Khabar Dabali २७ माघ २०८२ सोमबार | 9th February, 2026 Mon
Investment bank

सामाजिक सञ्जालमा निर्वाचनः यस्ता छन् रमाइला नारा

\"\"काठमाडौं, २३ वैशाख । भोट हालौं ट्रीमा मासु रक्सी फ्रिमाु यो कांग्रेसविरुद्ध सामाजिक सञ्जालमा चर्चामा आएको ट्रोल हो । उता ुचुनाव चिह्न भनेको त रूख पो हुनुपर्छ, जाबो सूर्य त चुरोट पनि हुन्छ निु भनी एमालेलाई उडाइएको छ । नेट किन स्लो छ भनेको त गाउँगाउँमा माओवादी केन्द्रले फ्रि वाइफाई राखेर पो रहेछु, एक दलमा आस्था राख्नेले अर्को दललाई यसरी गाली गर्ने काम सामाजिक सञ्जालमा यति बेला छ्यापछ्याप्ती देखिएको छ । व्यक्तिविशेषले सामाजिक सञ्जालमा लेखेका ट्विट, ट्रोल तथा स्ट्याटसका यी केही उदाहरणहरू हुन् । सामाजिक सञ्जालमार्फत नकारात्मक सन्देश मात्र फैलिएका छैनन् । वैशाख ३१ मा हुने पहिलो चरणको स्थानीय चुनाव प्रचारप्रसार यसपटक सामाजिक सञ्जालमैत्री भएको छ । आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ–यो चुनावमा दलहरूले उम्मेदवारको नाम घोषणामा ढिला गर्दा घरघरमा पुगेर भोट माग्ने अवस्था देखिएन । कुन ठाउँबाट कुन दलको को उम्मेदवार उठेको छ, मतदातालाई पूर्ण जानकारी छैन । दलप्रतिको आस्थाको भरले भोट हाल्ने मानिसको संख्या ठूलो हुने अनुमान गर्न सकिन्छ । यस्तो अवस्थामा सामाजिक सञ्जाल फेसबुक, ट्विटर र युट्युबलाई दलले आफूले उठाएको एजेन्डा र उम्मेदवारले आफ्नो उम्मेदवारीको जानकारी गराउने माध्यम बनाएका छन् । यो वर्ष राजनीतिक दलका नेताले फेसबुकमार्फत प्रत्यक्ष रूपमा लाखौं भोटरलाई सम्बोधन गरे । कांग्रेसले आफ्नो घोषणापत्रबारे जानकारी लिन चाहनेलाई फेसबुकको लाइभ टुलमार्फत जानकारी दियो । साझा पार्टीले पनि फेसबुक लाइभ टुललार्ई प्रयोगमा ल्यायो । काठमाडौंको भविष्य समाल्न साझा पार्टीले दिएको विकल्प कस्तो हो भन्ने जानकारी दिन फेसबुक लाइभलाई प्रयोगमा ल्याएको छ । यी केही उदाहरण मात्र हुन् । राजनीतिक दलका नेताले चुनाव प्रचारका लागि विभिन्न सामाजिक सञ्जाललाई बढी नै प्रयोगमा ल्याएको देखिएको छ । फेसबुक, ट्विटर र युट्युबको बढी प्रयोग भएको छ । टोलटोलमा देखिने चुनावी चहलपहल यसपटक सामाजिक सञ्जालमा देखिएको छ । सामाजिक सञ्जालको उत्कृष्ट प्रयोग विवेकशील नेपाली दलले गर्‍यो । अन्य पार्टीको तुलनामा चाँडै उम्मेदवार घोषणा गरी सामाजिक सञ्जालमा ठूलो पहुँच रहेका युवामाझ प्रचार गर्‍यो । विवेकशील नेपाली पार्टीले काठमाडौं मेयरमा उठाएकी २१ वर्षीया युवती रञ्जु दर्शना (न्यौपाने) को नाम कमैले सुनेका थिए । तर अहिले उहाँ चर्चामा हुनुहुन्छ । सबैभन्दा सानो उमेरमा चुनावमा सहभागिता जनाउनु उहाँका लागि चर्चाको एउटा कारण होला । सामाजिक सञ्जालबाट योभन्दा बढी चर्चा भइरहेको छ । सामाजिक सञ्जालमा नजोडिने सर्वसाधारणबीच उहाँ अझै गुमनाम हुनुहुन्छ । सामाजिक सञ्जालमै उहाँबारे सकारात्मक तथा नकारात्मक कुरा आएका छन् । एकातर्फ उहाँको उम्मेदवारीलाई सामाजिक सञ्जालमा सबैले साहसका रूपमा हेरेका छन् भने अर्कोतर्फ उहाँको भाषणको शैली र भाषामा दलका नेतालाई गाली गर्ने संस्कारलाई लिएर आलोचना भइरहेका छन् ।ुएकले अर्कालाई यसरी नै गाली गर्ने भए नयाँ पुस्ताको नयाँ उम्मेदवार कसरी मान्नेु, ुशब्द चौतारीु ले ट्विट लेखेका छन् ।सामाजिक सञ्जाल दलको प्रचार थलो मात्र नभएर सर्वसाधारणले पनि आफ्नो अभिव्यक्तिको माध्यम बनाएका छन् यसलाई । स्थानीय चुनावले सामाजिक सञ्जालमा दलभन्दा पनि सर्वसाधारणलाई क्रियाशील बनाएको जस्तो लाग्छ । चुनावसम्बन्धी दलका निर्णय र प्रभाव सामाजिक सञ्जालमा तत्कालै देखिन्छन् । दलहरूले आफ्नो घोषणापत्र जारी गरेपछि सर्वसाधारणको ट्विट र स्ट्याटसमा देखिएको भावनाले मतदाताको मत प्रतिबिम्बित गरेका छन् । ट्विटरमा उज्ज्वल आचार्य लेख्छन्, ुहात्तीका लामा, सेता दारा र दलका घोषणापत्रका नारा उस्तैउस्तै हुन् । देखाउने मात्रै, चपाउने लुकेका । एमालेले काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गरेको चुनावी तालमेललगत्तै सामाजिक सञ्जालमा गाईलाई सूर्यसँग र सूर्यलाई गाईसँग जोडेर कार्टुन पनि बने । त्यस्तै कांग्रेस र माओवादी केन्द्रबीचको तालमेललाई लिएर हँसियाले रूख ढालेको कार्टुन सामाजिक सञ्जालमा भाइरल भयो । सामाजिक सञ्जालमार्फत दल तथा उम्मेदवारले दु्रतगतिमा प्रतिक्रिया पाइरहेका छन् । मेयर तथा वडा अध्यक्षले सामाजिक सञ्जालको प्रयोग गरी भोट मागिरहेका छन् । स्थानीयले उम्मेदवार चयन कार्यक्रमलाई फेसबुक लाइभ टुलको प्रयोग गरी सबैलाई जानकारी गराइरहेका छन् । दलहरूमा सामाजिक सञ्जाल संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले चुनावी अभियानमा डिजिटल प्रविधिको प्रयोग गरिरहेको छ । स्थानीय चुनावलाई लक्षित गर्दै कांग्रेसले चुनावी घोषणापत्र फेसबुकमार्फत सार्वजनिक गर्‍यो । उसले ुहामीभित्र म, सबै अट्ने देश सबैलाई जोड्ने कांग्रेसु नारा तय गरेर सामाजिक सञ्जालमा आफ्नो उपस्थिति जनाएको छ । उसले भेरिफाइड फेसबुक पेज, ट्विटर तथा युट्युबमार्फत आफ्ना गतिविधिलाई सर्वसाधारणमाझ प्रवाह गरिरहेको छ । उसले प्रचार समिति गठन गरी त्यसमा पनि सामाजिक सञ्जालका लागि छुट्टै टिम खडा गरेको छ । यसअघिका चुनावमा कांग्रेसले डिजिटल प्रविधिलाई यति धेरै स्थान दिन सकेको थिएन । एमालेले अघिल्ला चुनावमा पनि प्रविधिलाई आत्मसात गरेको थियो । सामाजिक सञ्जालको सबैभन्दा बढी प्रयोग गर्ने दलका रूपमा चिनिएको एमालेले आफ्नो अफिसियल ट्विटर एकाउन्ट निर्माण नगरे पनि युट्युबमा आफ्नो जिंगल र गीत सार्वजनिक गरेको छ ।उसले चुनावलाई नै लक्षित गरी मिडिया सेन्टर खोलेको छ । फेसबुकमा यूएमल पेज बनाएर सूचना दिइरहेको छ । उसले रातो सूर्य डटकम, सीपीएनयूएमएल ओआरजीजस्ता वेबसाइट निर्माण गरेको छ भने विभिन्न नेताहरूको फेसबुक, ट्विटर एकाउन्टलाई प्रचारका लागि प्रयोगमा ल्याएको छ । पार्टीको कुनै अफिसियल एकाउन्ट नभए पनि माओवादी केन्द्रले डिजिटल प्रविधिलाई आत्मसात गरेको छ । माओवादी केन्द्र भएपछि नयाँ संरचानाअनुसार सामाजिक सञ्जाल निर्माण जारी राखेको छ । माओवादी केन्द्रका संगठनले आफैं सामाजिक सञ्जाल निर्माण गरेका छन् । नयाँ शक्ति पार्टी, साझा पार्टी र विवेकशील नेपाली दल सामाजिक सञ्जालमै जन्मिएका हुन् । यिनीहरूको जन्म पनि सामाजिक सञ्जालमार्फत भयो अनि प्रचार पनि । विवेकशील नेपाली दलले चुनाव लक्षित सोसल मिडिया टिम नै गठन गरेको छ । नेपाली राजनीतिक दलको हिसाबले हेर्ने हो भने विवेकशील नेपाली दलको ट्विटर एकाउन्ट सबैभन्दा बढी फलोअर्स भएको एकाउन्ट हो । उसले आफ्नै फेसबुक र युट्युब एकाउन्टमार्फत सूचना प्रदान गर्ने काम गरेको छ भने वेबसाइट निर्माण गरी त्यहाँ आफ्ना सम्पूर्ण सामग्री उपलब्ध गराएको छ । त्यस्तै साझा पार्टीले ुपोलिटिकल वाररुमु कमिटी गठन गरी सामाजिक सञ्जाल सञ्चालन गरिरहेको छ । पार्टीको आफ्नै फेसबुक, ट्विटर, युट्युब र वेबसाइटका साथै इन्स्ट्राग्राम एकाउन्ट छ । नयाँ शक्ति पार्टीले पनि सामाजिक सञ्जाललाई भरपूर प्रयोग गरेको छ । पार्टीको आफ्नै वेबसाइटका साथै फेसबुक, ट्विटर, युट्युब एकाउन्ट छ जहाँबाट प्रचारका लागि गीत र आवश्यक सूचना प्रभाव भइरहेको छ । त्यसका लागि प्रचार समितिअन्तर्गत पार्टीले सामाजिक सञ्जाल समिति छुट्टै गठन गरेको छ । फेसबुक, ट्विटर, युट्युब, इन्स्ट्राग्रामजस्ता सामाजिक सञ्जाल प्रयोग गरेर दल तथा तिनका उम्मेदवारले चुनाव प्रचार तीव्र पारेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE