Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

सुविधाविना स्थानीय सरकार सम्हाल्दै जनप्रतिनिधि

\"\"काठमाडौं, २५ वैशाख । १९ वर्षपछि चुनिँदै गरेका स्थानीय तहका जनप्रतिनिधिहरूले सेवासुविधाविना नै स्थानीय सरकारको नेतृत्व गर्नुपर्ने अवस्था सिर्जना भएको छ । आगामी ३१ वैशाखमा पहिलो चरणको स्थानीय निर्वाचनपछि प्रदेश ३, ४ र ६ का २ सय ८३ वटा स्थानीय तहमा जनप्रतिनिधि चुनिने भए पनि कानुन अभावमा उनीहरूको सेवासुविधा तोकिएको छैन । अाजको राजधानी दैनिकमा खबर छ– निर्वाचित गाउँपालिका र नगरपालिकाका प्रमुख, उप्रमुख, वडा अध्यक्ष र सदस्यहरूले के–कस्ता सुविधा पाउने ? भन्ने कानुनी व्यवस्था जनप्रतिनिधिहरूको सेवासुविधा अन्योलमा परेको हो । आइतबार बसेको व्यवस्थापिका संसद्को बैठक आगामी ४ जेठसम्मका लागि स्थगित भएपछि स्थानीय तहको निर्वाचनअघि जनप्रतिनिधिहरूको सेवासुविधा सुविधासम्बन्धी कानुन बन्ने सम्भावना पनि समाप्त भएको छ । स्थानीय तहको निर्वाचन हुन ६ दिन मात्रै बाँकी रहेका बेला सरकारले हालसम्म जनप्रतिनिधिहरूका लागि सेवासुविधा तोक्ने कानुनको विधेयकसमेत तयार पारेको छैन । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनप्रतिनिधिहरूको सेवासुविधासम्बन्धी ऐनको प्रारम्भिक मस्यौदा तयार पारेको छ । तर, सो मस्यौदा संघीय मामिला तथा स्थानीय विकासमन्त्री नहँुदा मन्त्रालयमै अड्किएर बसेको मन्त्रालयका उपसचिव छवि रिजालले बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र उनको पार्टी सरकारबाट बाहिरिएपछि गत १८ वैशाखदेखि नै स्थानीय विकास मन्त्रालय मन्त्रीविहीन रहँदै आएको छ । सो मन्त्रालय थापाले सम्हालेका थिए । जनप्रतिनिधिहरूको सेवासुविधासम्बन्धी मन्त्रालयले तयार पारेको प्रारम्भिक मस्यौदामा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख र स्थानीय तहका वडा अध्यक्षका लागि तलब र सुविधा दिने प्रस्ताव गरिएको छ । जसमा गाउँपालिकाका अध्यक्षलाई २५, उपाध्यक्षलाई २० र वडा अध्यक्षलाई १५ हजार रुपैयाँ मासिक तलब दिने प्रस्ताव छ । नगरपालिकाका प्रमुखलाई ३०, उपप्रमुखलाई २५ र वडा अध्यक्षलाई २० हजार रुपैयाँ दिने प्रस्ताव छ । यसैगरी, उपमहानगरपालिकाका प्रमुखलाई ४५, उपप्रमुखलाई ४० र वडा अध्यक्षलाई २५ हजार रुपैयाँ दिने उल्लेख छ । महानगरपालिकाका प्रमुखलाई भने ६०, उपप्रमुखलाई ५० र वडा अध्यक्षलाई ३० हजार रुपैयाँ तलब दिने प्रस्ताव मस्यौदामा छ । गाउँपालिका र नगरपालिकाका सदस्यहरूलाई भने १ हजार रुपैयाँ बैठक भत्ता मात्रै दिने प्रस्ताव छ । मस्यौदामा एक महिनामा बढीमा तीनपटक बैठक बस्न पाउने र मासिक तलब लिनेलाई बैठक भत्ता नदिने प्रस्ताव गरिएको छ । दैनिक रूपमा कार्यालयमा उपस्थित भएर जनतालाई सेवा प्रदान गर्ने पदाधिकारी जनप्रतिनिधिलाई मात्रै मासिक तलब दिने प्रस्ताव गरिएको उपसचिव रिजालले बताए । ३१ वैशाखको निर्वाचनको भोलिपल्टदेखि नै कतिपय स्थानीय तहमा स्थानीय सरकार गठन हुनेछ । तर, हालसम्म स्थानीय सरकारको नेतृत्व गर्ने जनप्रतिनिधिहरूको तलब भत्तालगायत अन्य सेवासुविधा कानुनी रूपमा तोकिएको छैन । गाउँपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखले कस्तो सुरक्षा पाउने ? कुन स्तरका कति कर्मचारी राख्न पाउने ? लगायत विषयको व्यवस्था गरिएको छैन । ३१ वैशाखमा पहिलो चरणका निर्वाचित प्रतिनिधि चयन भइसक्छन् । तर, सेवासुविधासम्बन्धी कानुन पारित गर्ने व्यवस्थापिका संसद्को बैठक बल्ल ४ जेठमा बस्नेछ । सो दिन बस्ने बैठकमा समेत यो विधेयक पारित हुने अवस्था छैन । मन्त्रालयले तयार पारेको प्रारम्भिक मस्यौदा कानुन मन्त्रालयमा समेत पुगेको छैन । मस्यौदालाई कानुन मन्त्रालयले प्राविधिक विषय मिलाएपछि अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पठाउनुपर्छ । अर्थबाट फर्किएपछि बल्ल मन्त्रिपरिषद्मा अनुमोदन गर्ने प्रयोजनका लागि मस्यौदा पेस हुन्छ । मन्त्रिपरिषद्ले पारित गरेपछि बल्ल मस्यौदा विधेयकका रूपमा संसद्मा दर्ता हुनेछ । संसद्मा संशोधन दर्ता गर्ने समय, दफावार छलफललगायत सबै प्रक्रिया अपनाएर पारित गर्दा सो विधेयक जेठको दोस्रो साताअघि पारित हुने अवस्था छैन । राजनीतिक दल र संसद् संविधान संशोधन विधेयक र प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव व्यवस्थापनमा केन्द्रित देखिएकाले समेत स्थानीय तहका जनप्रतिनिधिको सेवासुविधासम्बन्धी विधेयकले प्राथमिकता पाउने अवस्था नरहेको संसद् सचिवालयका कर्मचारीहरू बताउँछन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending