Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

मृदुभाषी अमानसिंह तामाङः चौतारा साँगाचोकगढीका जनसेवक उम्मेदवार

\"\"सिन्धुपाल्चोक । होचो कद तर उच्च विचार ! सेताम्मे कपाल तर तरुणो जाँगर । एउटा अजिबको व्यक्तित्व, जसले आफ्नो जीवनलाइ संधै तृण ठाने अनि अरुको जीवनका लागि मात्र अहोरात्र बाँचे । आफ्ना परिवार, नातागोतालाई भन्दा पनि सामाजिक परिवेशलाई नियाँले । त्यहाँभित्रका श्रम गर्ने श्रमिकहरुका पीडा, दलित, अपहेलितमाथिका अवहेलनालाई केस्राकेस्रा केलाए । सामाजिक अन्यायको त्यो तीतो यथार्थलाई पशुवत सहेर बस्न उनको आत्मले दिएन । त्यसैले सबैखाले सामाजिक आर्थिक राजनीतिक विभेदविरुद्ध उनी पनि मुक्तिमोर्चामा सामेल भए । त्यो शुभमूर्हत थियो– २०५८ साल मंसिर १६ गते । पचासको दसकमा सुरु भएको माओवादी जनयुद्धले ततसमयमा एउटा गति लिइसकेको थियो । हो त्यही युद्धमा होमिएका एक महारथि अमानसिंह तामाङ यतिखेर स्थानीय तह निर्वाचनको अर्को महासंग्राममा होमिएका छन् । नेकपा माओवादी केन्द्रका तर्फबाट चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर बनेका तामाङ सरल छन् । बेदाग, स्वार्थरहित तामाङको उम्मेदवारीले यतिखेर चौतारा साँगाचोकगढीको माहौल असाध्यै तातेको छ । सोझो, इमान्दार, कर्तव्यनिष्ठ, मृदुभाषी तामाङको चर्चा जति चुलिएको छ, त्यो भन्दा पनि बढी त विपक्षहरुको मुटुमा ढ्याङ्ग्रो ठोकिएको छ । तामाङविरुद्ध कुनै खोट लगाउने ठाउँ नभएपछि विपक्षी खासगरि एमालेका नेता/कार्यकर्ताहरु यतिखेर बेतुकको हल्लाबाजी गर्दै गाँउ, नगरमा भोट माग्दै छन् । उनीहरु अमानसिंह तामाङलाई पार्टीभित्रको एक पक्षबाट सहयोग नहुने र यसकैका कारणबाट हार्ने हुँदा जित्ने हामीलाई नै भोट देउ भन्दै हिडेका छन् । तर एक्काइसौं शताव्दीको जनता यस्ताखाले अफवाहमा विश्वास नगर्ने घाम जतिकै छर्लङ छ । साँगाचोक भीमटारकी ६० वर्षिय, एकल महिला सानू माझी केही मान्छेहरुले तामाङविरुद्ध यसरी नै भोट मागेको खबरडबलीलाई सुनाइन । आफूले राम्ररी चिनेकी तामाङविरुद्ध नचाहिने कुरा गरेकोमा उनी दंग मात्र परिनन्, चित्त पनि दुखाइन । उनी भन्छिन ‘तामाङ त दैब हो, यस्तो सोझो मान्छेलाई हराउनु भनेको बाङ्गाहरुको दिन आउनु हो ।’ हुन पनि कोमल मनका धनी तामाङको व्यवहार नै यस्तै छ । उनले हालसम्म कसैको चित्त दुखाएका छैनन् । चाहे पक्ष होस, चाहे विपक्ष होस उनले कसैलाई काखा कसैलाई पाखा गरेका कुनै दृष्टान्त छैन । त्यसैले त यो निर्वाचनमा तामाङ शुत्रको पनि मित्रुको रुपमा चिर्चित छन् ।
जेलको काला कोठरीबाट उज्यालो आकाशमूनी आएका उनी कति पनि क्रान्तिबाट विचलित भएनन् । उनले चाहेको भए चुपचाप, क्रान्तिलाई थाँति राखेर घरगृहस्थी जीवनमा व्यस्त रहन सक्थे । तर उनले जनताको मुक्ति नै आफ्नो जीवनको ध्यय ठान्दै पूर्णकालीनरुपमा भूमिगत भए । जनयुद्धलाई तार्किक निष्कर्षमा पुर्याउन जीवनलाई समपर्ण गरे । यसबीच तामाङ जिल्ला जनसरकार प्रमुख भए । पार्टीभित्र पनि आफ्नो लोभ लाग्दो छवि बनाएका तामाङ युद्ध मोर्चामा भन्दा पनि संगठन निर्माण, सेना उत्पादनमा सक्रिय रहे । दुष्मनका चक्रव्यूह तोड्दै, किल्लाहरु ध्वस्त पार्दै जनयुद्ध उत्कर्षतिर लम्कँदै थियो ।
२०१८ साल आश्विन १ गते जगुसिं र साङ्जी तामाङको जेष्ठपुत्रको रुपमा जन्मिएका तामाङ बाल्यकालदेखि हक्की स्वाभावका त थिए नै, अझ त्यो भन्दा बढी त परिश्रमी थिए । विपन्न परिवारमा जन्मेका तामाङले संधै आर्थिक अभावसँग पौठेजोरी खेल्नु प¥यो । बाँच्ने बहानाभित्र ढुङ्गामाटोसँग मितेरी लगाउँदै, पसिना चुहाउँदै धेरै कालसम्म उनी ज्यामीको भूमिकामा अनुवन्धित रहे । राजनीतिक चेतबाट ओतप्रोत भएका उनी २०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा खुलेर लागे । त्यो ताका उमेरले भर्खर १८ लागेका उनको तरुणो जोस–जाँगरलाई बहुदलको पराजयले कुनै प्रभाव पारेन । बरु अझ परिवर्तनको लागि लाग्ने अठोट चुलिँदै गयो । भित्रभित्रै पञ्चायति शासनसत्ता विरुद्धको मोर्चामा लागि रहे । फलतः २०४६ सालमा प्रजातन्त्र पुनर्बाहली भयो । अनि उनी जनमोर्चासँग आवद्ध भए । २०४८ सालमा एकता केन्द्रको सदस्यता पाएका उनले २०४९ को स्थानीय निकाय निर्वाचनमा कुविण्डे गाविसबाट उपाध्यक्षमा विजय हासिल गरे । उनकै पालामा भएको कुविण्डेको विकास निर्माणलाई कुविण्डेबासीहरु अहिले पनि सँम्झन्छन् । २०५२ सालमा जनयुद्धको सुरुवात भएपछि भने अर्धभूमिगत भइ उनी युद्धमा सामेल भए । २०५४ साल फागुन २४ गते जनगणतन्त्र दिवस मनाउने क्रममा उनलाई प्रहरीले गिरफ्तार गर्यो । चौताराकै कप्तानपाटी पीपलबोटमा हुँदै गरेका सभालाई सम्वोधन गरिरहेको अवस्थामा उनलाई पक्राउ गरि प्रहरीले गाडीमा कोचेर लगेका थिए । त्यतिखेरै चौताराबासीले लख काटेका थिए आमानसिं कुनै बेला अब्बल नेता भएर आउने छ । नभन्दै त्यस्तै भयो । त्यसकै ठीक दुई दसकपछि अमानसिं त्यही चौतारा साँगाचोकगढीको एक अब्बल नेता र उम्मेद्वारको रुपमा देखा परेको छ ।
हावाबाट विजुली निकाल्ने, समुद्रमा जहाज कुदाउने, भिजन त अवश्य हुन सक्छ तर पर्यावरण, वातावरण र स्रोतसाधनको अध्ययन विना राखेका यस्ता भिजन कालान्तरमा आफ्नै लागि भिलेन सावित हुने उनी बताउँछन् । तामाङ भन्छन– त्यसैले त हामी यहाँको हावापानी सुहाँदो विकास निर्माणलाई प्राथमिकता दिने छौं । सीमित स्रोतसाधन र जनशक्तिबाट पनि आधुनिक, रोजगारीमूल विकशील नगर बनाउँन सक्छौ । त्यसका लागि हामीले नगरस्तरिय प्रतिवद्धतापत्र मार्फत सबैलाई जानकारी गराइसकेका छौं । उनी थप्छन् – जनतालाई हावादारी गफ लाएर हामीलाई राजनीति गर्नु छैन । ढाँट र छलको आयु छोटो हुन्छ । हामी यो बाटोमा जादैनौं । गर्ने सक्ने कुरा मात्र जनतालाई गर्छु भनेका छौं ।
पक्राउपछि उनलाई चौताराबाट काठमाण्डौं, भद्रगोल जेलमा लगियो । त्यहाँ उनले पाएको यातना सायदै विर्सन लायक छ– तामाङ यस्तै भन्छन् । सर्वोच्चको आदेशपछि उनी तीन महिनाको यातनात्मक जीवनबाट मुक्त त भए तर देशका नागरिकहरु अझै तमाम विभेदबाट मुक्त भइसकेका थिएन्न । जेलको काला कोठरीबाट उज्यालो आकाशमूनी आएका उनी कति पनि क्रान्तिबाट विचलित भएनन् । उनले चाहेको भए चुपचाप, क्रान्तिलाई थाँति राखेर घरगृहस्थी जीवनमा व्यस्त रहन सक्थे । तर उनले जनताको मुक्ति नै आफ्नो जीवनको ध्यय ठान्दै पूर्णकालीनरुपमा भूमिगत भए । जनयुद्धलाई तार्किक निष्कर्षमा पुर्याउन जीवनलाई समपर्ण गरे । यसबीच तामाङ जिल्ला जनसरकार प्रमुख भए । पार्टीभित्र पनि आफ्नो लोभ लाग्दो छवि बनाएका तामाङ युद्ध मोर्चामा भन्दा पनि संगठन निर्माण, सेना उत्पादनमा सक्रिय रहे । दुष्मनका चक्रव्यूह तोड्दै, किल्लाहरु ध्वस्त पार्दै जनयुद्ध उत्कर्षतिर लम्कँदै थियो । जनयुद्धको लम्काई र चम्काईबीच उनका तीनभाइ छोरा– रघुसिं, छत्रसिं र समरसिं तामाङ पनि युद्धमोर्चामा लामबद्ध भए । मानसिक र शारिरीक यातनाका कारण तामाङकी ७० बर्षिया आमा साङजीले त्यही समय देह त्याग गरिन । त्यो दुखद घडिमा पनि तामाङ किञ्चित विचलित भएनन् । र युद्धमोर्चा सम्हालि रहे । साठीको दसकमा दस वर्षिय जनयुद्धको जगमा १९ दिने जनआन्दोलन भयो । आन्दोलनको सफलतासँगै माओवादी पनि शान्ति प्रकृयामा आए । शान्ति प्रकृयापछि विकशीत तमाम राजनीतिक आरोह अवरोहहरुमा उनी त्यतिकै सकृय रहे । क्रान्तिबाट आएका उनी स्थानीय शान्ति समितको जिल्ला संयोजक बन्दै स्थानीय शान्ति, मेलमिलाप, द्वान्द पीडितका लागि राहत र पीडासमन गर्न पनि उनले कुनै कञ्जस्याँइ गरेनन् । \"\" हो यतिखेरै तिनै क्रान्तिकारी, जुझारु व्यक्तित्व समृद्ध नगर निर्माणार्थ चुनावी मोर्चामा छन् । समृद्ध र नमूना नगर निर्माणका लागि भिजन भएर मात्र नहुने उनको तर्क छ । भिजनसँगसँगै ठोस मिसन पनि हुनुपर्छ, क्षमता, हैसियत, प्रवल इच्छा शक्ति र सम्भाव्यताको पनि अध्ययन हुनुपर्छ उनी भन्छन् । हावाबाट विजुली निकाल्ने, समुद्रमा जहाज कुदाउने, भिजन त अवश्य हुन सक्छ तर पर्यावरण, वातावरण र स्रोतसाधनको अध्ययन विना राखेका यस्ता भिजन कालान्तरमा आफ्नै लागि भिलेन सावित हुने उनी बताउँछन् । तामाङ भन्छन– त्यसैले त हामी यहाँको हावापानी सुहाँदो विकास निर्माणलाई प्राथमिकता दिने छौं । सीमित स्रोतसाधन र जनशक्तिबाट पनि आधुनिक, रोजगारीमूल विकशील नगर बनाउँन सक्छौ । त्यसका लागि हामीले नगरस्तरिय प्रतिवद्धतापत्र मार्फत सबैलाई जानकारी गराइसकेका छौं । उनी थप्छन् – जनतालाई हावादारी गफ लाएर हामीलाई राजनीति गर्नु छैन । ढाँट र छलको आयु छोटो हुन्छ । हामी यो बाटोमा जादैनौं । गर्ने सक्ने कुरा मात्र जनतालाई गर्छु भनेका छौं । र गर्छौ पनि । त्यसैले यसपटक अवश्य पनि जनताले काम गर्नेलाई चुन्नेछन् । उनका यी यस्तै इमान्दारिताका कारणले पनि होला नगरबासीहरु यसपटक अमानसिंको पक्षमा उर्लेका छन् । अनुभवी, पाका र सही नेतृत्वको विकल्प हुन सक्दैनन । हो चुनावी मैदानमा देखिएका उम्मेद्वार मध्य अमानसिंको विकल्प अरु उम्मेद्वार हुन सक्दैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending