Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

ठूला दल तालमेल रणनीतिमा

\"\"काठमाडौं, २१ वैशाख । प्रमुख राजनीतिक दल ३१ वैशाखका लागि तय गरिएको स्थानीय तहको निर्वाचनमा उम्मेदवार तालमेलको अन्तिम कसरतमा जुटेका छन् । निर्वाचनमा संसद्को पहिलो र तेस्रो ठूलो दल सत्तारूढ कांग्रेस र नेकपा माओवादी केन्द्र मिलेर प्रतिस्पर्धाको तयारी गरेका छन् भने प्रतिपक्षी दल नेकपा एमाले र भर्खरै सरकारबाट बाहिरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी मिलेर मैदानमा उत्रने कसरतमा जुटेका छन् । उम्मेदवारको उम्मेदवारी फिर्ता लिने समय (बिहीबार) सम्म तालमेलका लागि वार्ता जारी राख्ने दलहरूले बताएका छन् । ‘आयोगको कार्यतालिकाअनुसार उम्मेदवारी फिर्ता लिने अन्तिम समयसम्ममा धेरै ठाउँमा तालमेल हुने सम्भावना छ । पार्टीगत रूपमा उम्मेदवारी परेका ठाउँमा पनि तालमेलपछि फिर्ता र समर्थनको प्रक्रिया अघि बढ्नेछ,’ माओवादी केन्द्रका हेडक्वार्टर सदस्य मणि थापाले राजधानीसँग भने । दलहरू उम्मेदवारी फिर्ताको समयभित्र मिल्न नसकेको अवस्था आए मतदानको अघिल्लो दिनसम्ममा पनि तालमेल हुने बताउँछन् । दलीय उम्मेदवारी बेग्लाबेग्लै परे पनि एकअर्कालाई त्याग गरेर भोट माग्न जाने सम्भावना निर्वाचनका दिनसम्म पनि चल्ने एमालेका नेताहरू पनि स्वीकार गर्छन् । सत्तारूढ कांग्रेस माओवादी केन्द्र चारवटा महानगरपालिकामा तालमेल गरेर नगरपालिका तथा गाउँपालिकामा समेत तालमेल गर्न सैद्धान्तिक रूपमा सहमत भए पनि व्यावहारिक रूपमा कुरा मिल्न सकेको छैन । विपक्षी एमाले र राप्रपाबीच भने कतिपय ठाउँमा तालमेलसमेत जुटेको छ । आजको राजधानी दैनिकमा खबर छ– कांग्रेस–माओवादीबीच शीर्ष तहमा काठमाडौं र पोखरा महानगरपालिकाको प्रमुखमा कांग्रेस र ललितपुर र भरतपुर महानगरपालिका प्रमुख माओवादी केन्द्रलाई दिन छलफल चलिरहेको दलहरूले बताएका छन् । केन्द्रमा दुई÷दुई महानगरपालिका बाँडेर मैदानमा उत्रने विषयमा सहमति भए पनि स्थानीय पार्टी कमिटीमा मिल्न सकेको छैन । कांग्रेस र माओवादी केन्द्र चुनावी तालमेलको कसरतमा जुटेपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि संसद्को चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीको साथ खोजेको हो । एमाले र राप्रपाबीच काठमाडौं महानगरपालिकामा सहमतिसमेत जुटेको छ । काठमाडौंमा मेयरमा एमालेले विद्यासुन्दर शाक्यलाई उठाएको छ भने उपमेयर राप्रपाको तर्फबाट राजाराम श्रेष्ठ उठेका छन् । एमाले र राप्रपाबीच ललितपुर, पोखरा र भरतपुर महानगरपालिकामा पनि मिलेरै चुनाव लड्ने तयारी गरिरहेका छन् । एमाले सचिव शंकर पोखरेलले ललितपुरसहित अन्य ठाउँमा पनि मिलेरै चुनाव लड्ने तयारी भइरहेको बताए । ‘सहमतिमै निर्वाचनमा जाने कुरो भएको छ,’ सचिव पोखरेलले भने, ‘स्थानीय कमिटीमा छलफल भइरहेको छ ।’ ललितपुरमा पनि एमालेलाई मेयर र राप्रपालाई उपमेयरका रूपमा सहमति जुटाउनेमा दुई दल लागेको स्रोत बताउँछ । सत्तारूढ कांग्रेस माओवादीबीच भने कसले कसलाई छाड्ने भन्ने विषयमा सहमति जुट्न नसकेको हो । माओवादी केन्द्रका हेडक्वार्टर सदस्य थापाले दुई दलबीच सहमतिमा नै चुनावमा जाने गरी छलफल भइरहेको बताए । नेपाली कांग्रेसले पहिलो चरणको निर्वाचनमा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका सबै पदमा पार्टीले उम्मेदवारी दिएको बताउँदै मनोनयन कार्य सम्पन्न भए पनि स्थानीय तहका पार्टी समिति र संयन्त्रले आवश्यकताअनुसार अन्य पार्टीसित सहकार्य र तालमेल गर्न सकिने जनाएको छ । माओवादी केन्द्रले महानगरपालिकामा नै तालमेल गरेर जाने प्रस्ताव गरे पनि कांग्रेसले स्थानीय कमिटीलाई नै तालमेलको जिम्मा दिएपछि मिलाउन सकस भएको माओवादी केन्द्रका एक नेता बताउँछन् । ठूला दलबीच तामेलको कसरत तीव्र भएसँगै साना दलहरूसमेत यो रणनीतिमा देखिएका छन् । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र मोहन वैद्य नेतृत्वको नेकपा ९क्रान्तिकारी माओवादी० बीच पनि धेरै ठाउँमा तालमेल हुने ती पार्टीका नेताहरू बताउँछन् । महानगरबाहेक मध्यपुर भक्तपुरमा एमाले, माओवादी र नेमकिपाबीच तालमेल भएको छ । लमजुङ र तनहुँमा एमाले–माओवादी, दोलखा, मकवानपुरमा कांग्रेस–माओवादी, म्याग्दीमा कांग्रेस–राप्रपाबीच तालमेल भएको छ । अन्य जिल्लामा पनि तालमेलको प्रयास भइरहेको ठूला दलहरूले बताएका छन् । निर्वाचन आयोगको कार्यतालिकाअनुसार मंगलबार मनोनयन सम्पन्न भइसकेको भने बिहीबार ९आज० उम्मेदवारी फिर्ताको समय दिइएको छ । दलहरूले आफ्ना उम्मेदवार फिर्ता गराएर चुनावी तालमेलको कसरतमा जुटे पनि कसले कसलाई छाड्ने भन्ने विषयमा सहमति जुटाउने कसरतमा छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending