Khabar Dabali २६ माघ २०८२ आईतवार | 8th February, 2026 Sun
Investment bank

७० विद्यार्थी नौ महिनादेखि आधा पेट

\"\"काठमाडौं, १७ वैशाख ।सिमकोट साबिकको श्रीमष्ठा गाविस पिप्लाङकी १२ वर्षीया स्वस्तिका शाहीले सुकाएको फर्सी र गान्टेमुलाको सुकुटीको झोल खान थालेको ७ महिना भएको छ। गत वर्ष दैनिक कम्तीमा ३ पटक खाना र नास्ता खाएकी स्वस्तिकाले यो वर्ष भने मंसिरदेखि पूरा पेट खाना पाएकी छैनन्। जिल्ला सदरमुकाम सिमकोटको बीच बजारमा २०३९ सालमा स्थापना भएको महिला फिडर छात्रावासमा बसेकी स्वस्तिकाले मंसिरयता मात्रै पटकपटक गरेर ९ दिन भोकै विद्यालय जानुपरेको छ। सदरमुकाम सिमकोटको मानसरोवर उच्च माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत चंखेल्नी गाउँपालिका मेखालाकी ११ वर्षीया ज्ञानुमाया ऐडीले आधा पेट खान थालेको पनि महिना दिन बितेको छ। गत चैतमा आमाबुबा र घरपरिवार छाडेर गुणस्तरीय शिक्षा प्राप्तिको अभिलाषासहित सिमकोटको दुर्गम हिमाली आवासीय छात्रावास आएकी ऐडीलाई अहिले दिनको सातपटक घरमा खाएको खानाको सम्झनाले निकै सताएको छ। छात्रावासलाई सरकारले जिल्ला शिक्षा कार्यालयमार्फत दिने छात्रवृत्ति रकम गत साउनदेखि नै नदिएको भन्दै छात्रावास प्रशासनले चामल र अन्य खाद्यान्न जोहो गर्न नसक्दा छात्रावासमा भर्ना भएको महिना दिनमै उनी ७ दिन भोकै विद्यालय गइन्। स्वस्तिका र ज्ञानुमाया हुम्ला सदरमुकाम सिमकोटमा सरकारले व्यवस्थापन गरेका दुर्गम हिमाली आवासीय छात्रावास र महिला फिडर छात्रावासका ७० छात्रछात्राका नमुना पात्र मात्रै हुन्। सरकारले शिक्षा मन्त्रालय हुँदै जिल्ला शिक्षा कार्यालय हुम्लामार्फत सम्बन्धित छात्रावासलाई प्रतिमहिना प्रतिविद्यार्थी आवास र खानाबापत दिँदै आएको ४ हजार रुपैयाँ गत साउन महिनादेखि नदिएपछि अहिले दुवै छात्रावासमा आ श्रय लिएर बसेका सबै विद्यार्थीको दैनिकी निकै कष्टपूर्ण बन्दै गएको छ। सरकारले नियमित रूपमा रकम प्रदान गर्दाका बेलामा समेत पर्याप्त सुविधा प्राप्त नहुने उक्त छात्रावासमा नौ महिनासम्म कत्ति पनि रकम सहयोग नआएपछि आफूले बिहान सुकाएको फर्सी र गान्टेमुलाको झोल खाएर विद्यालय जानुपरेको महिला फिडर छात्रावासमा कक्षा १० मा अध्ययनरत सिर्जना बुढाथोकीले बताइन्। मंसिरयता मात्रै पटकपटक गरेर ११ दिन भोकै विद्यालय गएको जनाउँदै सिर्जनाले भनिन्, ‘सुरुमा जिल्ला शिक्षा कार्यालयबाट पैसा आउँछ र तिरौंला भनेर बजारका अधिकांश पसलबाट उधारोमा रासन ल्याएर पकाउने गरिएको थियो तर माघदेखि बजारका सबै पसलले उधारो दिन नमानेपछि भोकै विद्यालय जाने गरेका हौं।’ मंसिर महिनाअघि १६ जनालाई ७ फोक्टिन चामल पकाउने गरिएको बताउँदै सिर्जनाले अहिले एक र आधा फोक्टिन चामलमा सुकाएको फर्सी र गान्टेमुला मिसाएर पकाउन थालिएको सुनाइन्। बिहान एक र आधा फोक्टिन चामलको भात खाएर विद्यालय जाने महिला फिडर छात्रावासका १६ जना छात्राले बेलुका तातोपानीमा पिठो पकाएर छाक टार्ने गरेको कक्षा ९ मा अध्ययनरत लालीकी १४ वर्षीया सुमित्रा शाहीले बताइन्। महिला फिडर छात्रावासमा मात्रै होइन, सिमकोटकै दुर्गम हिमाली छात्रावासको समस्या पनि उस्तै छ। २५ छात्र र २५ छात्रा गरी ५० जनाले आ श्रय लिएर बसेको उक्त छात्रावासमा पनि साउनदेखि रकम नआएपछि विद्यार्थी भोकभोकै विद्यालय जाने गरेका छन्। मध्याह्न १२ बजेतिर शिक्षकले पढाइरहेको बेला भोकले निक्कै पेट दुख्ने गरेको जनाउँदै रामचन्द्र बुढाले भने, ‘यस्तोमा पढाइमा पटक्कै ध्यान जाँदैन।’ वैशाख महिनामा मात्रै चार दिन भोकै बसेको जनाउँदै बुढाले भने, ‘राति धेरै भोक लागेपछि पानी तताएर पिउने गरेका छौं।’ सुरुसुरुमा धेरै भोक लागेपछि घरबाट ल्याएको नास्ता खाने गरेको जनाउँदै कक्षा १० मा अध्ययनरत कमला काफ्लेले भनिन्, ‘भोक लाग्दा जे उपलब्ध हुन्छ त्यही खाइदिँदा पखाला चल्छ।’ सरकारी अनुदान नआएपछि आफूसँग भएको पैसा सकिएर बजारमा समेत उधारो माग्ने ठाउँ नभएकाले भोकै बस्नुपर्ने बाध्यता आएको दुर्गम हिमाली छात्रावासका वार्डेन राजबहादुर बुढाले बताए। रकम निकासाका लागि जिल्ला शिक्षा कार्यालय हुम्लासँग भदौयता झन्डै १ सय ५० पटक गुहार गरेको बताउँदै बुढाले केही सीप नलागेपछि सबै विद्यार्थीलाई घर पठाउने योजना बनाइएको जानकारी दिए । जिल्ला प्रशासन, राजनीतिक दलदेखि केही दिनअघि जिल्ला आएका खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीलाई समेत समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरिसकेको महिला फिडर छात्रावासकी वार्डेन कमला लामाले बताइन् । वार्डेन कमलाका अनुसार सिमकोटका पसलमा १ देखि ३ लाखका दरले ९ लाख रकम उधारो तिर्न बाँकी छ। अर्थले बजेट नदिँदा समस्या छात्रावासलाई दिइने नियमित अनुदान रकम अर्थ मन्त्रालयले निकासा नदिँदा समस्या बल्झिएको जिल्ला शिक्षा अधिकारी मदनकुमार थापाले बताए । शिक्षा कार्यालयले चालू आर्थिक वर्षको सुरुमै दुवै छात्रावासको रकम कार्यक्रममा छुटाएको स्वीकार गर्दै शिक्षा अधिकारी थापा अहिलेसम्म छुट कार्यक्रममा ३ पटक लेखी पठाए पनि बजेट नआउँदा विद्यार्थी भोकै बस्नुपरेको बताउनुहुन्छ। पछिल्लो समय हरेक दिन शिक्षा विभागसँग टेलिफोनबाट फलोअप गरेको बताउँदै थापाले भन्नुभयो, ‘विभागले भोलि हुन्छ भनेको दुई महिना भयो तर अहिलेसम्म काम भएको छैन।’ अर्थ मन्त्रालयबाट रकमान्तर गरेर नआएकाले समस्या भएको शिक्षा विभागले जनाएको छ। छात्रावासमा आ श्रय लिएका ७० जना छात्रछात्राको बिहानबेलुकाको छाक टार्ने विषयमा आफू निकै संवेदनशील भएर लागेको शिक्षा अधिकारी थापाको जिकिर छ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE