Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

छात्रा बेहोस हुँदा डाक्टर निषेध गरी धामीको भेला

\"\"काठमाडौं, २० वैशाख । छात्राहरू बेहोस हुन थालेपछि जुम्लाका केही अभिभावकले डाक्टरलाई निषेध गरेर धामीझाँक्रीबाट उपचार खोजेका छन् । जिल्लाका विभिन्न विद्यालयमा छात्राहरूमा टाउको दुख्ने, शरीर काम्ने र बेहोस हुने समस्या बढेपछि विज्ञ डाक्टरबाट उपचार गर्नुको साटो अभिभावकले धामी भेला गराएका हुन् ।
अाजको नयाँ पत्रिकामा खबर छ– तातोपानीस्थित हिमशिखर माध्यमिक विद्यालयमा एकैदिन १५ छात्रा बेहोस हुँदा दुईपटक डाक्टर बोलाइए पनि उनीहरूलाई उपचार गर्न नदिएर १५ वैशाखमा धामी भेला भएको थियो । प्रधानाध्यापक राजु केसीले दुईपटकसम्म अभिभावक र बिरामी आफैँले डाक्टरबाट छात्राको उपचार गर्न अस्वीकार गरेको बताए । ‘विद्यालयनजिकै मन्दिर र रूख थियो, भत्काएर विद्यालय बन्यो । त्यसपछि बेहोस हुने छात्राहरूले डाक्टर होइन, मन्दिर र रूख चाहिन्छ भनेका छन्,’ प्रधानाध्यापक केसीले भने । डाक्टरबाट उपचार गर्न नमानेपछि १५ वैशाखमा धामी भेला गरिएको थियो । प्रधानाध्यापक केसीका अनुसार भेलामा जिल्लाका विभिन्न ठाउँका ६ धामी बोलाइएका थिए । तर, एक धामीले काम गरेका थिए । ‘जिल्लामा सबैले मानेको मुख्य धामी भेलामा आउनुभएको थियो, काम गर्नुभएको छैन । उहाँले पूरै ठीक पार्ने बताउनुभएको छ,’ प्रधानाध्यापक केसीले भने । छात्राहरू बिरामी भएपछि विद्यालयसमेत बन्द गर्नुपरेको थियो । यस वर्ष धेरै समस्या जिल्ला शिक्षा अधिकारी कुलबहादुर फडेराले यस वर्ष छात्राहरू बढी बिरामी भएको जानकारी दिए । गर्मीको समयमा यो समस्या बढी देखिने उनको भनाइ छ । धार्मिक आस्थाका कारण छात्रा बिरामी हुँदा धामीझाँक्री जुटाउने गरेको उनले बताए । स्रोतव्यक्ति रामबहादुर चापागाईंले कक्षा ५ सम्म मात्रै पढाइ हुने विद्यालयमा पनि छात्राहरू काँप्ने, बेहोस हुने समस्या रहेको जानकारी दिए । धार्मिक आस्थाका कारण कतिपय अभिभावकले डाक्टरबाट उपचार र औषधि दिँदा स्वीकार नगरेको उनले बताए । जिल्लाका छात्रा र उनीहरूका अभिभावकले डाक्टरभन्दा धामीझाँक्रीमा धेरै विश्वास गर्ने गरेको चापागाईंले जानकारी दिए । चेतनाको कमीले पनि केही समस्या भएको उनको भनाइ छ । रजश्वला हुँदा किताब पनि छुँदैनन् जुम्लाका कतिपय छात्राले रजश्वला हुँदा किताब नछुने र विद्यालय नै नजाने समस्या रहेको स्रोतव्यक्ति चापागाईंले बताए । कतिपय छात्रा रजश्वला भएका वेला मन्दिर भएको बाटोबाट समेत हिँड्दैनन् । शिक्षिका भगवती श्रेष्ठले ‘छुइछाइ’ भएर काम्ने गरेको भन्ने चलनसमेत रहेको बताइन् । धामीझाँक्रीलाई तालिम दिने र विद्यार्थीलाई परामर्श दिएमा समस्या समाधान गर्न सकिने उनको भनाइ छ । जिल्ला शिक्षा अधिकारीको अध्यक्षतामा रहेको छात्रा शिक्षा सञ्जालसँगको बैठकमा कतिपय विद्यालयमा रजश्वला भएका वेला महिला शिक्षक नै विद्यालयमा नआउने गरेको गुनासो आएको थियो । सामाजिक क्षेत्रमा कार्यरत सीता शर्माले छात्राहरू रजश्वला हुँदा डरले मन्दिर छेउबाट नहिँडेर अर्को बाटो हिँड्ने गरेको बताइन् ।  
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending