Khabar Dabali २७ माघ २०८२ सोमबार | 9th February, 2026 Mon
Investment bank

काभ्रेमा त्रिपक्षीय भिडन्त

  \"\"बनेपा, २४ वैशाख । स्थानीय तह निर्वाचनका लागि प्रमुख राजनीतिक दल र साना दलसमेत मतदाताको घरघर धाउन थालेका छन् । स्थानीय तह निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्न उनीहरुले बाजागाजासहित घरदैलो अभियान तीव्र बनाइरहेका छन् । खानेपानी, सडक, फोहर व्यवस्थापन, पर्यटन प्रर्वद्धनलगायतका चुनावी नारा लिएर घरदैलो अभियान सुरु गरेका सबै राजनीतिक दलले चुनावको परिणाम आफ्नो पक्षमा आउने दाबी गरेका छन् । स्थानीय निकायमा लामो सयमको रिक्ततापछि पहिलो पटक हुनलागेको स्थानीय तहको निर्वाचनमा खास गरी नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । यसबाहेक बनेपा नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, नयाँ शक्ति नेपाल, नेपाल लोकतान्त्रिक फोरमलगायतका साना पार्टी पनि प्रतिस्पर्धामा उत्रेका छन् । नेकाबाट बनेपा नगरपालिकाको प्रमुखमा उम्मेदवार बनेका राम जोशीले बनेपाको सबै वडा कार्यालयको समस्या केलाएर घोषणापत्र तयार पारिएकाले सबै समस्याको समाधान हुने जिकिर गर्दै फोहर प्रशोधन, ढल निकास, खानेपानी, फोहर व्यवस्थापनलगायतका सबै मुद्दालाई घोषणापत्रमा उल्लेख गरेको बताए । एमाले काभ्रेपलाञ्चोकका प्रचार विभाग प्रमुख हरिशरण दाहालले २०४६ सालको आन्दोलनपछि काँग्रेसले स्थानीय तहमा नेतृत्व गरे पनि स्थानीय तहका समस्या समाधान गर्न नसकेको बताए । आफू निर्वाचनमा विजयी हुने दाबी गर्दै उनले फोहर प्रशोधन गरेर ऊर्जा उत्पादन गर्ने लक्ष्य लिएको बताए । उनले भने – “हामीले बनेपा नगरलाई विकासमा अघि बढाउन ड्रिम प्रोजेक्ट नै निर्माण गरेका छौं ।” नेकपा माओवादी केन्द्रबाट बनेपा नगरपालिकाको प्रमुखमा उम्मेदवार बनेका भोला अर्यालले खानेपानी, सडक, शिक्षा पर्यटनलगायतका स्थानीय समस्या समाधान गर्न आफ्नो पार्टी सक्षम भएको उल्लेख गर्दै अहिले नेपाली राजनीतिको एजेन्डा नै माओवादीको भएको जिकिर गरे । “पुनःसंरचनापछि हामी पहिलो पटक स्थानीय तहको निर्वाचनमा सहभागी भएका छौं र हामी नयाँ अनुहार भएकाले हाम्रो योग्यता परीक्षण हुन जरुरी छ ।” बनेपाका युवा मतदाता सगुन मानन्धरले राजनीतिक पार्टी भन्दा पनि सक्षम र योग्य व्यक्तिलाई स्थानीय तहको नेतृत्वमा ल्याउनुपर्ने तर्क गरे । तीस हजार ३७५ मतदाता सङ्ख्या रहेको बनेपा नगरपालिकामा १४ वडा छन् । यसअघिको यहाँ स्थानीय निर्वाचनमा काँग्रेसले जित हासिल गरेको थियो । बनेपा नगरपालिका आसपासको साविकका गाविस रविओपी, उग्रतारा जनागाल, नालालगायतका क्षेत्र पुनःसंरचनापछि बनेपा नगरपालिका क्षेत्रभित्र परेका छन् । काठमाडौँबाट २६ किलोमिटरको दूरीमा रहेको बनेपा नगर नेपालबाट चीन जाने अरनिको राजमार्गको सङगमस्थलका साथै व्यापारिक केन्द्र पनि हो । समुन्द्र सतहबाट करिब एक ४३८ मिटर उचाइमा अवस्थित बनेपा नगरमा प्रसिद्ध चण्डेश्वरी मन्दिर र आठ विभिन्न मन्दिर समेत रहेका छन् । नगरपालिकामा खासगरी नेवारी समुदायको बाहुल्यता रहेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE