Khabar Dabali २६ माघ २०८२ आईतवार | 8th February, 2026 Sun
Investment bank

पार्टीले चुनाव खर्च मागेपछि अपहरणको नाटक

\"\"काठमाडौं, २३ वैशाख । स्थानीय तहको निर्वाचन आउन अब ९ दिन मात्र बाँकी छ। बिभिन्न दलका उम्मेद्वारहरू प्रचार प्रसार गर्न घर दैलोमा व्यस्त छन्। तर नयाँ शक्ति नेपालका नागार्जुन नगरपालिका ७ का वडा अध्यक्षका उम्मेद्वार मदन गिरि अपहरणमा परे भन्ने खबरले सनसनी मच्चियो। अाजको नागरिकमा खबर छ– पार्टीले यही विषयमा विज्ञप्ति पनि जारी गर्‍यो। बिहिबार नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईले निकालेको विज्ञप्तिमा अपहरणको आरोप सत्ताधारी दलका कार्यकर्तामाथी लगाएको छ। गिरी दुई दिन अघि बेलका ७ बजे नयाँ बजारबाट अपहरणमा परेको र उनले अपहरण अगाडि पार्टीका नेतालाई जानकारी गराए लगत्तै मोबाइल स्वीच अफ भएको जानकारी आएपछि महानगरीय प्रहरी आयुक्त कार्यालय, महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसरको संयुक्त टिम उनको खोजीमा लाग्यो। अपहरणमा परेका भनिएका गिरी शुक्रबार आफैं प्रहरीको सम्पर्कमा आए। उनले आफू गोकर्णेश्वरको जंगल नजिकै रहेको र हतियारधारी समूहले आफ्नो अपहरण गरेर जंगलमा राखेको बताएपछि प्रहरी टोली गएर उनको उद्धार गर्‍यो। ‘प्रहरीले भेट्दा जीउभरी हिलो थियो, हातमा पनि सानो चोट थियो’, काठमाडौं प्रहरी परिसरका एसएसपी छबिलाल जोशीले भने,‘उनले चार जना मिलेर अपहरण गरेको दाबी गरे।’ तर प्रहरीले टेकुमा रहेको परिसरमा ल्याएर सोधपुछ गर्दा दृश्य फेरियो। प्रहरीले पाएको प्रारम्भीक जानकारी र उनले दिएको जानकारी मिलेन। प्रारम्भमा उनले चार जना युवतीले अपहरण गरेको दाबी गरेका थिए। बयानमा उनको दाबी मिलेन। बयानमा उनी जंगलमा लगेर राखेको बताए पनि उनी एक परिचित घरमा बसेको खुल्यो। घटना नाटकीय देखेपछि प्रहरीले केरकार बढायो अनि बल्ल खुल्यो- उनको अपहरण भएक होइन उनी आफैंले अपहरणको नाटक गरेका थिए। प्रहरीले प्रारम्भमा नक्कली अपहरण चुनावी चर्चाका लागि गरेको थियो। तर गिरीको बयानबाट अर्कै पाटो खुल्यो। अनुसन्धानमा संलग्न अधिकारीका अनुसार वडा अध्यक्षको उम्मेद्वार बनेपछि पार्टीले अन्य उम्मेद्वारलाई सहयोग गर्नुपर्ने भन्दै ७ लाख रूपैयाँ मागेपछि त्यसबाट जोगिन अपहरणको नाटक गरेको प्रहरी बयानमा खुलाएका छन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE