Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

महाअभियोग प्रक्रिया बीचमै रोकिने सम्भावना

\"\"काठमाडौं, १८ वैशाख । सभामुख ओनसरी घर्तीले प्रस्ताव दर्ता भएको मितिले सात दिनभित्रको कुनै बैठकमा महाअभियोग प्रस्तावमाथि छलफल गर्ने मिति र समय तोक्नेछिन् । तोकिएको मिति र समयमा कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले महाअभियोग प्रस्ताव प्रस्तुत गर्नेछन् । उनले चाहेमा सम्बोधनको मौकासमेत पाउनेछन् । अाजको नयाँ पत्रिकामा खबर छ– विश्वकर्माले प्रस्ताव प्रस्तुत गरेपछि माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतले प्रस्तावको समर्थनमा आफ्नो धारणा राख्न पाउनेछन् । प्रस्ताव पेस भएपछि सभामुखले छलफल हुने समयावधि निर्धारण गर्नेछिन् । सो छलफल समाप्त भएपछि त्यस्तो प्रस्ताव संसद्ले महाअभियोग सिफारिस समितिमा पठाउनेछ । निलम्बित प्रधानन्यायाधीश कार्कीले आफूमाथि लागेको अभियोगबारे सफाइ पेस गर्न सात दिनको समय पाउनेछिन् । समितिले प्रारम्भिक अनुसन्धान गर्दा सम्बन्धित व्यक्तिलाई महाअभियोग लाग्न सक्ने मनासिव र पर्याप्त आधार देखिएमा संसद्मा महाअभियोग सिफारिस गर्न सक्नेछ । तोकिएको समयावधिभित्र आफैँ उपस्थित भई कुनै सफाइ पेस नगरेमा वा सफाइ सन्तोषजनक नभएमा पनि समितिले आफ्नो सिफारिससहितको प्रतिवेदन सदनसमक्ष पेस गर्नेछ । सिफारिसबारे अन्तिम निर्णय गर्न समितिले ३० दिनको म्याद पाउनेछ । तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट पारित भएमा कार्की स्वतः पदमुक्त हुनेछिन् । स्वभाविक गतिमा काम हुँदा पनि यो सबै प्रक्रिया गर्न कम्तीमा ४५ दिन लाग्छ तर प्रधानन्यायाधीशको रूपमा कार्कीको पदावधि सकिन (२४ जेठ आउन) अब ३८ दिन मात्र बाँकी छ । संसदमा प्रक्रिया चलिरहेकै अवधिमा कार्कीले सर्वोच्च अदालतबाट अवकाश पाइसकेकी हुनेछिन् त्यसैले यो विषयमा थप छलफल गर्न नपर्ने भनी संसद्ले बीचमै प्रक्रिया टुंग्याउने सम्भावना पनि छ । स्मरणीय छ, अख्तियारका तत्कालीन प्रमुख लोकमान सिंह कार्कीलाई सर्वोच्च अदालतले अवकाश दिएपछि संसदमा विचाराधीन महाअभियोग प्रस्ताव अलपत्र छ । किनकि, स्वाभाविक गतिमा काम हुँदा पनि संसद्को सबै प्रक्रिया गर्न कम्तीमा ४५ दिन लाग्छ, तर प्रधानन्यायाधीशको रूपमा कार्कीको पदावधि सकिन (२४ जेठ आउन) अब ३८ दिन मात्र बाँकी छ । संसद्मा प्रक्रिया चलिरहेकै अवधिमा कार्कीले सर्वोच्च अदालतबाट अवकाश पाइसकेकी हुनेछिन्, त्यसैले यो विषयमा थप छलफल गर्न नपर्ने भनी संसद्ले बीचमै प्रक्रिया टुंग्याउने सम्भावना पनि छ । स्मरणीय छ, अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालतले अवकाश दिएपछि संसद्मा विचाराधीन महाअभियोग प्रस्ताव अलपत्र छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending