Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

चुनावले छुँदैन बागमतीका सुकुम्बासीलाई

\"\"काठमाडौं, १६ वैशाख । थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्तीमा बस्दै आएकी प्रमिला राई ९४२० मंगलबार आफ्नो टहरोअगाडि चटपटे बेच्दै थिइन् । चुनाव लाग्यो नि हैन भन्ने प्रश्नमा उनले खासै चासो देखाइनन् । खोटाङ घर बताउने उनले खोटाङमा भने अझैसम्म पाइला नटेकेको बताइन् । ‘श्रीमान्ले बिहे गरेपछि घर लानुभएकै थिएन,’ उनले भनिन्, ‘१० वर्षअघि श्रीमान् टिचिङ हस्पिटलपछाडि इनार खन्ने क्रममा पुरिएर बित्नुभयो ।’ छोरीसँग बस्दै आएकी उनले आफूले थाहा पाएदेखि नै काठमाडौंँमा रहँदै आएको भए पनि मतदाता नामावलीमा आफ्नो नामसमेत नभएको बताइन् । आजको नयाँ पत्रिकामा खबर छ–देशभर चुनावको माहोल सिर्जना भएको छ । उम्मेदवार निश्चित भएकाहरू भोट माग्दै घरदैलोमा जुटिरहेका छन् । आकांक्षीहरू टिकटका लागि नेताका घरदैलो चाहार्दै छन् । तर, बागमती कोरिडोरका सुकुम्बासीलाई भने चुनावी माहोलले छुन सकेको छैन । आफूहरूलाई स्थानीय तहको चुनावले मात्र होइन यसअघि भएका पहिलो र दोस्रो संविधानसभा निर्वाचनले पनि नछोएको थापाथली सुकुम्बासी टोलका चन्द्रबहादुर तामाङले बताए । उनले भने, ‘संविधानसभा चुनावमा सबैजसो दलको नेता भोट माग्न आए, गाँस, बास र कपासको व्यवस्था गर्छु भने तर समस्या जहाँका तहीँ छन् ।’ अधिकांश सुकुम्बासीको काठमाडौंमा मतदाता नामावली सूचीमा नाम नै नरहेको उनले बताए । बागमती कोरिडोरकै शंखमुलस्थित सुकुम्बासी टोलकी धना तामाङ ९४४०ले भने दोस्रो संविधानसभा निर्वाचनमा भोट हालेको बताइन् । ‘लालपुर्जा दिन्छु भनेपछि कांग्रेस उम्मेदवार प्रकाशमान सिंहलाई भोट हालेँ,’ उनले भनिन्, ‘तर, अहिलेसम्म उहाँले वाचा गरेअनुसार काम गर्नु भएन ।’ उनले अहिलेसम्म सुकुम्बासी टोलमा कोही पनि भोट माग्न नआएको बताइन् । कति छन् सुकुम्बासी ? बागमती कोरिडोरको थापाथली, शंखमूल, शान्तिनगर, गैरीगाउँ, सिनामंगल तथा मनहरा खोला र बालाजु विष्णुमतीमा सुकुम्बासी बस्ती छन् । बागमती कोरिडोरमा दुई सय ५८ घरधुरी छन् । एउटा परिवारमा चारदेखि सातजनासम्म बस्छन् । एउटा परिवारमा सरदर ६ जना रहेको हिसाबले पनि कुल एक हजार पाँच सय ४८ जना रहेको अनुमान छ । अधिकांश सुकुम्बासीको नाम काठमाडौंंको मतदाता नामावली सूचीमा भने नाम नै नभएको थापाथलीस्थित सुकुम्बासी टोलका चन्द्रबहादुर तामाङले बताए । उनले केही सुकुम्बासीको आफ्नो पुरानो थातथलोमा नाम भए पनि भोट हाल्न जान सक्ने अवस्थामा नरहेको बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending