Khabar Dabali २७ माघ २०८२ सोमबार | 9th February, 2026 Mon
Investment bank

राप्रपाको घर दैलो चुनावी नाराः ‘आफ्नो उन्नति, आफैं गरौं’

\"\"काठमाडौँ, २४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तह निर्वाचनमा “आफ्नो उन्नति, आफैंँ गरौँ” भन्ने नारा लिएर घरदैलो सुरु गरेको छ । पहिलो चरण तथा दोस्रो चरणमा हुने निर्वाचनमा सो नारा लिएर जनतालाई पार्टीका कार्यक्रमका बारे बुझाइने छ । काठमाडौँँ उपत्यकाका अधिकांश स्थानमा घरदैलो भइरहेको छ, सोही कार्यक्रममार्फत पार्टीले अवलम्बन गरेको सनातन हिन्दू राष्ट्र, राजसंस्थासहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्तशासन प्रणालीका बारेमा जनतालाई आश्वस्त बनाउन नेता तथा कार्यकर्ता लागिपरेका छन् । यही वैशाख २७ गते सो घरदैलो कार्यक्रम समापन गरिने छ । पार्टीले अवलम्बन गरेको आर्थिक उदारवादलाई वैचारिक आधार स्तम्भका रुपमा अवलम्बन गरी स्थानीय विकास तथा पूर्वाधार निर्माणमा स्थानीयवासीको सहभागिता सुनिश्चित गर्न सो नारा तय गरिएको हो । मुलुकमा प्रचलनमा रहेका विभिन्न धर्म, जाति, संस्कृति, भाषा र वेशभूषालाई स्थानीय तहमा संरक्षण गर्ने नीति लिइएको काठमाडौँ महानगरपालिकाका उपप्रमुखका उम्मेदवार राजाराम श्रेष्ठले जानकारी दिए । स्थानीय धर्म–संस्कृतिलाई देशभर र अन्तर्राष्ट्रियस्तरमा परिचित गराउनक गाउँ÷नगरपालिकामा हिन्दू र बौद्ध शैलीका मन्दिर, सत्सङ्ग भवन र धर्मशालाको निर्माण गरी स्थानीय साझेदारलाई सञ्चालनको जिम्मेवारी दिइनेछ । यसबाट उठ्ने भेटी स्थानीय शिक्षा र स्वास्थ्य क्षेत्र तथा निःसहायहरुको कल्याणमा खर्च गरिने राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनका महासचिव सरस्वती केसीले जानकारी दिए । पार्टीले आगामी १० वर्षमा प्रत्येक नगरपालिकालाई आधुनिक र सबै सुविधायुक्त सहर (स्मार्ट सिटी)को रुपमा विकास गर्ने लक्ष्य लिएको छ । प्रत्येक गाउँपालिकालाई स्थानीय जनताको आधारभूत आवश्यकता परिपूर्ति गरी आत्मनिर्भर र व्यवस्थित नगरोन्मुख गाउँको रुपमा विकसित गराउने पार्टीको लक्ष्य राखेको छ । राष्ट्रियता, प्रजातन्त्र, हिन्दूत्व र आर्थिक उदारवादको धरातलमा समृद्ध नेपाल निर्माण गर्ने लक्ष्य प्राप्तिको क्रममा निर्वाचन महत्वपूर्ण कोसेढुङ्गा र खुड्किलो हुने स्थानीय तह निर्वाचन परिचालन समितिअन्तर्गतको प्रचार समितिका संयोजक किरण गिरीले बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE