Khabar Dabali २६ माघ २०८२ आईतवार | 8th February, 2026 Sun
Investment bank

रामकृष्ण ढकालले नबिर्सिने घटना

\"\"सानो छँदा स्वरसम्राट नारायणगोपालका फ्यान थिए, रामकृष्ण ढकाल । नारायणगोपालकै गीत आफ्नो कण्ठमा उतार्थे । तर, ०४३ सालपछि ढकाल औपचारिक रूपमा आफैँ गायक भए । ५० को दशकपछि कैयौँ श्रोता ढकालकै फ्यान बन्न थाले । नेपाली आधुनिक, पप र प्लेब्याक गीतमा चर्चित गायकको छवि बनाएका ढकालको स्वरमा भुतुक्कै हुने कैयौँ फ्यान छन् । तर, ढकाल पनि कैयौंँ व्यक्तिका फ्यान हुन् । स्वर, संगीत र कलाको क्षेत्रका केही चर्चित व्यक्तिसँगका पल उनको जीवनमा खट्किएका रहेछन् । आशा भोस्लेलाई एल्बम दिन सकिनँ अभिनेता भुवन केसीले बनाएको फिल्म ‘नेपाली बाबु’मा मैले ‘बदाम सोलीमा, आएको ए हजुर रमझम टोलीमा’ बोलको गीत गाएको थिएँ । ०५६ सालतिरको कुरा हो । त्यो वेला नेपाली फिल्मका गीत प्रायः बम्बईमा रेकर्ड गरिन्थ्यो । गीत रेकर्ड गरेर गायिका साधना सरगमसहित टिमसँग बम्बईबाट नेपाल फर्किंदै थिएँ । नेपाल एयरलाइन्सले बम्बई–काठमाडौं सीधा उडान भथ्र्यो । मेरो सिटको आडैमा निर्माता छवि ओझा हुनुहुन्थ्यो । त्यही फ्लाइटमा भारतकी चर्चित गायिका आशा भोस्ले र गायक कुमार कान्छा पनि थिए । त्यो समयमा मैले ‘आशा’ एल्बम निकालेको थिएँ । आशाको फ्यान नै थिएँ म । मेरो एल्बम पनि आशा नै थियो । मैले यही मौकामा उहाँलाई आफ्नो एल्बम दिन्छु भन्ने सोच बनाएँ । त्यस्ती चर्चित गायिकालाई एल्बम दिँदा उहाँले सुन्नुहोला र करिअरमै सहयोग पुग्ला भन्ने सोचले मलाई उत्तेजित गराएको थियो । यसबारे मैले छवि ओझालाई बताएँ । तर, उहाँले मेरो उत्तेजना सेलाउने जवाफ दिनुभयो । ‘यत्रो ठूलो मान्छेले कहाँ तपाईंको गीत सुन्नु, त्यो पनि नेपाली भाषाको । कतिले दिएका खाटमुनि फालेकी होलिन्’ भन्नुभयो । छविको यो कुराले मेरो मन हच्कियो । रमाइलो कुरा त के भने, खराब मौसमका कारण जहाज काठमाडौंमा ल्यान्ड हुन सकेन । दिल्लीतिरै फर्कियो । त्यो एक रात दिल्लीको ‘सेन्ट्रल’ होटेलमा बस्यौँ । आशा भोस्ले पनि त्यही होटेलमा बस्नुभएको थियो । खाना खाने वेला फेरि आशा भोस्लेसँग नजिकै परेँ । अब त जसरी पनि बोल्छु भन्ने आँट निकालेँ । तर, फेरि छविले ‘हे यार ! उनलाई के मतलब ? तिमीलाई चिन्दिनन् त किन यो काम गर्छौ ?’ भन्नुभयो । म फेरि सेलाएँ । भोलिपल्ट फेरि एउटै जहाजमा काठमाडौंका लागि उड्यौँ । तर, छविको कुरा र आफ्नो कमजोर आत्मबलका कारण आशा भोस्लेलाई एल्बम दिने धोको अधुरै रह्यो । नजिकको यात्रामा त्यत्रो सेलेब्रिटी हुँदा पनि भेटेर बोल्न सकिएन । मलाई त्यो कुराले अहिले पनि थकथक लाग्छ । आशा भोस्लेसँगको त्यो क्षण मेरो जीवनमा खट्कियो । छवि ओझाले आँट थपिदिएको भए पक्कै बोल्थेँ । गोपाल योञ्जनको संगीतमा एल्बम निकाल्न पाइनँ चर्चित संगीतकार गोपाल योञ्जन दाइको ‘प्रोजेक्ट’मा गीत गाउने मौका पाएँ । ‘मेरो टोपी कैलाशको शिरजस्तो’मा धेरै गायक छन्, म पनि अटाएको छु । गीतको एउटा ‘पार्ट’ म र यम बरालले गाएका छौँ । गोपाल दाइसँग अरू थुप्रै काम गरेँ । राजारानीको जन्मोत्सवदेखि विभिन्न पर्वमा उहाँसँगै हुन्थेँ । तर, आशीर्वाद एल्बममा उहाँको एउटा ट्युन हाल्न मन थियो । ०४९ तिरको कुरा हो । उहाँ त्यो वेला धापासीतिर बस्नुहुन्थ्यो । धापासी पुग्न खेतैखेत हिँडेर पुग्नुपर्ने, जंगलको छेउजस्तो थियो । हामी साइकल चढ्थ्यौँ । उहाँ शान्त स्वभावको हुनुहुन्थ्यो । विभिन्न समस्याले त्यो रहर पूरा हुन पाएन । ०५० मा त एल्बम नै आयो । मलाई मनपर्ने संगीतकारसँग विभिन्न कार्यक्रममा भेट भए पनि एक्लै भेटेर आफ्नो लागि संगीत भरिदिन आग्रह गर्ने सोच थियो । त्यति सामीप्यमा भएर पनि यो काम गर्न सकिनँ । यो मानेमा गोपाल योञ्जनसँग गर्न चाहेको यो काम मेरो जीवनमा खट्किएको छ । माइकल ज्याक्सनको नाममा नक्कलीको रमिता १९९५ या ९६ मा कुनचाहिँ सालको नयाँ वर्ष हो ठ्याक्कै याद भएन । तर, ‘न्यु इयर इभ’को दिन मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मीरा राणा, प्रकाश श्रेष्ठ, किरण केसीसहितको टोलीमा हङकङ हुँदै ब्रुनाई सोमा गएको थिएँ । त्यहाँ एउटा महत्वपूर्ण लाइभ सो हेर्ने मौका मिल्यो । पप सम्राट माइकल ज्याक्सनको प्रस्तुति हुँदै थियो । ब्रुनाईका कान्छा सरकार संगीतको सौखिन हुनुहुँदो रहेछ । उहाँतत्कालीन समयको अर्थमन्त्री पनि हुनुहुन्थ्यो । विभिन्न मुलुकका ठुल्ठूला कलाकारलाई घरमै बोलाउने, गीत सुन्ने तथा सांगीतिक कार्यक्रम गर्ने गर्नुहुँदो रहेछ । त्यो वर्ष न्यु इयर इभको अवसरमा माइकल ज्याक्सनलाई निमन्त्रणा गरेर सित्तैमा प्रस्तुति हेर्ने मौका मिलाउनुभएको रहेछ । ब्रुनाईका कान्छा सरकारको बडिगार्डमध्ये एकजना कृष्णराज गुरुङ भन्ने नेपाली हुनुहुन्थ्यो । कृष्णराजको बहिनीलाई मैले चिनेको थिएँ । हामी हङकङ हुँदै ब्रुनाई गएको थाहा पाएपछि कृष्णराजको बहिनीले कृष्णराजसँग सम्पर्क गरेर ‘स्पेसल ग्रेड’को चारवटा पास पठाइदिनुभएको रहेछ । त्यसपछि किरण केसी दाइसित म त्यो सो हेर्न गएँ । ‘फ्रन्ट रो’मै बसेर ‘सो’ हेर्ने मौका मिल्यो । माइकल ज्याक्सनसँग फोटो खिच्न पाए हुन्थ्यो भन्ने रहर कार्यक्रम हेर्दा नै पलाइसकेको थियो । माइकल ज्याक्सनको क्रेज कत्रो थियो । १५–२० जना केटी त ‘आइ लभ यु माइकल’ भन्दै ठाउँको ठाउँ पुर्लुक्कै ढलेर बेहोस भए । तत्काल एम्बुलेन्सले ओसार्यो । सेलेब्रिटीको त्यतिधेरै क्रेज पहिलोपटक त्यहीँ देखेँ । त्यो समयमा मोबाइल आएकै थिएन । मैले क्यामेरा लगेको थिएँ । माइकलको सो सकिनै लाग्दा फोटो खिच्न अघि बढेँ । क्यामेरा झिकेर क्लिक गर्न लागेको मात्रै थिएँ, ब्याट्री सकिएर ‘अफ’ भयो । ब्याट्री खोज्ने माहोल पनि भएन । ‘सो’ सकिएपछि बाहिर निस्कियौँ । बाहिर फेरि देखिए, माइकल ज्याक्सन । सबैसँग बोलिरहेका, फोटो खिचिरहेका, अटोग्राफ भरिरहेका अवस्थामा देखिए । म पनि भीडमा छिरेँ । बोल्न र अटोग्राफ लिन अगाडि सरेँ । तर, उत्तिखेरै थाहा भयो, ऊ त ‘डुब्लिकेट’ माइकल ज्याक्सन पो रहेछ । ‘रियल’ माइकल ज्याक्सन निस्किने क्रममा समस्या हुन्छ भनेर चारैतिर ‘डुब्लिकेट’ ज्याक्सनहरू खटाइँदो रहेछ । मान्छेहरू नक्कली ज्याक्सनतिरै झुम्मिन थालेपछि सक्कली ज्याक्सनले चाहिँ बडिगार्डसहित सुरक्षित बाटो तताएछन् । त्यहाँ पनि ज्याक्सनसँग फोटो खिच्ने इच्छा अधुरै रह्यो । अमिताभ बच्चनसँग फोटो खिच्न पाइनँ फिल्मको गीत रेकर्डकै क्रममा बम्बई जाँदा बलिउड अभिनेता अमिताभ बच्चन सहभागी कार्यक्रममा पुगेको थिएँ । ‘बाचुन्जेलीलाई’ हो या ‘पहाडको छुकछुके रेल’मध्ये एउटा गीत रेकर्ड गर्न जाँदाको कुरा हो । त्यहाँ ठुल्ठूला कार्यक्रम आयोजना गर्ने देभेन शाहले ‘लक्स ब्युटी कन्टेस्ट’को कार्यक्रममा मलाई पनि निम्ता गर्नुभएको थियो । त्यहाँ अमिताभ र जया बच्चनलगायत आउनुभएको थियो । मनमा रहर पलाइसकेको थियोे, कार्यक्रम सकिएपछि अभिताभलाई भेटेर फोटो खिच्नेछु । अभिताभलाई एकोहोरो हेरिरहेको म कार्यक्रम सकिएलगत्तै हुत्तिएर उनको पाइला पछ्याउन थालेँ । निकै भीड थियो । केही मानिसले अमिताभलाई घेरे । यहीवेला उहाँ फ्यानहरूसँग फोटो खिच्न र अटोग्राफ दिन सक्रिय हुनुहुन्थ्यो । तर, नजिक पुगेपछि मेरा पाइला अगाडि सरेनन् । खोइ के भयो ! ‘म रामकृष्ण ढकाल, नेपालको गायक हुँ’ भनेको भए पक्कै फोटो खिच्न समय दिनुहुन्थ्यो होला । तर, मलाई अप्ठ्यारो महसुस भयो । ‘यो नेपालको राम्रो गायक हो’ भनेर अमिताभसामु भनिदिएको भए ममा आँट आउँथ्यो । म नि त सानै देशको भए पनि सेलेब्रिटी नै हुँ भन्ने सोचले त्यो मौका ‘मिस’ गरेँ । अहिले त्यो क्षण खट्किएको महसुस हुन्छ । सम्झना आइरहन्छ । ब्रायन एडम्सको कन्सर्टमा नजाँदा पछुतो रक गायक र संगीतकारको हैसियतमा बढी चिनिएका ब्रायन एडम्सका अरू पनि परिचय छन् । क्यानेडियन एडम्स विश्वकै चर्चित गायक हुन् । मौका मिले उनीसँग नभेट्ने भन्ने त कुरै भएन । करिब ६ वर्षअघि एडम्स नेपाल आएका थिए । उनी आउने चर्चासँगै ठूलो चहलपहल थियो । मलाई पनि उनीसँग भेट्ने उत्कट चाहना जाग्यो । तर, सेलेब्रिटी भएपछि एउटा ‘इगो’ले काम गर्ने रहेछ । त्यो कमर्सियल सो थियो । तर, कलाकारको मनले अरू कुरा पनि सोच्दो रहेछ । अन्य कलाकारले आ–आफ्नो प्रस्तुति दिनुभयो । मेरो भने प्रस्तुति थिएन । हजारौँ दर्शकको बीचमा प्रस्तुति दिने मलाई एउटा सामान्य दर्शक भएर भीडभाडमा जान मन नै मानेन । त्यहाँबाट एउटा ‘इन्भिटेसन’ मात्रै पठाइदिएको भए पनि गइन्थ्यो । खासमा जान मन थियो, तर यस्तै कारणले जान पाइएन । ब्रायन एडम्ससँग भेट्ने रहर, रहरमै सीमित भयो । उनीसँग भेट्ने इच्छा मेरो जीवनमा अहिले पनि खट्किरहन्छ । मेघा मालतीलाई भेट्नै पाइनँ मेघा मालती मेरी फ्यान हुनुहुन्थ्यो । उहाँको घर सिक्कम थियो । मेरो गीतबारे धेरै कुरा लेखेर चिठ्ठी पठाउनुहुन्थ्यो । ०५२ सालतिरको कुरा हो । त्यसपछि करिब चार वर्षजति उहाँसँग चिठ्ठीपत्र आदान–प्रदान भयो । तीन–चार पाना लामो चिठी पठाउनुहुन्थ्यो । फोटो पनि पठाउनुहुन्थ्यो । आशीर्वाद एल्बम निस्किँदा उहाँले सल्लाहसुझाब दिनुभएको थियो । नाम्चे, सिक्किमको ठेगानाबाट चिठी लेख्नुहुन्थ्यो । तर, उहाँसँग भेट हुनै पाएन । पछि चिठीपत्रको परम्परा पनि टुट्यो । उहाँले पनि बिहे गरेर घरजम गर्नुभयो होला । पछि म सिक्किमको नाम्चे गएँ, तर उहाँसँग भेट भएन । उहाँले फलो गरे पनि मैले समयको अभावमा कयौँपटक जवाफ फर्काउन पाइनँ । अन्ततः सम्पर्क नै टुट्यो । मेरो त्यतिधेरै चासो राख्ने शुभचिन्तकलाई एकपटक भए पनि भेट्छु भन्ने आशा थियो । तर, पूरा हुन सकेन । मेघा मालतीलाई भेट्न नपाउनु मेरो जीवनमा खट्किएको अर्को विषय हो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE