Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

मैदानमा छोरीपुस्ता

\"\"काठमाडौं, २१ वैशाख । गाउँघरमा घाँस दाउरा, कुटो कोदालो र चुलो-चौकामा सीमित हुने छोरी पुस्ता अब जनमतसहित आफ्नो गाउँ र नगरलाई समृद्धि बनाउने अभियानमा लम्किन थालेका छन् । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– समाजमा भित्रिएको विकृति र विसंगतिलाई सफा गर्न आफैं अग्रसर भएर युवती न्यायपूर्ण समाज निर्माणका लागि जनताबाट अनुमोदन चाहन्छन् । छोरीबाट श्रीमती, बुहारी, आमा र सासूको पहिचानमा सीमित हुने युवती राजनीतिमा होमिएर मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य हुने प्रतिस्पर्धामा लागेका छन् । राजनीतिबाट टाढा रहन खोजिरहेको युवापुस्तालाई राजनीतिमा होमिन प्रेरित गर्ने युवतीका कथा रोचक र आत्मसात गर्नलायक छन् । पारिवारिक पृष्ठभूमि, सामाजिक वातावरण, राजनीतिक परिस्थिति र संवैधानिक व्यवस्थाले वैशाख ३१ गते ३, ४ र ६ नम्बर प्रदेशका ३४ जिल्लामा हुन लागेको स्थानीय तहको निर्वाचनमा होमिएका प्रतिनिधिमूलक युवतीमा देखिएको उत्साह हेर्नलायक छ । स्थानीय तहमा प्रमुख र उपप्रमुखमध्ये एक महिला हुनुपर्ने संवैधानिक व्यवस्थाले राजनीतिक दललाई पनि साँघुरो घेरामा सीमित महिलालाई राजनीतिको अग्रमोर्चामा अगाडि ल्याउन बाध्य पारेको छ । तीन प्रदेशभित्रका चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका र एक सय ८६ गाउँपालिका गरी दुई सय ८३ स्थानीय तहमा प्रशस्त महिला उम्मेदवार प्रतिस्पर्धामा छन् । विश्वविद्यालयमा अध्ययनरत, सञ्चारमाध्यममा कार्यरत, राजनीतिमै क्रियाशील, अदालतमा कार्यरत युवती जनताबाट अनुमोदित हुन अहिले निर्वाचनमा होमिएका छन् । कास्की आवाज राष्ट्रिय दैनिककी अध्यक्ष, रेडियो अन्नपूर्णकी वरिष्ठ आरजे तथा नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षदको जिम्मेवारी छाडेर सरस्वती गुरुङ पोखरा लेखनाथ महानगरपालिकाको उपमेयरको प्रतिस्पर्धामा उत्रिनुभएको छ । कारोबार दैनिकमा कार्यरत पत्रकार राधिका ढकाल काभ्रेको मण्डन देउपुर नगरपालिकाको उपमेयर, नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद लक्ष्मी पौडेल सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाको उपाध्यक्षमा, कालिका एफएमकी स्टेसन म्यानेजर तथा टिभी कालिकाकी निर्देशक रिना गुरुङ भरतपुर महानगरपालिकाको उपमेयरमा, पत्रकार सरिता महतो चितवनको माडी नगरपालिकाको उपमेयरमा प्रतिस्पर्धामा उत्रिएका छन् । सशस्त्र द्वन्द्वमा राज्य र विद्रोही पक्षबाट मारिएका पिताका दुई छोरी कविता र सृष्टिजस्ता युवती पनि निर्वाचनको प्रतिस्पर्धामा होमिएका छन् । उपमेयर कविता ढुंगाना नुवाकोट बेलकोटगढी नगरपालिकाको उपमेयरमा अधिवक्ता कविता ढुंगानाले उम्मेदवारी दर्ता गराएकी छिन् । निर्वाचन कार्यालयमा ढुंगानाले माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दर्ता गराएकी हुन् । कविता नुवाकोट जिविसका पूर्वसभापति भरत ढुंगानाकी छोरी हुन् । एमालेबाट निर्वाचित भरत माओवादीमा लागेपछि राज्यद्वारा मारिएका थिए । बुबाको सपना साकार पार्नु र आफूले सिकेको ज्ञान र अनुभवका आधारमा विकास निर्माणका योजना र कार्यक्रम बनाएर लागू गर्नु कविताका मिसन हुन् । अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय राजनीतिबाट कविता आफ्नो गाउँको जनप्रतिनिधि बन्ने अपेक्षासहित प्रतिस्पर्धामा उत्रिएकी छिन् । बेलकोटगढीलाई सुन्दर र समृद्ध बनाउने लक्ष्य र उद्देश्यसहित चुनावी प्रतिस्पर्धामा उत्रिनुभएकी कविता भन्छिन्, ‘मेरो नगरपालिकामा कसैलाई पनि अन्यायमा पर्न दिने छैन । न्यायपूर्ण समाज निर्माण गर्ने र नगरपालिकालाई सुन्दर र समृद्ध बनाउने मसँग गतिला योजना छन् र बन्दै जानेछन ।\' उपमेयर सृष्टि रेग्मी एमालेका तर्फबाट बाजुराको बुढीनन्दा नगरपालिकाको उपमेयरकी उम्मेदवार सृष्टि रेग्मी निडर देखिन्छिन् । पोखरा युनिभर्सिटी सेन्टर कलेजबाट ब्याचलर इन इन्जिनियरिङ सकेर जिल्ला प्राविधिक कार्यालय बाजुरामा तीन महिनादेखि काम गर्दै आएकी सृष्टि अनेरास्ववियुकी केन्द्रीय सदस्य हुन् । कोल्टी गाविसका गाविस सचिव बुबा ताराचन्द्र रेग्मीलाई ०६० सालमा तत्कालीन माओवादीले अपहरण गरी हत्या गरेका थिए । किशोर अवस्थामै बुबाको हत्या भएपछि बुबाको सपना पूरा गर्न २४ वर्षीया सृष्टि राजनीतिमा सक्रिय भएकी हुन् । उपमेयरमा तपाईंको उम्मेदवारी किन भन्ने प्रश्नको जवाफमा सृष्टिले भनिन्, ‘पहिला त बुबाको सपना पूरा गर्नु छ, त्यससँगै नगरपालिकामा व्यावसायिक कृषिको सुरुवात गर्छु ।\' सृष्टिसँग कृषिलाई व्यावसायिक बनाउने, गुणस्तरीय र प्राविधिक शिक्षालाई प्राथमिकता दिने र गाउँमै रोजगारीको सिर्जना गरेर युवालाई गाउँमै सिर्जनशील काममा लगाउने योजना छन् । ‘आफ्नै जिल्लाबाट केही गर्नुपर्छ भन्ने लागेर यहाँ उम्मेदवारी दिएकी हुँ\', सृष्टिले भनिन्, ‘उपमेयरमा जित हासिल गरे सर्वसाधारण जनताले थाहा पाउने गरी मेरो नगरपालिकामा काम गरेर देखाउँछु ।\' मेयर रेणु दाहाल माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहालले भरतपुर महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दर्ता गराएकी छिन् । अखिल क्रान्तिकारीका उपाध्यक्ष रामचन्द्र अधिकारीका अनुसार रेणु पार्टी नेता तथा कार्यकर्तासहित निर्वाचन आयोगको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् । अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव दाहाल ०३३ सालमा चितवन शिवनगरमा जन्मिएकी हुन् । बाल्यकाल चितवनमा बिताएकी दाहाल ०६१ सालमा माओवादीको रोल्पा जिल्लाको सहइन्चार्जको भूमिका निर्वाह गरेकी थिइन् । माओवादी शान्तिप्रक्रियामा आएपछि भने उनी काठमाडौं सचिव भएकी थिइन् । ०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ मा चार हजार ६ सय मत ल्याएकी रेणुले अहिले भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकी हुन् । माओवादी केन्द्रले सुरेन्द्र गुरुङलाई भरतपुरको उपमेयर पदमा उम्मेदवार बनाएको छ । मेयर कल्पना शर्मा अधिवक्ता कल्पना शर्माले काठमाडौंको टोखा नगरपालिकामा मेयर पदमा उम्मेदवारी दर्ता गरेकी छिन् । माओवादी केन्द्रका तर्फबाट टोखा नगरपालिकामा मेयर पदमा उम्मेदवारी दर्ता गराउने शर्मा सोही पार्टीका नेता दीनानाथ शर्माकी पुत्री हुन् । दीनानाथ शर्मा शिक्षामन्त्री हुँदा कल्पना स्वकीय सचिव थिइन् । उनको उम्मेदवारी बाबुको सम्बन्धले भन्दा पनि राजनीतिक सक्रियताले नै आएको देखिन्छ । यद्यपि, उनको पेसा भने कानुन व्यवसाय हो । मेयर रञ्जु न्यौपाने (दर्शना) सबै राजनीतिक दललाई चकित पार्दै विवेकशील नेपाली पार्टीको समर्थनमा स्वतन्त्र उम्मेदवारका रूपमा २१ वर्षीय रञ्जु न्यौपाने (रञ्जु दर्शना) ले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गरेकी छिन् । कामपा-३ महाराजगन्ज स्थायी घर भएकी रञ्जु मेयरमा आफ्नो उम्मेदवारी यथास्थितिलाई चुनौती भएको बताउँछिन् । उम्मेदवारी दर्तापछि पत्रकारसँग रञ्जुले भनिन्, ‘सर्वप्रथम सबैलाई मायाका लागि आभार प्रकट गर्न चाहन्छु । मेरो उम्मेदवारी यथास्थितिलाई चुनौती हो । अब नेपाली राजनीतिमा नयाँ आयाम सुरु भइसक्यो । आज हामी युवाको उपस्थितिले यो कुरालाई प्रमाणित गर्छ ।\' उपमेयर जानुका पराजुली माओवादी केन्द्रका तर्फबाट सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको उपमेयरमा उम्मेदवारी दर्ता गरेकी जानुका पराजुली ध्रुव पराजुलीकी छोरी हुन् । जनजागृति माध्यमिक विद्यालय साँगाचोकको शिक्षक पद त्यागेर सशस्त्र संघर्षमा होमिएका ध्रुव पराजुली नेकपा माओवादीको पोलिटव्यूरो सदस्य थिए । पार्टीले आफूलाई जिम्मेवारीविहीन बनाएको र माओवादी आन्दोलनका घटक दल विभाजित भएको अवस्थामा ध्रुव पराजुली बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा प्रवेश गरेका थिए । सो पार्टीमा पनि सन्तुष्ट हुन नसकेपछि पराजुली राजनीतिबाट निष्क्रिय भई गाउँमै बसेका छन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमा होमिएकी जानुका भने माओवादी केन्द्रमै थिइन् । ध्रुव पराजुलीलाई पनि राजनीतिमा सक्रिय बनाउन माओवादी केन्द्रले छोरी जानुकालाई उपमेयरको उम्मेदवार बनाएको बुझिएको छ । जानुका सिन्धुपाल्चोकको साँगाचोकमा जन्मएर हुर्किएकी हुन् । चौतारा साँगाचोक गढी नगरपालिकामा माओवादी केन्द्रका तर्फबाट मेयरका उम्मेदवार अमानसिंह तामाङ भने पुराना नेता हुन् । ०४९ सालमा तत्कालीन कुविण्डे गाविसको उपाध्यक्षमा संयुक्त जनमोर्चाका तर्फबाट उपाध्यक्ष विजयी भएका तामाङ स्थानीय तहमा परिचित नेता हुन् । उपमेयर राधिका ढकाल आर्थिक पत्रकारितामा सक्रिय कारोबार दैनिकमा कार्यरत राधिका ढकालले नेपाली कांग्रेसको तर्फबाट काभ्रेको मण्डन देउपुर नगरपालिकाको उपमेयरमा उम्मेदवारी दर्ता गरेकी छिन् । पत्रकारिता विषयमा स्नातकोत्तर राधिकाले उपमेयरमा उम्मेदवारी दर्ता गर्नु पत्रकारिता क्षेत्रको राजनीतिमा प्रतिनिधित्व भएको रूपमा धेरैले लिएका छन् । माधव ढकालको प्रस्ताव र सानुछोरी श्रेष्ठको समर्थनमा पत्रकार ढकालको उम्मेदवारी दर्ता गराएकी हुन् । मण्डन देउपुर नगरपालिकाको मेयरमा भने काभ्रे जिल्ला कांग्रेसका उपसभापति अच्युत पौडेलको उम्मेदवारी दर्ता भएको छ । राधिकाका पिता जीवनाथ स्थानीय राजनीतिमा सक्रिय छन् । यद्यपि, उनको परिवारमा राजनीतिमा होमिने उनी नै पहिलो उम्मेदवार बनेकी छिन् । पत्रकारिता गर्दागर्दै स्थानीय निर्वाचनमा होमिएकी ढकाल गाउँमा राजनीतिक वातावरण सोचेभन्दा राम्रो भएको बताउछिन् । ‘यहाँको वातावरण सोचेभन्दा राम्रो छ, उम्मेदवारी दर्ता गरेपछि निर्वाचन तयारीका लागि हामी पूर्णरूपमा सक्रिय भएका छौं,\' ढकालले भनिन्, ‘मेरो प्रमुख प्राथमिकता नै यहाँको सडक हो, काठमाडौंबाट नजिक भएर पनि आधारभूत पूर्वाधार नभएकाले मेरो ध्यान त्यसमा गएको छ ।\' उनले नगरपालिकालाई पर्यटकीय क्षेत्र बनाउने घोषणासमेत गरेकी छिन् । उपाध्यक्ष लक्ष्मी पौडेल सिन्धुपाल्चोक, सुनकोसी गाउँपालिकामा उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी लक्ष्मी पौडेल नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद हुन् । नेपाल प्रेस युनियनमा क्रियाशील रहेकी पौडेल गाउँ र देशको सेवा गर्न जनप्रतिनिधिका रूपमा प्रस्तुत हुन चाहेको बताउछिन् । ‘पहिला गाउँको सेवा र विकास गर्ने अनि देशको विकास र सेवा गर्ने लक्ष्य र उद्देश्यसहित उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी हुँ\' कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराएकी पौडेलले भनिन्, ‘निर्वाचित भएपछि पहिलो निर्णय नै गाउँपालिकाको केन्द्र लामोसाँघुबाट त्रिवेणीधाममा ल्याउने मेरो योजना छ ।\' सिन्धु सञ्चारको सम्पादकसमेत रहेकी पौडेलको राजनीतिप्रतिको रुचि र क्षमताका आधारमा कांग्रेसले उम्मेदवार बनाउने निर्णय गरेको हो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending