यो घटनाले उनीहरू दुवै एकअर्कामा विगतको तुष निकाल्दै अस्वस्थ प्रतिस्पर्धासमेत गर्दैछन् भन्ने पुष्टि हुन्छ । दुवैले एकअर्कालाई आफ्नो प्रतिस्पर्धी नै ठान्दैनन् । तर एकअर्काको भोट काटदा अन्य दलहरूले परिणाम हात पार्लान् भन्ने चिन्ता उनीहरूमा छ । ‘नयाँशक्ति भनेर भ्रम फैलाइएको छ, त्यो त मधेसी दल त हो, त्यसैले उसले जित्ने र हामीलाई प्रभावित पार्ने कुनै सम्भावना छैन,’ माओवादी केन्द्रका जिल्ला अध्यक्ष लेखबहादुर थापाको दाबी छ, ‘पालुङटारमा पनि हल्ला मात्र फैलाइएको हो, हामी नै बलियो छौं ।’ नयाँशक्तिका स्थानीय नेताहरू माओवादी पार्टीसँग कुनै एजेन्डा नरहेको आरोप लगाउँछन् । ‘बाबुराम भट्टराई नभएपछि त्यो पार्टी दिमाग नै नभएको जस्तो भएको छ, उसको अस्तित्व नै अब छैन,’ नयाँशक्तिका गोरखा संयोजक रमेश पोखरेलले भने, ‘हाम्रो प्रतिस्पर्धा अन्य दलसँग भइरहेको छ ।’ माओवादी केन्द्र र नयाँशक्तिको टकरावले गोरखाको परिणाममा अन्य दल हाबी हुने आकलन गर्नेहरू धेरै छन् । ‘नयाँशक्तिले आफ्नै जित त कति हासिल गर्ला भन्ने सकिन्न तर अन्य कसैलाई हराउनका लागि भने ऊसँग पर्याप्त शक्ति छ,’ बार एसोसिएसन गोरखाका अध्यक्ष यादव शर्माले भने । गोरखामा विगतका तीनवटा संसदीय निर्वाचनमा कांग्रेसले जितेको क्षेत्र हो । त्यस्तै दुइटा संविधानसभा चुनावमा माओवादी केन्द्रले जित्यो । २०५४ सालको स्थानीय चुनावमा भने गोरखा नगरपालिकामा एमालेले जितेको थियो । विगतको संसदीय र स्थानीय निर्वाचनको परिणामअनुसार मूल्यांकन गर्ने हो भने कांग्रेस, माओवादी र एमाले यहाँका मुख्य प्रतिस्पर्धी हुन् । माओवादी केन्द्रबाट भट्टराई बाहिरिएकाले त्यसको फाइदा उठाउन सकिने आकलन कांग्रेस र एमालेको छ । स्थानीय नेतासँगको अनौपचारिक कुराकानीमा विगतको स्थानीय चुनावको विरासतसमेत रहेकाले एमालेले गोरखा नगरपालिकामा आफ्नो सम्भावना बढी देखेको छ । आरुघाट गाउँपालिकालाई पनि जित्ने क्षेत्र ठानेको छ । कांग्रेसले भने माओवादीको मत नयाशक्तिले काट्ने कारण आफ््नो वर्चस्व स्थापित हुने आकलन गरेको छ । माओवादी केन्द्रचाहिँ गोरखा मुख्य आधार क्षेत्र नै भएकाले भट्टराई बाहिरिए पनि जित्न सकिनेमा विश्वस्त देखिन्छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending