Khabar Dabali २६ माघ २०८२ आईतवार | 8th February, 2026 Sun
Investment bank

निर्वाचनमा सुरक्षा चुनौती दिन सक्ने एक सय ३१ ‘गुन्डा’ निगरानीमा (नामसहित)

\"\"काठमाडौं, २३ वैशाख ।स्थानीय तहको निर्वाचनमा सुरक्षा चुनौती दिन सक्ने एक सय ३१ ‘गुन्डा’हरूको सूची बनाएर प्रहरीले उनीहरूमाथि निगरानी सुरु गरेको छ । महानगरीय प्रहरी कार्यालयले उपत्यकाका तीनै जिल्लामा गुन्डागर्दीमा संलग्नहरूको सूची नै पठाएर निगरानीमा राख्न निर्देशन दिएको हो । अाजको नयाँ पत्रिकामा खबर छ– महानगरीय प्रहरी कार्यालयले महानगरीय अपराध महाशाखासहित काठमाडौं, ललितपुर र भक्तपुर परिसरलाई सूचीसहित बिहीबार परिपत्र गरेको हो । परिपत्रमा केही पुराना गुन्डा नाइकेहरूको नाम भने छैन । सूचीमा अधिकांश नया“ गुन्डाहरू छन् । चुनावमा उनीहरूले उम्मेदवार तथा मतदातालाई धाकधम्की दिन सक्ने भएकाले सबैलाई निगरानीमा राख्न थालिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । को–को छन् सूचीमा ? प्रहरीबाट प्राप्त सूचीअनुसार दावा लामा, विष्णु लामा, उमेश लामा (जोरपाटी), सूर्य लामा, खगेन्द्रकुमार राई, बुद्ध लामा, विकास लामा, मोहन लामा, शंकर श्रेष्ठ, विकास राई, दिनेश राई, दिलु लामा, सञ्जय लामा ‘झिङ्गे’, प्रकाश गोले, विजय गोले, काजी शेर्पा, रवि थिङ निगरानी सूचीमा छन् । त्यस्तै, विनोद घिसिङ, लम्बु शेर्पा, निमा लामा, उमेश लामा (सिनामंगल), आङनिमा शेर्पा, सविन खड्गी, आशीष राई, राजु गोर्खाली, प्रतीक हवल्दार श्रेष्ठ, राम श्रेष्ठ मदन गिरी, दिपक आचार्य, संजीव लामा, दुर्गा राई, चन्द्र लिम्बु, सनम थेवे पनि प्रहरी सूचीमा छन् । रितु राई, राजु श्रेष्ठ, प्रवेश श्रेष्ठ, रिनझिन शेर्पा ‘रिङकी’, रमेश सुनुवार, मुखिया घले, अमृतमा लामा, अमित लामा, मुखिया लाप्चा, रेम्बो मनाङे, ज्याक भोटे, नोर्बु शेर्पा, दिपक मनाङे, पञ्चे लामा, कान्छा लामा, सुकबहादुर तामाङ, उमेश लामा(ठमेल), राधे भण्डारी, सूर्य गुरुङ, विशाल गुरुङ, वीरबहादुर स्याङतान, अर्जुन गुरुङ, बिश्व कार्की, राजन महर्जन प्रहरी निगरानीमा छन् । प्रहरीको सूचीमा छिरिङ शेर्पा, छिरी शेर्पा, डेण्डी शेर्पा, सुरेश महर्जन, मानबहादुर तामाङ, निरज लामा, राजु भण्डारी, शमशेर थापा, मिनकुमार लामा, रोशन रोक्का, हिमाल बस्नेत, टेकसग लिम्बू, महेन्द्र थिङ लामा, पूर्ण गुरुङ ‘जसवन्त’ पनि प्रहरीको सक्रिय गुन्डागर्दीको सूचीमा छन्। त्यस्तै, शिवा पुन, बिजय तामाङ, टंक अधिकारी, सञ्जयध्वज शाही, तुलसी मगर, चन्द्रबहादुर तामाङ, बिकेश लामा, सरोज लामा, समिरमान बस्नेत, अर्पण शेर्पा, बिकी महर्जन, सरोव थापा, साजन महर्जन, सुजन श्रेष्ठ, भोजे लामा, दिनेश लामा, लाम्टा मुखिया, सोगेन कपाली, धिरज गुरुङ, ज्याक गुरुङ, दिनेश धिताल, दिपक पण्डितलाई पनि प्रहरीले निगरानी सूचिमा राखेको छ । रूपक फुयाँल, चक्रे गुरुङ, तेजेन्द्र गुरुङ, साजन महर्जन (बिकास), राजेश महर्जन, लक्षे थापामगर, ससाङक श्रैष्ठ, नारायण लामा, हापा गुरुङ, अखिल गुरुङ, जीवन चौलागाई पनि निगरानीमै रहेको प्रहरीले जनाएको छ । अन्यमा पंकज मल्ल, आशिष गुरुङ, आङ शेर्पा, बाबे भन्ने शुक्रबहादुर लामा, विकास भन्ने सत्यमान लामा, तुलसी मगर, चन्द्रबहादुर लामा, शेरबहादुर धिताल, निश्चल श्रेष्ठ, जसवन्त गुरुङ, सुमित रेग्मी, लव विक, राजन भुजेल, नारायण लामा, सन्तोष खड्का, संजित श्रेष्ठ, संजोग बानिया, बिक्रम श्रेष्ठ, सुमन गिरी, आशिष राई, निमा लामा, सुरेश लामा, आङनिमा शेर्पा, सञ्जय डंगोल र पहलराज सुनुवार छन् । दुई महिनामा ३२ पक्राउ प्रहरीले पछिल्लो दुई महिनामा ३२ जनालाई पक्राउ गरेको छ । तेजेन्द्र गुरुङ, साजन महर्जन, वाला लामा, दीपेन्द्र प्याकुरेल ‘कान्छा’ लगायतलाई प्रहरीले पक्राउ गरिसकेको छ । त्यस्तै, नमु तामाङ, कुमार गोले, सविन खड्गी, छिरिङ भनिने फुपु छिरिङ शेर्पा, बसन्त भुषाल, आशिष राई, कृष्ण खड्का, मम भनिने रामकृष्ण थापा, बिक्रम भनिने नानीबाबु थापा, रकी भनिने सागर थापा मगर, शशांक भनिने शिसन श्रेष्ठ पनि पक्राउ परिसकेका छन् । यसैगरी, पुनम कार्की, कर्मा घले, कोर्ते गुरुङ, ज्याक गुरुङ, दुर्गा राई, रिज महर्जन, राजीव महर्जन, निरु लामा, राजु बोगटी, पुनित गुरुङ, रामेश्वर गौतम,‘फिस्टे’, श्याम मोक्तान, काले थापा मगर, सुनिल नगरकोटी, नकिन महर्जन र सुरेश जोशी पक्राउ परेका छन् । उनीहरूमध्ये अधिकांश साधारण धरौटीमा छुटिसकेका छन् । गोंगबुका गुन्डा नाइके साजन १५ वैशाखमा पक्राउ परेकोमा तेस्रो दिनमै छुटेका थिए । गुन्डागर्दीसम्बन्धी कानुन नभएकाले उनीहरूलाई सार्वजनिक अपराध चलाउनुपर्ने र जिल्ला प्रशासन कार्यालयले साधरण धरौटीमै छाड्ने गरेको छ । निर्वाचनमा नेत्रविक्रम नेतृत्वको नेकपा र गुन्डाहरूलाई उपत्यकाका प्रमुख सुरक्षा चुनौती बनाएर सुरक्षा योजना बनाएको छ । फिंगर प्रिन्टसहितको डाटा गुन्डागर्दीमा संलग्नहरूलाई प्रहरीले पक्राउ गर्दै उनीहरूको औंठाछाप लिन थालेको छ । कुनै अपराध गरेमा सहज अनुसन्धानका लागि प्रहरीले उनीहरूको औंठाछाप लिन थालेको हो । ‘पक्राउ परेका सबैको औंठाछाप र नयाँ फोटो रेकर्डका लागि राखेका छौं,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छविलाल जोशीले भने, ‘छुटेपछि पनि उनीहरूलाई दैनिक तारेखमा राखेका छौं ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE