Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

काठमाडौं धुलोरहित बन्न अझै चार महिना लाग्ने

\"\"काठमाडौं, १७ वैशाख । धुलोरहित काठमाडौं बन्न अझै चार महिना लाग्ने भएको छ । योजनाअनुसार काम अघि बढे अबको चार महिनापछि काठमाडौं धुलोरहित बन्ने काठमाडौं महानगरपालिकाले जनाएको छ । त्यसका लागि महानगरले धुलो तान्ने ब्रुमर खरिददेखि सडक पखाल्नेसम्मको योजना अघि बढाएको छ । सडक पखाल्ने काम भने सुरु भइसकेको छ । अाजको नयाँ पत्रिकामा खबर छ– १० वटा ब्रुमर खरिद गरिने सडक पखाल्ने अभियानकै क्रममा महानगरपालिकाले धुलो तान्ने ब्रुमर खरिद गर्दै छ । यसका लागि बढीमा चार महिना लाग्ने महानगरले जनाएको छ । पहिलो चरणमा पाँचवटा ब्रुमर खरिद गर्न बजेट विनियोजनसमेत गरिसकेको छ । दोस्रो चरणमा थप पाँचवटा ब्रुमर खरिद गर्ने योजना छ । १० वटा ब्रुमर खरिदका लागि करिब २५ करोड रुपैयाँ बजेट लाग्ने महानगरपालिकाको अनुमान छ । ‘काठमाडौंका सडक पानीले पखाल्ने काम जारी रहँदा ब्रुमर मेसिन खरिद गरिसकिनेछ । यसका लागि बढीमा चार महिना लाग्नेछ,’ कार्यकारी अधिकृत ईश्वरराज पौडेलले भने, ‘ब्रुमर आएपछि काठमाडौंका सडक कुचोले होइन, ब्रुमरले सफा गरिनेछ । त्यसपछि काठमाडौं धुलोरहित बन्नेछ।’ मेलम्ची आयोजनाले काममा अवरोध महानगरपालिकाको सडक पखाल्ने अभियानलाई मेलम्ची खानेपानी आयोजनाको सडक खन्ने कामले अवरोध गरेको कार्यकारी अधिकृत पौडेलको भनाइ छ । ‘सडक पखाल्ने काम कालोपत्रे सडकमा मात्र सम्भव छ । तर, काठमाडौंका सडक खनिएका छन् । कालोपत्रे गरिएका छैनन्,’ उनले भने, ‘त्यहाँका सडक पखाल्दा झन् हिलो हुने डर हुन्छ । यसले सडक सफाभन्दा पनि फोहोर हुन जान्छ । महानगरपालिकाको धुलोरहित अभियानमा मेलम्ची खानेपानीले अवरोध गरेको छ ।’ राति–राति सडक पखाल्न ६ वटा दमकल परिचालन महानगरपालिकाले एक सातादेखि काठमाडौंका कालोपत्रे सडक दमकलबाट पखाल्दै आएको छ । यसक्रममा महानगरपालिकाले दैनिक ६ वटा दमकल सडक पखाल्न परिचालन गरिरहेको छ । रातको ९ बजेपछि काठमाडौंका कालोपत्रे सडक पखाल्ने काम सुरु हुन्छ । रातको १२ बजेसम्म यो क्रम जारी रहन्छ । महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले धुलोरहित काठमाडौं बनाउन यो अभियान सुरु गरिएको बताए । ‘काठमाडौंका बासिन्दा प्रदूषणबाट ग्रसित छन् । त्यसमध्ये सबैभन्दा धेरै धुलो छ । यसलाई नियन्त्रण गर्न महानगरपालिकाले विशेष योजना अघि सारेको हो,’ उनले भने, ‘सडक पखाल्ने अभियान त्यसैको निरन्तरता हो । कालोपत्रे सडक अबको केही दिनभित्रै धुलोरहित बन्नेछ । पूरै सहर धुलोमुक्त हुन अझै चार महिना लाग्नेछ ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending