Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

निर्वाचन बहिष्कारका कमान्डर मेयरका प्रत्यासी

\"\" काठमाडौं, २० वैशाख । २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनका बेला गोर्कीप्रसाद श्रेष्ठ निर्वाचनलाई बहिष्कार गर्दै मतदानमा सहभागी भएनन् । त्यतिबेला श्रेष्ठले आफू मात्र होइन अरूलाई समेत सहभागी नहुन भन्दै सक्रियतापूर्वक निर्वाचन बहिष्कार गरेका थिए । आजको राजधानी दैनिकमा खबर छ– मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) तत्कालीन नेकपा–माओवादीले संविधानसभा निर्वाचन बहिष्कार गरेसँगै उनी पनि निर्वाचनको प्रतिरोधमा उत्रिए । तिनै श्रेष्ठले ३१ वैशाखमा हुने स्थानीय तहको निर्वाचनका काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । क्रान्तिकारी माओवादीका केन्द्रीय सल्लाहकारसमेत रहेका श्रेष्ठले पार्टीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाका तर्फबाट स्वतन्त्र रूपमा मेयरका लागि मनोनयन दर्ता गरेका हुन् । उनीसँगै पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकाको उपमेयरका लागि सावित्री खरेलले मनोनयन दर्ता गराएकी छन् । दोस्रो संविधानसभा निर्वाचन बहिष्कारका लागि उनी काठमाडौंमा खटिएकी थिइन् । उनलाई पार्टीले अमर आदर्श स्कुल मतदान केन्द्रलाई केन्द्रमा राखेर निर्वाचन विरोधी गतिविधि र निर्वाचन बिथोल्नका लागि नेतृत्व दिएको थियो । ‘हामीले यसपटक निर्वाचनलाई उपयोग गर्दै जाने निर्णय गरेका छौं,’ उनले भनिन्, ‘त्यसैले पनि निर्वाचनमा सहभागी भएर जनतासँग विकासका गतिविधिमा सहभागी हुन उम्मेदवारी दिएका हौं ।’ उनले निर्वाचन बहिष्कार गर्दा प्रश्न गर्नेहरू अहिले निर्वाचनमा सहभागी हुँदासमेत प्रश्न उठाइरहेको भन्दै आश्चर्य व्यक्त गरिन् । संविधानसभाको दोस्रो निर्वाचन अन्तरिम संविधानको मर्मविपरीत भएका कारण बहिष्कार गरेको बताउँदै मेयरका उम्मेदवार श्रेष्ठले स्थानीय तहको निर्वाचनमा विकासका लागि सहभागी भएको बताए । ‘हामी विकास विरोधी होइनौं, हामीले जनतासँग जोडिएर जनताका जीवनस्तर सुधार गर्नका लागि निर्वाचनमा सहभागी हुँदै छौं,’ उनले भने । उनीहरूसँगै भरतपुर महानगरपालिकामा क्रान्तिकारी माओवादीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) का तर्फबाट अम्बिका मुडवरीले मनोनयन दर्ता गरेकी छन् । देजमोको केन्द्रीय सचिवालय सदस्यसमेत रहेकी मुडवरी २०७० सालको संविधानसभाको निर्वाचनमा चितवन जिल्लाको जिल्ला सह–इन्चार्ज थिइन् । अहिले आफूहरू विकास र जनतासँग जोडिनका लागि निर्वाचनमा होमिएको उनले राजधानीसँग बताइन् । ‘यसको मतलव हामीले आफैंले जलाएको संविधान मान्यौं भन्ने होइन, उनले भनिन्, ‘स्थानीय तहको निर्वाचन विकाससँग जोडिएकाले क्रान्तिकारी उपयोग गर्ने भनेका हौं ।’ क्रान्तिकारी माओवादीका तर्फबाट उपत्यकाको अर्को महानगरपालिका ललितपुर महानगरपालिकाको मेयरमा विजय खड्गी, उपमेयरमा इन्दिरा अधिकारीले उम्मेदवारी दिएका छन् । त्यस्तै, पोखरा लेखनाथ महानगरपालिकामा भीमबहादुर श्रीसले मेयर र कल्पना थापाले उपमेयरमा उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगमा क्रान्तिकारी माओवादी दर्ता छैन । आयोगले निर्वाचन चिह्न नदिएपछि पार्टीले सबै तहमा स्वतन्त्र रूपमा उम्मेदवार खडा गरेको हो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending