Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

वृद्ध आरोहीको रेकर्ड राख्न पाएनन् शेरचनले

\"\"काठमाडौं, २४ वैशाख । सबैभन्दा वृद्ध उमेरमा सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाउने लक्ष्यसहित त्यसतर्फ लागेका आरोही मीनबहादुर शेरचनको निधन भएको छ । शनिबार साँझ ५ बजेर १४ मिनेट जाँदा उनको सगरमाथा आधार शिविरमै निधन भएको नेपाल पर्वतारोहण संघ (एनएमए)ले पुष्टि गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ– ‘सगरमाथा आधार शिविरमा खटिएका सरकारी सम्पर्क अधिकृतले आरोही शेरचनको निधनको पुष्टि गरेका छन्,’ एनएमएका अध्यक्ष आङछिरिङ शेर्पाले भने, ‘यो नेपाली आरोहण क्षेत्रका लागि अर्को दुःखद दिन हो ।’ हृदयाघातको आशंका अध्यक्ष शेर्पाका अनुसार शनिबार साँझसम्म सगरमाथा आधार शिविरमा रहेका डाक्टरहरूसँग सम्पर्क हुन सकेको छैन । तर, सरकारी सम्पर्क अधिकृतले भने हृदयाघातका कारण उनको निधन भएको प्रारम्भिक जानकारी दिएका छन् । विश्व रेकर्ड सपना अधुरै यस वर्ष सगरमाथा आरोहण गर्ने गरी परमिट लिएका आरोहीमध्ये शेरचन मात्र विश्व रेकर्ड बनाउने लक्ष्य लिएका आरोही थिए । उनको आरोहण सफल भएको भए सबैभन्दा पाको उमेरमा सगरमाथा आरोहण गर्ने आरोही बन्ने निश्चित थियो । शेरचन ८६ वर्षको उमेरमा सगरमाथा चुचुरो आरोहणको तयारीमा थिए । उनले ७६ वर्षको उमेरमा १२ जेठ ०६५ (२५ मे २००८) मा सगरमाथा चुचुरो आरोहण गरी सर्वोच्च शिखर चुम्ने विश्वकै पाको आरोहीको कीर्तिमान बनाएका थिए । उनको यो कीर्तिमान ०७० वैशाखमा जापानी आरोही युचिरो मिउराले खोसेपछि शेरचन पुनः आरोहणको तयारीमा जुटेका थिए । ‘यस वर्ष म चढ्ने मात्र होइन, सकुशल फिर्ता भएर मानव कल्याण र विश्व शान्तिका लागि अझ बढी योगदान गर्ने अठोट लिएको छु,’ आरोहणका लागि प्रस्थान गर्नुअघि गत फागुनमा राजधानीमा आयोजित कार्यक्रममा उनले भनेका थिए, ‘म मेरो व्यक्तिगत स्वार्थभन्दा पनि राष्ट्रका लागि आरोहणमा जाँदै छु ।’ तेस्रो प्रयास पनि असफल शेरचनले यसअघि ०७० र ०७२ मा पनि सगरमाथा आरोहणको प्रयास गरेका थिए । पछिल्लोपटक ०७२ मा आरोहण परमिट लिएका शेरचन सो वर्ष भूकम्पले आरोहण प्रभावति भएपछि आधार शिविरबाटै फर्किएका थिए । यस वर्ष तेस्रो प्रयासमा चुचुरोमै पुगेर फर्किने योजना बनाएका शेरचन यसअघिका दुई प्रयासमा सकुशल फिर्ता भए पनि यस वर्ष भने असफल रहे । १९६० देखिको आरोहण यात्रा म्याग्दी जिल्लामा जन्मिएका शेरचनले सन् १९६० (विसं. २०१६)देखि हिमाल आरोहणको यात्रा प्रारम्भ गरेका हुन् । उक्त वर्ष शेरचन धौलागिरि हिमालमा ५ हजार ७ सय मिटरसम्म आरोहण गरी फर्किएका थिए । त्यसयता उनी थुप्रैपटक नेपालको पूर्व–पश्चिम तथा उत्तर–दक्षिण पैदल यात्रा तथा विभिन्न अभियानमा सहभागी हुँदै आएका थिए । पेसाले पूर्वगोर्खा सैनिक उनको यसपटकको सगरमाथा आरोहण अभियानको व्यवस्थापन समिट नेपाल टे«किङले गरेको थियो । सगरमाथाबाट दुई दुःखद खबर यस वर्ष हिमाल आरोहणको पूर्वसन्ध्यामा विश्व पर्वतारोहणका दुई चर्चित आरोहीको दुःखद निधन भएको छ । शेरचनअघि १७ वैशाखमा चर्चित स्विस आरोही युली स्टेकको निधन भएको थियो । सगरमाथाको क्याम्प टु हुँदै नुप्त्से हिमाल (७८६१ मि.) आरोहण गर्ने क्रममा उनको निधन भएको हो । आरोहणका क्रममा भएका यी दुई दुःखद् घटनाले पर्वतारोहण क्षेत्रमा ठूलो क्षति पुगेको एनएमएका अध्यक्ष शेर्पाले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending