बैशाख १७ गते, २०७४ आइतवार 30th April, 2017 Sun०६:०६:१७ मा प्रकाशित
काठमाडौं, १७ वैशाख । सरकारले व्यवस्थापिका संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक र स्थानीय तह निर्वाचनको विषयलाई लिएर सत्तारूढ दलभित्रै मतभेद सुरु भएको छ ।
आजको राजधानी दैनिकमा खबर छ– प्रमुख प्रतिपक्षी र संविधानप्रति असन्तुष्ट मधेसी मोर्चालाई मनाउने कसरतमा रहेको सरकारका दुई घटक कांग्रेस र नेकपा माओवादी केन्द्रबीच शनिबारबाट अचानक स्थानीय तह निर्वाचनपछि सत्ता हस्तान्तरणको विषयले प्राथमिकता पाउँदा ती दलबीच मतभेद बढेको हो ।
संविधान संशोधन विधेयकलाई पारित गर्न विभिन्न विकल्पमा छलफलमा जुटेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति देउवाबीच शनिबार साँझ विधेयक पारित गराई दुई चरणको घोषित निर्वाचन गराउने विषयभन्दा सत्ता हस्तान्तरणले प्राथमिकता पाएपछि दुई नेताबीच भनाभनसमेत भएको स्रोतको दाबी छ ।
संशोधन, दुई चरणको निर्वाचन र बजेट सार्वजनिक तालिकाप्रति असन्तुष्ट प्रमुख प्रतिपक्षी एमालेलाई मनाउन अध्यक्ष केपी ओलीनिवास बालकोट पुगेर फर्किएलगत्तै देउवाले स्थानीय तह निर्वाचनलगत्तै सत्ता नेतृत्व कांग्रेसलाई हस्तान्तरण गर्न प्रस्ताव गरेपछि प्रधानमन्त्री प्रचण्ड आक्रोशित बनेका हुन् ।
स्रोतका अनुसार देउवाले दुई चरणमा घोषणा गरिएको निर्वाचन तालिका परिमार्जन गर्न र निर्वाचनलगत्तै पूर्वसहमतिअनुसार प्रधानमन्त्रीबाट राजीनामा दिन भनेपछि प्रचण्ड–देउवाबीच भनाभन भएको हो ।
पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण सिटौलासहित प्रधानमन्त्री भेट्न पुगेका देउवालाई प्रचण्डले निर्वाचनमा सहमति नजुटेसम्म आफूले सत्ता हस्तान्तरण गर्न नसक्ने बताएका थिए ।
आफू एमाले र मोर्चालाई मनाउन प्रयत्न गरिरहेको तर सहयात्री दलका हैसियतमा सहयोग गर्नुको सट्टा असान्दर्भिक विवाद झिकेको भन्दै प्रधानमन्त्री प्रचण्ड सभापति देउवाप्रति आक्रोसित भएका थिए ।
दुई नेताबीच निर्वाचन र संशोधन भन्दा पृथक् विषयमा अनावश्यक विवाद सुरु भएपछि बैठकमा उपस्थित कांग्रेस र माओवादी केन्द्रका नेताहरूले पुनः छलफल गर्न प्रस्ताव गरेपछि सत्तारूढको संशोधन विधेयक पारित गर्ने रणनीति नै तय नगरी बैठक सकिएको सहभागी एक नेताले बताए ।
प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नुअघि देउवा वरिष्ठ नेता पौडेल र अर्का नेता सिटौलालाई लिएर एमाले अध्यक्ष ओली, उपाध्यक्ष युवराज ज्ञवाली र महासचिव ईश्वर पोखरेललाई भेट्न ओली निवास बालकोट पुगेका थिए ।
भेटमा कांग्रेस नेताले संविधान संशोधन विधेयकमा सहयोग गर्न एमालेलाई आग्रह गरेका थिए । संशोधन विधेयक पारित नगरे मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउन नसकिने भन्दै मोर्चा मनाउन भए पनि सहयोग गर्न देउवाले ओलीलाई आग्रह गरेका थिए । देउवाले बजेटलाई असार पहिलो साता सारेर घोषित दुई चरणमा निर्वाचनमा मनाउन खोजे पनि ओलीले बजेटको संवैधानिक व्यवस्था, भाषाबारे सरकारले दर्ता गरेको संशोधन प्रस्ताव र ३१ जेठको निर्वाचनमा एमाले सहमत हुन नसक्ने बताएका थिए ।
एमाले स्थायी समितिले निर्णय गरिसकेको भन्दै विधेयक जस्ताको तस्तै प्रस्ताव गरिए असफल पार्ने बताएका थिए । ओलीले जेठमा मुस्लिमहरूको महान् पर्व रमजान पर्ने भएकाले समेत सो समुदायलाई निर्वाचनमा सहभागी गराउँदा अन्याय हुने भन्दै ३१ जेठको निर्वाचन व्यावहारिक नभएको तर्क गरेका थिए । ओली निवासमै सरकारको नेतृत्वका विषयमा समेत छलफल भएको स्रोतको दाबी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: