Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

पहिलो चरणको निर्वाचनमा ८० हजार सुरक्षाकर्मी परिचालन

\"\"काठमाडौं, २० वैशाख । आसन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सुरक्षा व्यवस्था कडा पारिएको छ । तीनवटा प्रदेशमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा म्यादी प्रहरी गरी ८० हजार सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ । आजको नयाँ पत्रिकामा खबर छ– सुरक्षा व्यवस्थालाई मध्यनजर गरेर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको गृहका प्रवक्ता बालकृष्ण पन्थीले बताए । उनका अनुसार सबै सुरक्षाकर्मी आ–आफ्नो कार्यक्षेत्रमा गइसकेका छन् । आवश्यक सुरक्षा व्यवस्था मिलाउन कार्यक्षेत्रमा पठाइएको पन्थीले बताए । प्रहरी २२ हजार ६९५ र म्यादी प्रहरी २२ हजार ७ सय खटाइएको नेपाल प्रहरीका प्रवक्ता सर्वेन्द्र खनालले बताए । सशस्त्र प्रहरी बलका प्रवक्ता दिवाकर केसीका अनुसार २५ हजार सशस्त्र प्रहरी निर्वाचनको सुरक्षाका लागि खटिएका छन् । यस्तै, नेपाली सेनाले पनि निर्वाचन सुरक्षाका लागि सैनिक परिचालन भएको नेपाली सेनाले जनाएको छ । ३४ जिल्लामा सुरक्षाकर्मी परिचालित पहिलो चरणअन्तर्गत ३, ४ र ६ नम्बर प्रदेशका ३४ जिल्लामा हुने निर्वाचनमा सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ । तीनवटै प्रदेशको २८३ वटा स्थानीय तहमा सुरक्षाकर्मी खटिएका छन् । तीनवटै प्रदेशमा करिब ५० लाखको हाराहारीमा मतदाताको संख्या रहेको निर्वाचन आयोगले जनाएको छ । तीन प्रदेशमध्ये १३ वटा जिल्ला ३ नम्बर प्रदेशमा रहेको र सबैभन्दा बढी मतदाता पनि यही प्रदेशमा छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending