Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

सुरक्षित अवतरणको खोजीमा कांग्रेस

\"\"काठमाडौं, २४ वैशाख । प्रधानन्यायाधीशविरुद्ध महाअभियोगबारे सर्वोच्च अदालतको आदेशपछि मध्यमार्गी बाटोबाट समाधान निकाल्ने पक्षमा कांग्रेस पुगेको छ । निर्वाचनको मुखमा टसल बढाउँदा थप अन्योलता बढ्ने भन्दै बीचको बाटोबाट समाधान निकाल्ने प्रयास भइरहेको नेता रामचन्द्र पौडेलले बताए। अाजको नयाँ पत्रिकामा खबर छ– ‘सेफ ल्यान्डिङ गर्ने भनेर लागेको छु । कुराकानी चल्दै छन् । बीचको बाटोबाट समाधान निकाल्दै छौँ,’ पौडेलले भने, ‘टसल बढाउँदा देशलाई फाइदा छैन । आ–आफ्नो ठाउँमा जो–जो रहने हो रहनुपर्छ । सुरक्षित अवतरण गराउनैपर्छ ।’ सभापति देउवासहितका नेतासँगको छलफलका क्रममा सुरक्षित अवतरण गर्नुपर्ने विषयमा छलफल भएको पौडेलले बताए । कांग्रेसका पुराना नेता मार्शलजुलुम शाक्यको निधनमा श्रद्धाञ्जली दिन केन्द्रीय कार्यालय पुगेका वेला नेताहरूबीच सुरक्षित अवतरणमा जानुपर्ने विषयमा छलफल भएको उनले बताए । महाअभियोगका सम्बन्धमा परेको रिटमा शुक्रबार सुनवाई गर्दै सर्वोच्चले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग अघि नबढाउन र कार्कीलाई काममा फर्कन अन्तरिम आदेश दिएको थियो । अदालतको आदेश विषय र कानुनभन्दा पनि भावनामा टेकेर आएको र त्यसले संसदीय सर्वोच्चता नै धरापमा पार्ने प्रयास भएको प्रतिक्रिया कांग्रेसले दिएको थियो । शक्ति पृथकीकरणको पाटोलाई थप मझबुत गर्दै न्यायपालिका र व्यवस्थापिकाबीच नङ–मासुको जस्तै सम्बन्ध बनाएर जानुपर्नेमा पार्टीभित्र मत बलियो भएको देउवा निकट एक नेताले बताए । ‘अब विषयलाई थप विवादित बनाएर जानुहुँदैन भन्ने मत नै बलियो बनेर गएको छ,’ ति नेताले नयाँ पत्रिकासँग भने, ‘अब आइतबार नै संसद् बस्ने र महाअभियोग प्रस्ताव टेबल गरेर सहमतिका आधारमा यसलाई फिर्ता लिने विकल्प सबैभन्दा बलियो बनेको छ ।’ आइतबार संसद् बस्न नसके अर्को दिन यही प्रक्रियामा महाअभियोग फिर्ता लिने ती नेता बताउँछन् । महाअभियोग फिर्ता लिएपछि अब एक महिना मात्र कार्यकाल बाँकी रहँदा प्रधानन्यायाधीश सुशीला कार्की एक–दुई दिनमै बिदा बस्ने र अहिलेको विवादलाई बल्झिन नदिने विकल्पबारे कांग्रेसमा छलफल चलेको छ । कांग्रेसले औपचारिक छलफल नगरे पनि पार्टीनिकटका कानुन व्यवसायी र पार्टीकै नेताका सुझाबका आधारमा अब टसल गरेर जान नहुनेमा जोड दिइएको ती नेताले बताए । विवाद बढाउँदै जाँदा निर्वाचनमा अन्योलता देखिने, दलबीच ध्रुवीकरण बढ्ने, आगामी सत्तासमीकरणमा सरकारको नेतृत्व गर्ने मामिलामा आफू पछाडि पर्न सक्ने डरले पनि कांग्रेस सभापति देउवा विवाद बढाउन नहुने पक्षमा पुगेका छन् । विकल्पमा कार्कीको एक्सन हेर्ने आइतबार संसद् बैठक नबसी सूचना टाँसेर स्थगित गरिए अर्को दिन महाअभियोग फिर्ता लिने विकल्प भएको ती कांग्रेस नेताले बताए । ‘सर्वोच्चले संवैधानिक सर्वोच्चता स्वीकार गरेन भनेर पार्टीभित्र उत्तिकै असन्तुष्टि पनि छ,’ उनले भने, ‘अब पुनः काममा फर्किएपछि आइतबारबाट प्रधानन्यायाधीशले लिने ‘एक्सन’ले पनि अबको बाटो तय गर्छ ।’ प्रधानन्यायाधीशको ‘एक्सन’ हेर्न आइतबार सूचना टाँस गरेर संसद् बैठक स्थगित गर्ने र उनले लिने ‘एक्सन’ पछि अर्को संसद् बैठकबाट अगाडि बढ्ने विकल्प पनि कांग्रेसले लिएको छ । यस विषयमा सत्तारुढ दलसँग पनि आइतबार बिहानसम्म छलफल गरेर निर्णय लिने ती नेताले जानकारी दिए । सभामुखले संविधानको धारा १०३ ले ‘संसद्लाई आफ्नो कारबाही र निर्णय गर्ने विशेषाधिकार दिएको र अवहेलना गर्नेलाई जेलसमेत पठाउन सक्ने’ अधिकार दिएको केही कानुनी सल्लाहकारले विकल्प दिए पनि यो विकल्पले द्वन्द्व निम्त्याउने बुझाइ कांग्रेसको छ । प्रधानन्यायाधीश सुशीला कार्कीले यसअघि आइजिपी प्रकरणको मुद्दामा नवराज सिलवाललाई फर्काउने र देउवालाई मानहानि मुद्दामा कारबाही गर्ने चुनौती दिएकाले पनि सत्तारुढ दलहरूमा उनीप्रति संशय छ । शुक्रबार अदालतले भावनामा बगेर सबै मिलेर अघि बढ्नुपर्ने गरी महाअभियोगबारे निर्णय गरेपछि अदालतले पनि सुरक्षित बाटोमा जान चाहेको आँकलन पनि गरिएको छ । असन्तुष्टिका बीच पछाडि फर्किंदै कांग्रेस कानुनी बाटो नै नरहने गरी भावनामा आएर प्रधानन्यायाधीश कार्कीलाई पुनस्र्थापित गर्न अन्तरिम आदेश दिएकाले त्यसले संसदीय सर्वोच्चता धुमिल पारेको भन्दै कांग्रेसभित्र तीव्र असन्तुष्टि छ । सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीसँगको छलफलमा अदालतको आदेशले संसद्लाई कमजोर पार्ने बताएका थिए । ‘कानुन व्यवसायीले समेत संसदीय सर्वोच्चताविरुद्ध आदेश आएको भन्दै सुझाब दिनुभएको छ । आदेश दिने चोलेन्द्रशमशेर जबरालाई जेल हाल्नुपर्छ भन्ने कुरा पनि आएका छन्,’ कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘स्थानीय तहको निर्वाचन लोकतन्त्रको जग हो । निर्वाचनको मुखैमा व्यवस्थापिका र न्यायपालिकाबीच विवाद बढाउँदै जाने हो भने मुलुकका लागि हितकर हुँदैन भनेरै बीचबाटोबाट जान लागेका हौँ ।’ अब राजनीतिक समाधान महाअभियोग प्रस्तावक कांग्रेस नेता मीन विश्वकर्माले सर्वोच्चको आदेशले कानुनी बाटो नै नदिएकाले राजनीतिक उपायको खोजी गर्ने जानकारी दिए । ‘संकट आउँदा पहिलो संवैधानिक बाटोबाट समाधानतिर जानुपर्ने भए पनि अदालतले कानुनी बाटो दिएन,’ विश्वकर्माले भने, ‘अब कानुनी बाटो खोज्न गयौँ भने यो हस्तक्षेपलाई वैध मानेको जस्तो देखिन्छ, त्यसकारण राजनीतिक उपायको खोजीमा लागेका हौँ ।’ संसदीय कार्यविधि, यसका अधिकार क्षेत्र, पार्टीभित्रको छलफल र अन्तरपार्टी छलफलजस्ता राजनीतिक विषयबाट अहिले देखिएको टसल टुंग्याउने उनले बताए । सबै सांसदलाई काठमाडौं फर्कन कांग्रेस निर्देशन कांग्रेसले जिल्लामा खटिएका सांसदलाई काठमाडौं फर्कन निर्देशन दिएको छ । आइतबार संसद् बस्ने भन्दै कांग्रेसले काठमाडौंबाहिरका सांसदलाई काठमाडौं आउन निर्देशन दिएको हो । कांग्रेसले आइतबारलाई संसदीय दलको बैठक राख्ने तयारी गरेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending