Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

ओलीसँग देउवाको प्रस्ताव : पहिलो चरणमा कठिनाइ भए मेरै नेतृत्वमा चुनाव

\"\"काठमाडौं, १७ वैशाख । कांग्रेस सभापति शेरबहादुर देउवाले ३१ वैशाखमा पहिलो चरणको निर्वाचन गर्न कठिनाइ भए आफ्नै नेतृत्वमा बन्ने सरकारले स्थानीय तहको निर्वाचन गराउने बताएका छन् । एमाले अध्यक्ष केपी ओलीसँग शनिबारको भेटवार्तामा देउवाले पहिलो चरणको चुनाव हुन नसके आफ्नो नेतृत्वमा बन्ने सरकारले एउटै चरणमा चुनाव गर्ने प्रतिबद्धता जनाउँदै सहयोग मागेका हुन् । अाजको नयाँ पत्रिकामा खबर छ– ‘३१ गतेका लागि तोकिएको मितिमा चुनाव गर्न कठिनाइ भयो भने मेरो नेतृत्वमा बन्ने सरकारले चुनाव गर्नेछ,’ देउवाको भनाइ उद्धृत गर्दै ओलीनिकट स्रोतले भन्यो, ‘त्यसवेला तपाईंको पनि सहयोग हुनेछ भन्ने अपेक्षा छ ।’ जवाफमा ओलीले सरकार फेरबदल एमालेको चासो र सरोकारको विषय नभएकाले एउटै चरणमा निर्वाचन हुनुपर्नेमा जोड दिएका थिए । ‘सरकार परिवर्तन हुने–नहुने, त्यसमा को जाने-नजाने, हाम्रो चासो र सरोकारको विषय होइन,’ ओलीको भनाइ थियो, ‘तर, निर्वाचन एउटै चरणमा हुनुपर्छ, निर्वाचन आयोगले कठिनाइ हुन्छ भन्यो भने ‘एक डेढ हप्ताको समय ग्याप राखेर दुई चरणमा चुनाव गर्न सकिन्छ ।’ एमाले महासचिव ईश्वर पोखरेलले संविधान संशोधन र निर्वाचनमा केन्द्रित रहेर कुराकानी भए पनि कांग्रेसले आफ्ना कुरा प्रस्टसँग नराखेको बताए । ‘उहाँहरूले संशोधन विधेयकमा सहयोग गर्नुपर्यो भन्दै सहयोग माग्नुभयो,’ भेटमा सहभागी एमाले महासचिव पोखरेलले भने, ‘हाम्रो अध्यक्षले संशोधनको भाषा पढ्नुभएको छ कि छैन भन्दै प्रस्ट्याएपछि धेरै प्रस्ट कुरा नराखी उहाँहरू फर्किनुभो ।’ भेटमा कांग्रेस नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला तथा एमाले उपाध्यक्ष युवराज ज्ञवाली र महासचिव पोखरेल सहभागी थिए । एमालेको अडान : सरकारले संविधान फेर्न सक्दैन अध्यक्ष केपी ओलीसहित एमाले नेताहरूले सरकारले नै संविधान फेर्न सक्ने गरी विधेयकमा प्रस्ताव आएको भन्दै देउवाको ध्यानाकर्षण गराएका थिए । भाषा आयोगको सिफारिसमा सरकारी कामकाजको भाषालाई सरकारले निर्णय गरेर संविधानको अनुसूचीमा राख्ने विषय गम्भीर भएको भन्दै ओलीले संसारमा यसैगरी संविधान फेर्ने व्यवस्था कहाँ छ भन्दै प्रश्न गरेका हुन् । जवाफमा देउवाले विधेयकको उक्त मस्यौदा कार्यदलमा रहेका राजेन्द्र श्रेष्ठको प्रस्तावमा आएको जानकारी दिँदै गलत नियतले आएको–नआएको बुझेर मात्रै जवाफ दिन सक्ने बताएका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending