Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

मृदुभाषी अमानसिंह तामाङः चौतारा साँगाचोकगढीका जनसेवक उम्मेदवार

\"\"सिन्धुपाल्चोक । होचो कद तर उच्च विचार ! सेताम्मे कपाल तर तरुणो जाँगर । एउटा अजिबको व्यक्तित्व, जसले आफ्नो जीवनलाइ संधै तृण ठाने अनि अरुको जीवनका लागि मात्र अहोरात्र बाँचे । आफ्ना परिवार, नातागोतालाई भन्दा पनि सामाजिक परिवेशलाई नियाँले । त्यहाँभित्रका श्रम गर्ने श्रमिकहरुका पीडा, दलित, अपहेलितमाथिका अवहेलनालाई केस्राकेस्रा केलाए । सामाजिक अन्यायको त्यो तीतो यथार्थलाई पशुवत सहेर बस्न उनको आत्मले दिएन । त्यसैले सबैखाले सामाजिक आर्थिक राजनीतिक विभेदविरुद्ध उनी पनि मुक्तिमोर्चामा सामेल भए । त्यो शुभमूर्हत थियो– २०५८ साल मंसिर १६ गते । पचासको दसकमा सुरु भएको माओवादी जनयुद्धले ततसमयमा एउटा गति लिइसकेको थियो । हो त्यही युद्धमा होमिएका एक महारथि अमानसिंह तामाङ यतिखेर स्थानीय तह निर्वाचनको अर्को महासंग्राममा होमिएका छन् । नेकपा माओवादी केन्द्रका तर्फबाट चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर बनेका तामाङ सरल छन् । बेदाग, स्वार्थरहित तामाङको उम्मेदवारीले यतिखेर चौतारा साँगाचोकगढीको माहौल असाध्यै तातेको छ । सोझो, इमान्दार, कर्तव्यनिष्ठ, मृदुभाषी तामाङको चर्चा जति चुलिएको छ, त्यो भन्दा पनि बढी त विपक्षहरुको मुटुमा ढ्याङ्ग्रो ठोकिएको छ । तामाङविरुद्ध कुनै खोट लगाउने ठाउँ नभएपछि विपक्षी खासगरि एमालेका नेता/कार्यकर्ताहरु यतिखेर बेतुकको हल्लाबाजी गर्दै गाँउ, नगरमा भोट माग्दै छन् । उनीहरु अमानसिंह तामाङलाई पार्टीभित्रको एक पक्षबाट सहयोग नहुने र यसकैका कारणबाट हार्ने हुँदा जित्ने हामीलाई नै भोट देउ भन्दै हिडेका छन् । तर एक्काइसौं शताव्दीको जनता यस्ताखाले अफवाहमा विश्वास नगर्ने घाम जतिकै छर्लङ छ । साँगाचोक भीमटारकी ६० वर्षिय, एकल महिला सानू माझी केही मान्छेहरुले तामाङविरुद्ध यसरी नै भोट मागेको खबरडबलीलाई सुनाइन । आफूले राम्ररी चिनेकी तामाङविरुद्ध नचाहिने कुरा गरेकोमा उनी दंग मात्र परिनन्, चित्त पनि दुखाइन । उनी भन्छिन ‘तामाङ त दैब हो, यस्तो सोझो मान्छेलाई हराउनु भनेको बाङ्गाहरुको दिन आउनु हो ।’ हुन पनि कोमल मनका धनी तामाङको व्यवहार नै यस्तै छ । उनले हालसम्म कसैको चित्त दुखाएका छैनन् । चाहे पक्ष होस, चाहे विपक्ष होस उनले कसैलाई काखा कसैलाई पाखा गरेका कुनै दृष्टान्त छैन । त्यसैले त यो निर्वाचनमा तामाङ शुत्रको पनि मित्रुको रुपमा चिर्चित छन् ।
जेलको काला कोठरीबाट उज्यालो आकाशमूनी आएका उनी कति पनि क्रान्तिबाट विचलित भएनन् । उनले चाहेको भए चुपचाप, क्रान्तिलाई थाँति राखेर घरगृहस्थी जीवनमा व्यस्त रहन सक्थे । तर उनले जनताको मुक्ति नै आफ्नो जीवनको ध्यय ठान्दै पूर्णकालीनरुपमा भूमिगत भए । जनयुद्धलाई तार्किक निष्कर्षमा पुर्याउन जीवनलाई समपर्ण गरे । यसबीच तामाङ जिल्ला जनसरकार प्रमुख भए । पार्टीभित्र पनि आफ्नो लोभ लाग्दो छवि बनाएका तामाङ युद्ध मोर्चामा भन्दा पनि संगठन निर्माण, सेना उत्पादनमा सक्रिय रहे । दुष्मनका चक्रव्यूह तोड्दै, किल्लाहरु ध्वस्त पार्दै जनयुद्ध उत्कर्षतिर लम्कँदै थियो ।
२०१८ साल आश्विन १ गते जगुसिं र साङ्जी तामाङको जेष्ठपुत्रको रुपमा जन्मिएका तामाङ बाल्यकालदेखि हक्की स्वाभावका त थिए नै, अझ त्यो भन्दा बढी त परिश्रमी थिए । विपन्न परिवारमा जन्मेका तामाङले संधै आर्थिक अभावसँग पौठेजोरी खेल्नु प¥यो । बाँच्ने बहानाभित्र ढुङ्गामाटोसँग मितेरी लगाउँदै, पसिना चुहाउँदै धेरै कालसम्म उनी ज्यामीको भूमिकामा अनुवन्धित रहे । राजनीतिक चेतबाट ओतप्रोत भएका उनी २०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा खुलेर लागे । त्यो ताका उमेरले भर्खर १८ लागेका उनको तरुणो जोस–जाँगरलाई बहुदलको पराजयले कुनै प्रभाव पारेन । बरु अझ परिवर्तनको लागि लाग्ने अठोट चुलिँदै गयो । भित्रभित्रै पञ्चायति शासनसत्ता विरुद्धको मोर्चामा लागि रहे । फलतः २०४६ सालमा प्रजातन्त्र पुनर्बाहली भयो । अनि उनी जनमोर्चासँग आवद्ध भए । २०४८ सालमा एकता केन्द्रको सदस्यता पाएका उनले २०४९ को स्थानीय निकाय निर्वाचनमा कुविण्डे गाविसबाट उपाध्यक्षमा विजय हासिल गरे । उनकै पालामा भएको कुविण्डेको विकास निर्माणलाई कुविण्डेबासीहरु अहिले पनि सँम्झन्छन् । २०५२ सालमा जनयुद्धको सुरुवात भएपछि भने अर्धभूमिगत भइ उनी युद्धमा सामेल भए । २०५४ साल फागुन २४ गते जनगणतन्त्र दिवस मनाउने क्रममा उनलाई प्रहरीले गिरफ्तार गर्यो । चौताराकै कप्तानपाटी पीपलबोटमा हुँदै गरेका सभालाई सम्वोधन गरिरहेको अवस्थामा उनलाई पक्राउ गरि प्रहरीले गाडीमा कोचेर लगेका थिए । त्यतिखेरै चौताराबासीले लख काटेका थिए आमानसिं कुनै बेला अब्बल नेता भएर आउने छ । नभन्दै त्यस्तै भयो । त्यसकै ठीक दुई दसकपछि अमानसिं त्यही चौतारा साँगाचोकगढीको एक अब्बल नेता र उम्मेद्वारको रुपमा देखा परेको छ ।
हावाबाट विजुली निकाल्ने, समुद्रमा जहाज कुदाउने, भिजन त अवश्य हुन सक्छ तर पर्यावरण, वातावरण र स्रोतसाधनको अध्ययन विना राखेका यस्ता भिजन कालान्तरमा आफ्नै लागि भिलेन सावित हुने उनी बताउँछन् । तामाङ भन्छन– त्यसैले त हामी यहाँको हावापानी सुहाँदो विकास निर्माणलाई प्राथमिकता दिने छौं । सीमित स्रोतसाधन र जनशक्तिबाट पनि आधुनिक, रोजगारीमूल विकशील नगर बनाउँन सक्छौ । त्यसका लागि हामीले नगरस्तरिय प्रतिवद्धतापत्र मार्फत सबैलाई जानकारी गराइसकेका छौं । उनी थप्छन् – जनतालाई हावादारी गफ लाएर हामीलाई राजनीति गर्नु छैन । ढाँट र छलको आयु छोटो हुन्छ । हामी यो बाटोमा जादैनौं । गर्ने सक्ने कुरा मात्र जनतालाई गर्छु भनेका छौं ।
पक्राउपछि उनलाई चौताराबाट काठमाण्डौं, भद्रगोल जेलमा लगियो । त्यहाँ उनले पाएको यातना सायदै विर्सन लायक छ– तामाङ यस्तै भन्छन् । सर्वोच्चको आदेशपछि उनी तीन महिनाको यातनात्मक जीवनबाट मुक्त त भए तर देशका नागरिकहरु अझै तमाम विभेदबाट मुक्त भइसकेका थिएन्न । जेलको काला कोठरीबाट उज्यालो आकाशमूनी आएका उनी कति पनि क्रान्तिबाट विचलित भएनन् । उनले चाहेको भए चुपचाप, क्रान्तिलाई थाँति राखेर घरगृहस्थी जीवनमा व्यस्त रहन सक्थे । तर उनले जनताको मुक्ति नै आफ्नो जीवनको ध्यय ठान्दै पूर्णकालीनरुपमा भूमिगत भए । जनयुद्धलाई तार्किक निष्कर्षमा पुर्याउन जीवनलाई समपर्ण गरे । यसबीच तामाङ जिल्ला जनसरकार प्रमुख भए । पार्टीभित्र पनि आफ्नो लोभ लाग्दो छवि बनाएका तामाङ युद्ध मोर्चामा भन्दा पनि संगठन निर्माण, सेना उत्पादनमा सक्रिय रहे । दुष्मनका चक्रव्यूह तोड्दै, किल्लाहरु ध्वस्त पार्दै जनयुद्ध उत्कर्षतिर लम्कँदै थियो । जनयुद्धको लम्काई र चम्काईबीच उनका तीनभाइ छोरा– रघुसिं, छत्रसिं र समरसिं तामाङ पनि युद्धमोर्चामा लामबद्ध भए । मानसिक र शारिरीक यातनाका कारण तामाङकी ७० बर्षिया आमा साङजीले त्यही समय देह त्याग गरिन । त्यो दुखद घडिमा पनि तामाङ किञ्चित विचलित भएनन् । र युद्धमोर्चा सम्हालि रहे । साठीको दसकमा दस वर्षिय जनयुद्धको जगमा १९ दिने जनआन्दोलन भयो । आन्दोलनको सफलतासँगै माओवादी पनि शान्ति प्रकृयामा आए । शान्ति प्रकृयापछि विकशीत तमाम राजनीतिक आरोह अवरोहहरुमा उनी त्यतिकै सकृय रहे । क्रान्तिबाट आएका उनी स्थानीय शान्ति समितको जिल्ला संयोजक बन्दै स्थानीय शान्ति, मेलमिलाप, द्वान्द पीडितका लागि राहत र पीडासमन गर्न पनि उनले कुनै कञ्जस्याँइ गरेनन् । \"\" हो यतिखेरै तिनै क्रान्तिकारी, जुझारु व्यक्तित्व समृद्ध नगर निर्माणार्थ चुनावी मोर्चामा छन् । समृद्ध र नमूना नगर निर्माणका लागि भिजन भएर मात्र नहुने उनको तर्क छ । भिजनसँगसँगै ठोस मिसन पनि हुनुपर्छ, क्षमता, हैसियत, प्रवल इच्छा शक्ति र सम्भाव्यताको पनि अध्ययन हुनुपर्छ उनी भन्छन् । हावाबाट विजुली निकाल्ने, समुद्रमा जहाज कुदाउने, भिजन त अवश्य हुन सक्छ तर पर्यावरण, वातावरण र स्रोतसाधनको अध्ययन विना राखेका यस्ता भिजन कालान्तरमा आफ्नै लागि भिलेन सावित हुने उनी बताउँछन् । तामाङ भन्छन– त्यसैले त हामी यहाँको हावापानी सुहाँदो विकास निर्माणलाई प्राथमिकता दिने छौं । सीमित स्रोतसाधन र जनशक्तिबाट पनि आधुनिक, रोजगारीमूल विकशील नगर बनाउँन सक्छौ । त्यसका लागि हामीले नगरस्तरिय प्रतिवद्धतापत्र मार्फत सबैलाई जानकारी गराइसकेका छौं । उनी थप्छन् – जनतालाई हावादारी गफ लाएर हामीलाई राजनीति गर्नु छैन । ढाँट र छलको आयु छोटो हुन्छ । हामी यो बाटोमा जादैनौं । गर्ने सक्ने कुरा मात्र जनतालाई गर्छु भनेका छौं । र गर्छौ पनि । त्यसैले यसपटक अवश्य पनि जनताले काम गर्नेलाई चुन्नेछन् । उनका यी यस्तै इमान्दारिताका कारणले पनि होला नगरबासीहरु यसपटक अमानसिंको पक्षमा उर्लेका छन् । अनुभवी, पाका र सही नेतृत्वको विकल्प हुन सक्दैनन । हो चुनावी मैदानमा देखिएका उम्मेद्वार मध्य अमानसिंको विकल्प अरु उम्मेद्वार हुन सक्दैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies