Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

उपत्यकाको सुरक्षा चुनौती : विप्लव नेतृत्वको पार्टी

\"\"काठमाडौं, २१ वैशाख । चुनाव बहिष्कार गर्ने राजनीतिक दल र गुन्डा नाइकेहरू उपत्यकाको सुरक्षा चुनौती रहेको प्रहरीको निष्कर्ष छ । गुन्डाहरूलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ भने विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता-कार्यकार्यमाथि निगरानी सुरु गरेको छ । अाजको नयाँ पत्रिकामा खबर छ– विप्लवका नेता–कार्यकर्ताहरू फौजी तालिमप्राप्त भएकाले उनीहरू प्रमुख चुनौती भएको प्रहरीले जनाएको छ । ‘चुनाव बहिष्कार गर्नेहरू नै उपत्यकामा सुरक्षाका प्रमुख चुनौती हुन्,’ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त आयुक्त डिआइजी बमबहादुर भण्डारीले भने, ‘त्यसपछि गुन्डागर्दीमा संलग्न व्यक्तिहरू हाम्रा चुनौती हुन्, त्यहीअनुसार योजना बनाएर सुरक्षा योजना लागू भएको छ ।’ विप्लवको पार्टीमा पूर्वलडाकुहरू भएकाले उनीहरूले मतदातालाई आतंकित बनाउन विस्फोटलगायतका गतिविधि गर्न सक्ने भएकाले प्रहरीले ‘प्रोएक्टिभ पुलिसिङ’ सुरु गरेको छ । उपत्यकाका नाका र होटेलहरूमा प्रहरीले विशेष चेकिङ सुरु गरेको छ । गस्ती पनि बढाएको छ । निर्वाचनमा प्रभावित पार्न सक्ने भएकाले उपत्यकामा गुन्डागर्दीमा संलग्न करिब २० जनालाई पक्राउ गरिएको डिआइजी भण्डारीले बताए । निगरानी गरी गुन्डागर्दीमा सक्रियहरूलाई पक्राउ गर्न थालिएको र उनीहरूलाई चुनावभरि थुनामा राखिने प्रहरीले जनाएको छ । महानगरीय प्रहरी कार्यालयले चुनावपूर्व, चुनावको दिन र चुनावपछि गरी तीन चरणको सुरक्षा योजना बनाई लागू गरेको छ । उपत्यकाका तीन जिल्लामा ६ हजार ९ सय ८० नेपाल प्रहरी सुरक्षामा खटिँदै छन् । सुरक्षा जोखिम कम रहेकाले उपत्यकाबाट करिब २ हजार प्रहरीलाई बाहिरका जिल्लामा खटाइएको छ । उपत्यकामा ९ हजार प्रहरी छन् । सशस्त्र प्रहरी र नेपाली सेना पनि सुरक्षामा खटिनेछन् । तर, सशस्त्र कति खटिने प्रस्ट भइसकेको छैन । प्रहरी खटिँदै आएको विमानस्थल, कारागारलगायत स्थानमा सुरक्षाको जिम्मेवारी सेनालाई दिने तयारी भइरहेको छ । सेनाले उपत्यकामा नियमित गस्ती गर्न थालिसकेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending