Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

आरोप–प्रत्यारोपमा मधेसी दल

\"\"काठमाडौं, २१ वैशाख । मधेसी दलहरूबीच पछिल्ला दिनमा आरोप–प्रत्यारोप बढेको छ । संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनअघि निर्वाचनमा नजाने पूर्वप्रतिबद्धता तोडेको भनी राष्ट्रिय जनता पार्टीले आरोप लगाएको २४ घण्टा नबित्दै खण्डन गरेका छन् । पार्टी कार्यालय तीनकुनेमा बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले संघीयता, गणतन्त्रलगायत परिवर्तनका उपलब्धि जोगाउन आफ्नो पार्टीले पहिलो चरणको चुनावमा भाग लिनुपरेको बताए । अाजको कान्तिपुरमा खबर छ– मंगलबार राजपाको बैठकले फोरममाथि आन्दोलन बिसाएको आरोप लगाएको थियो । ‘पूर्वराजा ज्ञानेन्द्रको नातिको व्रतबन्धमा केही दिनअघि चिप्लो लुगा लगाएर सोल्टी होटल जानेले हामीलाई लोकतन्त्र र संघीयताको पाठ सिकाउने ?’ राजपा नेताहरूप्रति इंगित गर्दै यादवले भने, ‘हामीलाई चुनावमा गएको भनी आरोप लगाउने साथीहरू (राजपा) नै निर्वाचन आयोगमा चुनाव चिह्न चाहियो भनेर गएको पनि देखियो ।’ राजपा नेता राजेन्द्र महतो ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्रको व्रतबन्ध भोजमा सहभागी भएको प्रसंग जोडदै यादवले यस्तो आरोप लगाए । महतोले मंगलबारको राजपा बैठकमा बोल्दै मधेस आन्दोलनलाई धोका दिँदै यादव चुनावमा गएको आरोप लगाएका थिए । राजपाका अरू नेताले महतोको भनाइमा समर्थन जनाउँदै यादवकै कारण अब मधेसी मोर्चाको औचित्य समाप्त भएको घोषणा गरेका थिए । संविधान संशोधन गर्ने प्रतिबद्धता राज्यले दिइसकेको र त्यसअनुसार संशोधन विधेयक अगाडि बढेको हुनाले मधेसी मोर्चासँग पूर्वसहमतिअनुसार चुनावमा गएको यादवको जिकिर थियो । वैशाख ९ गते बालुवाटार वार्तामा सत्ता घटकले संविधान संशोधन विधेयक परिमार्जनसहित अघि बढाउने प्रतिबद्धता गरेपछि राजपा र फोरम दुवैले दुई चरणको चुनावमा जाने प्रतिबद्धता व्यक्त गरेका थिए । मोर्चा र गठबन्धनको औचित्य सकियो भन्ने राजपा निष्कर्षबारे पत्रकारको जिज्ञासामा यादवले भने, ‘त्यसो भन्ने साथीहरू भर्खरै हाम्रै अफिसमा आएर दोस्रो चरणको चुनावमा सँगै लड्नुपर्छ भनेका छन् ।’ फोरम कार्यालयमा बुधबार राजपाका पशुपतिदयाल मिश्रलगायत नेता पुगेका थिए । संविधान संशोधन हुन लाग्दा पछिल्लो साता नाटकीय ढंगले चलखेल भएको र राप्रपाका सांसद गायब पार्ने खेलले परिवर्तन उल्ट्याउने शक्तिहरू हाबी भएको पनि यादवको टिप्पणी थियो । अर्को प्रसंगमा यादवले आईजीपी नियुक्तिको बहानामा प्रधानन्यायाधीशमाथि लगाइएको महाअभियोग गलत भन्दै तुरुन्त फिर्ता लिन पुन: आग्रह गरे । उनले महाअभियोग फिर्ता गर्न आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत भेटिसकेको पत्रकार सम्मेलनमा उल्लेख गरे । सम्मेलनमा फोरम वरिष्ठ नेता अशोक राई, उपाध्यक्ष लालबाबु राउतलगायत नेता थिए । यादवले जारी गरेको वक्तव्यमा संशोधन प्रस्ताव पारित गराउने सरकारी प्रतिबद्धतामा विश्वास गर्दै घोषित आन्दोलनलाई तत्कालका लागि मोर्चा र गठबन्धनले स्थगन गरेको उल्लेख छ । ‘संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचन हुन नदिने, दुई चरणको निर्वाचनलाई एकै चरणमा सम्पन्न गर्ने हाम्रो अडानलाई मोर्चामा संलग्न केही घटक दलहरूले घुमाउरो पाराले अस्वीकार गर्दै सरकारी प्रस्तावलाई नै स्विकार्ने अवस्था निर्माण गरियो,’ राजपालाई लक्षित गर्दै यादवको वक्तव्यमा भनिएको छ, ‘संघीय समाजवादी फोरम मधेसी मोर्चाको औचित्य भविष्यमा पनि निरन्तर रहिरहनेछ भन्नेमा ढृढ छ । एकलौटी रूपमा सञ्चारमाध्यमहरूमार्फत मोर्चाको औचित्यमाथि प्रश्न उठाउने केही घटक दलहरूको छद्म युद्ध र मोर्चाको औपचारिक बैठक र निर्णयबिना वर्तमान सरकारलाई समर्थन गर्नेजस्ता कामप्रति हाम्रो पार्टी घोर दु:ख व्यक्त गर्दछ ।’ उनले प्रतिबद्धताबमोजिम राज्यले संविधान संशोधन नगरे फेरि आन्दोलनमा जाने चेतावनी पनि दिए । यो आरोप–प्रत्यारोपसँगै मधेसी मोर्चाभित्रको विवाद सतहमा आएको छ । सँगै, उनीहरूको आगामी सहयात्रा टुट्ने सम्भावना बढेको छ । दुवै पक्षका नेताहरूले मधेसी दलबीच ‘एकता र सहकार्य’ हुने दाबी भने गरिरहेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending