Khabar Dabali २६ माघ २०८२ आईतवार | 8th February, 2026 Sun
Investment bank

‘लेन’ मा देन

\"\"काठमाडौं, १६ वैशाख । सडक विस्तार र मेलम्ची खानेपानी आयोजना पाइप विस्तारले काठमाडाैं उपत्यकाभित्रका सडक अस्तव्यस्त छन् । नागढुंगादेखि कंलकीसम्म आइपुग्न घन्टाैं कुर्नुपर्ने अवस्था छ भने सहरभित्रका सडक पनि मेलम्चीको पानी ल्याउने नाममा प्रायः सबै स्थानमा खाल्डा खनिएका छन् । अाजको राजधानी दैनिकमा खबर छ– खाल्डा राम्रोसँग पुरिएका छैनन् सडक सबै स्थानमा धुलौटे मात्र होइन, ग्रामीण ग्राब्रेल सडकजस्तै भएका छन् । सवारी साधनको बढ्दो चापसँगै अस्तव्यस्त सडकबाट हुने ट्राफिक नियन्त्रण चुनौतीपूर्ण छ । पछिल्ला दिन उपत्यकामा बढ्दो ट्राफिक समस्या र लेन अनुशासनमा ट्राफिक प्रहरीको सक्रियता आसलाग्दो देखिन थालेको छ । तीन वर्षअघि बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उपत्यकाको सडक विस्तार अभियान सुरु भएको थियो । सो अभियान अहिलेसम्म सकिएको छैन । उपत्यकाको सडक विस्तार नसकिएकै अवस्थामा दसैंअघि नै काठमाडौंका जनतालाई मेलम्चीको पानी खुवाउने सरकारी योजनाका कारण झन् अस्तव्यस्त भयो । गौशालादेखि धुम्बाराहीसम्म घन्टाैं जाम मात्रै हुँदैन धुलोले मानिसको सबै शरीर ढाक्ने गरेको छ । चाबहिल चोकदेखि जोरपाटीसम्मको अवस्था पनि त्यस्तै छ । यसैगरी सहरका सबै स्थानमा सवारी चापका कारण जाम हुने गर्छ । निर्धारित समयभित्र गन्तव्यमा पुग्न सकिँदैन । यो अस्तव्यस्त अवस्थामा ट्राफिक प्रहरीले अघि सारेका योजना र कारबाही लोकप्रिय बन्दै छन् । उपत्यकामा हर्न बजाउन निषेध पछिल्लो उदाहरण हो । बढ्दो जाम र धुलोधुवाँसँगै ध्वनि प्रदूषणका कारण यो व्यवस्था लागू भएपछि सडक शान्त बन्दै गएको प्रहरीको अनुभव छ । त्यसैगरी २० वर्षभन्दा बढी पुराना गाडी हटाउने निर्णयले पनि लेन अनुशासन कायम गराउन महत्वपूर्ण देन दिएको ट्राफिक प्रहरी बताउँछन् । सकडबीचमै बिग्रेर घन्टौं जाम पार्ने पुराना गाडी र धान्न नसकिने गरी बढेका दुईपांग्रे सवारीलाई व्यवस्थापन गर्न लेन मिच्नेलाई ठाउँको ठाउँ कारबाही गर्ने नियममा कडाइ गरिएका कारण पनि ट्राफिक व्यवस्थापन सहज बनेको प्रहरीको दाबी छ । ट्राफिक प्रहरीले नियम पालनाका लागि सडकमा सक्रियता देखाएपछि सवारीचालक अहिले सजग भएर सवारी चलाउन थालेका छन् । डिजिटल नम्बर प्लेट हटाउने अभियानदेखि मादक पदार्थ सेवन गरेकालाई जरिवाना गर्ने अभियानसम्ममा जनताको मन जितेको ट्राफिक प्रहरीको दाबी छ । तर, मादक पदार्थ सेवन र लेन मिच्नेलाई गरिने कारबाहीमा प्रहरीले ज्यादती गरेको गुनासो गर्नेको संख्या भने बढ्दै गएको छ । यसले ट्राफिक कारबाहीमाथि बलियो अनुगमन संयन्त्र जरुरी रहेको समेत देखाएको सरोकारवाला बताउँछन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मिङमार लामा लेन अनुशासन कायम गर्न ट्राफिक प्रहरी लागि परेको छ । उनका अनुसार हर्न निषेधपछि पैदल यात्रीले जथाभावी बाटो काटे २ सय रुपैयाँ जरिवाना गर्ने सम्मका योजना लेन अनुशासन कायम गर्न र बढ्दो दुर्घटना न्यूनीकरणकै लागि हुन् । शुक्रबार मात्र ट्राफिक प्रहरीले जेब्राक्रसबाहेक स्थानबाट बाटो काट्ने बटुवालाई दुई सय रुपैयाँसम्म जरिवाना गर्ने नियम अघि सारेको छ । यसको कडाइमा विगतमा उसले इमानदारिता देखाउन नसकेका कारण कार्यान्वयन हुनेमा शंका गर्ने ठाउँ भने प्रशस्त भएको ट्राफिककै तल्लो तहका अधिकृत बताउँछन् । फुटपाथबाट हिँड्न प्रेरित गर्न पैदलयात्रीलाई जरिवाना गर्नुपरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यसअघि पनि ट्राफिक प्रहरीले जथाभावी बाटो काट्नेलाई फलफूल उपहार दिने, केही छिन रोकेर ट्राफिक नियमबारे जानकारी दिनेलगायत कार्यहरू गर्दे आए पनि त्यो प्रभावकारी बन्न सकेको छैन । हर्न निषेध अभियानलाई सरकारले समेत आफ्नो उपलब्धि ठानेको छ । हर्न निषेध अभियानको पहिलो एक सातामा १७ सयभन्दा बढी सवारी कारबाहीमा परेका छन् । कारबाहीबाट १ लाखभन्दा बढी राजस्व संकलन भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार २ देखि ७ वैशाखसम्ममा १७ सय १७ जना हर्न बजाएको अभियोगमा कारबाहीमा परेका छन् । कारबाहीबाट १ लाख २० हजार ४ सय ७९ रुपैयाँ राजस्व उठेको महाशाखाले जनाएको छ । महाशाखाका प्रहरी नायब महानिरीक्षक लामाले हर्न निषेध अभियान लागू गरिएपछि काठमाडौं उपत्यकामा हर्नको आवाजमा ९५ प्रतिशत कमी आएको दाबी गरे ।हर्न निषेध अभियानपछि महाशाखाले सडकमा जथाभावी हिँड्ने तथा जथाभावी बाटो काट्ने पैदल यात्रुलाई पनि कडाइका साथ कारबाही गरेको छ । सडक विस्तारकै क्रममा सडक जाम हुन थालेपछि काठमाडौंमा सवारीजामलाई कसरी समाधान गर्न सकिन्छ भनेर ट्राफिक प्रहरीले ड्रोन क्यामेराको समेत प्रयोग गरिरहेको छ । ट्राफिक प्रहरी महाशाखालाई एनएमबी बैंकले एउटा ड्रोन हस्तान्तरण गरेपछि महाशाखाले व्यवस्थापनलाई प्रविधिसँग जोडेको हो । प्रहरीले ड्रोन चलाउन चार जनालाई तालिम दिएको छ । उनीहरूमध्ये एकजनाले ट्राफिक महाशाखामा बसेर उपत्यकाको सवारीजामको निगरानी गर्छन् । पिक आवरमा उपत्यकामा सवारी जाम भइरहेका स्थानमा ड्रोनले खिचेर त्यसको विश्लेषणबाट ट्राफिक व्यवस्थापनमा सहज बनाइने महाशाखाले जनाएको छ । विषेश गरी कार्यालय समयमा बढी चाप हुने स्थानहरूमा ड्रोनको प्रयोग गरिने महाशाखाले जनाएको छ । लेन अनुशासन कायम राख्न थालिएको अभियानबाट एक वर्षको अवधिमा राजधानीमा साढे पाँच लाख सवारीचालक कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीले अघिल्लो वर्ष १ करोडभन्दा बढी जरिवाना संकलन गरेको छ । आर्थिक वर्ष २०७२÷७३ मा उपत्यकामा ५ लाख ४८ हजार ४ सय ७० जना चालक कारबाहीमा परेका छन् । अघिल्लो आर्थिक वर्षमा भन्दा यस वर्ष कम कारबाहीमा परेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE