Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

खोई गृहमन्त्री ? लेखक र श्रेष्ठको सम्भावना

\"\"काठमाडौं, २० वैशाख । प्रहरी प्रमुख नियुक्तिमा वरीयताबाट सुरु खटपट प्रधानन्यायाधीश प्रकरणसम्म पुगेपछि गृहमन्त्री विमलेन्द्र निधिले राजीनामा दिएयता गृह मन्त्रालय नेतृत्वविहीन छ । देशको शान्ति सुरक्षाको जिम्मा लिएको यो मन्त्रालय भागबन्डाको पूर्वसहमतिअनुरूप कांग्रेसको भागमा परेको उल्लेख गर्दै सत्ता नेतृत्वकर्ता माओवादी केन्द्र उसैको निर्णय पर्खेर बसेको छ । स्थानीय चुनाव र पछिल्लो राजनीतिक उताचढावबीच गृह अहिलेलाई खाली रहने हो कि भन्ने आशंका सरकारी अधिकारी नै गर्छन् । आइतबार राजीनामा दिएका निधि बुधबार सरकारी क्वार्टर छाडेर नयाँबानेश्वरस्थित निवास सर्दै छन् । आजको कान्तिपुरमा खबर छ– स्रोतका अनुसार भौतिक योजना तथा निर्माणमन्त्री रमेश लेखक र कांग्रेस सांसद गोपालमान श्रेष्ठ गृहमन्त्रीको चर्चामा छन् । आलोपालो सहमतिअनुरूप पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको आयु सकिनै लाग्दा छोटो अवधिका लागि भए पनि लेखक गृह मन्त्रालयको ‘पोर्टफोलियो’ सित जोडिन चाहन्छन् । लेखक र श्रेष्ठ दुवै कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिँदै आए पनि लेखकको राजनीतिक सक्रियता, निर्णय क्षमता र क्षेत्रीय निकटताका कारण उनी प्राथमिकतामा पर्न सक्छन् । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले पूर्वसहमतिबमोजिम कांग्रेसको निर्णयअनुसार गृहमन्त्री आउने बताए । ‘राप्रपाभित्र आन्तरिक विवाद चर्केर उहाँहरू सरकारबाहिर जाने निर्णयमा पुग्नुभयो, तर त्यहीँभित्रको अर्को पक्षको दबाबमा उहाँहरू फेरि सरकारमै फर्कने सम्भावना पनि छ,’ कार्कीले भने, ‘त्यस्तो अवस्था आयो भने कांग्रेससँग परामर्शमा गृहको जिम्मेवारीबारे नयाँ ढंगले छलफल पनि होला, नत्र सामान्य सहमतिअनुसार त त्यो कांग्रेसकै आन्तरिक निर्णयाधिकारभित्रको कुरो हो ।’ मन्त्री लेखकले प्रधानमन्त्री र आफ्ना पार्टी सभापतिबीच आन्तरिक समन्वयमा छिट्टै गृहमन्त्री तोकिने बताए । ‘गृह मन्त्रालयजस्तो संवेदनशील अंग यस्तो बेला खाली राख्नु हुँदैन भन्नेमा सरकार र पार्टी दुवै संवेदनशील छन्,’ लेखकले भने, ‘प्रधानमन्त्रीसँग पार्टी सभापतिज्यूले यसबारे छिट्टै कुराकानी गरेर टुंगो लगाउनुहुनेछ ।’ स्रोतका अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय कार्यसम्पादन समिति बैठकमार्फत गराइसकेको लोकतान्त्रिक फोरम सरकारमा आउने अवस्थामा त्यसका नेता विजयकुमार गच्छदारले आफूले गृह पाउनुपर्ने सर्त तेस्र्याएका छन् । देउवा भने गच्छदारलाई भौतिक योजनामा लगेर लेखकलाई गृह दिने मनस्थितिमा पुगेको स्रोतको दाबी छ । गच्छदारले मंगलबार पार्टीको बैठकमा आफू अहिले गृहमन्त्री बन्न जाने चर्चा ‘अनुमान मात्रै’ भएको भन्दै अस्वीकार गरे । ‘हामी अहिले सरकारमा जाँदैनौं, तर राजनीतिक विषमता बढेको बेला समर्थन फिर्ताको गल्ती गर्नु हुँदैन,’ गच्छदारलाई उद्धृत गर्दै पार्टी स्रोतले भन्यो । लोकतान्त्रिक फोरम संसदीय दलका प्रमुख सचेतक योगेन्द्र चौधरीले भने, ‘हाम्रा मागहरू अझै पूरा नभएकाले सरकारमा नजाने निर्णय गर्‍यौं, तर मधेसी, थारूलगायतका माग सम्बोधन गर्न संविधान संशोधन विधेयक ल्याउने सरकारको कदम सकारात्मक भएकाले अहिले समर्थन जारी रहन्छ ।’ उनले उपप्रधानमन्त्री र गृहमन्त्री पाए गच्छदार जान सक्ने चर्चा पूरै गलत रहेको बताए । गृहमन्त्री निधिले राजीनामा दिएकै साँझ नेपाली सेनाको जंगी अड्डाले देशमा आन्तरिक सुरक्षा संवेदनशीलता बढेको विश्लेषण गर्दै वक्तव्य निकाल्नुले गृहको रिक्तता तत्कालै अनुभूति भएको दर्साउँछ । वैशाख ३१ को स्थानीय चुनावअगाडि शान्ति सुरक्षाको प्रभावकारी नेतृत्व र व्यवस्थापनका लागि गृह सरकारको महत्त्वपूर्ण अंग हो । निधिले कसलाई आईजीपी बनाउने भन्ने निर्णय गृहमन्त्रीको क्षेत्राधिकारभित्र पर्ने भए पनि पार्टी सभापतिले हस्तक्षेप गरेको असन्तुष्टि दर्साउँदै आएका थिए । प्रधानन्यायाधीश सुशीला कार्कीमाथि प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले अकस्मात् महाअभियोग प्रस्ताव ल्याएको भन्दै उनले सरकारमा बस्न उपयुक्त नभएको कारण देखाउँदै राजीनामा दिएका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending