Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

उपत्यकामा एक्लै भिड्दै माओवादी

\"\"काठमाडौं, २० वैशाख । नेकपा माओवादी केन्द्रले पहिलो चरणका २८३ मध्ये धेरैजसोमा दर्ता गराएको छ । माओवादी केन्द्रले कतिपय ठाउँमा एमाले, कांग्रेस र राप्रपासँग पनि तालमेल गरी उम्मेद्वारी दर्ता गराएको देखिएको छ । आजको नागरिक दैनिकमा खबर छ– ‘सबै २ सय ८३ वटा स्थानीय तहमा नै पार्टीले उत्साहजनक रुपमा उम्मेद्वारी दर्ता गराएको छ’, प्रवक्ता पम्फा भुसालले भनिन्, ‘अवश्यकताअनुसार केही नगरपालिका र गाउँपालिकामा तालमेल गर्ने काम पनि भएको छ ।’ उनका अनुसार तालमेल गर्ने अधिकार पार्टीले स्थानीय कमिटीलाई दिएको छ । काठमाडौं उपत्यकामा भने माओवादी केन्द्रले अन्य पार्टीसँग तालमेल नगरी उम्मेद्वारी दर्ता गराएको छ । काठमाडौं उपत्यकाभित्र रहेका दुई महानगरपालिका, १६ नगरपालिका र ३ गाउँपालिकामा उम्मेद्वारी दर्ता गराएको हो । माओवादीले काठमाडौंमा दुई जनालाई मेयरका रुपमा उम्मेद्वार बनाएको छ, जसअनुसार मध्यपुर थिमीमा प्रतिमा श्रेष्ठ र टोखा नगरपलिकामा कल्पना शर्मालाई मेयरका रुपमा उठाएको हो । त्यसैगरी सर्वोत्तम डंगोललार्य काठमाडौं महानगरपालिकाको उम्मेद्वार चयन गरेको छ । उनी पार्टी पोलिट्ब्युरो सदस्य पनि हुन् । त्यसैगरी पार्टी पोलिटब्युरो सदस्य क्रमशः दिनेश महर्जन र शिव कट्टेल क्रमशः ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपलिकाबाट उम्मेद्वार भएका छन् । तारकेश्वर नगरपाकिलामा मेयरको उम्मेद्वार धनलाल महर्जनलाई बनाइएको । काठमाडौं इन्चार्ज लेखनाथ न्यौपानेका अनुसार अन्य सबै महाधिवेशन आयोजक समिति र जिल्ला समितिका सदस्य हुन् । ‘काठमाडौंमा कसैसँग पनि तालमेल गरिएको छैन’, न्यौपानेले भने, ‘तालमेल गर्ने अवस्था आयो भने छलफल हुँदै जानेछ ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending