Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

जहाँ खानेपानीको पाइपबाट दूध झर्छ

\"\"काठमाडौं, १६ वैशाख । खानेपानीको पाइपबाट दूध ढुवानी हुन्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर, ललितपुरको दक्षिण भेगमा पर्ने गोटिखेलमा २० एमएमको प्लास्टिक पाइपबाटै हरेक बिहान दूध ढुवानी गरिन्छ । पाँच किलोमिटर टाढाको रिङगिङडाँडाबाट चार सय लिटर दूध गोटिखेल बजारमा पाँच मिनेटमै झर्छ । अाजको नयाँ पत्रिकामा खबर छ– ललितपुर जिल्ला दुग्ध उत्पादन सहकारी संस्थाका सञ्चालक शिवप्रसाद सञ्जेलका अनुसार गोटिखेलमा मात्र होइन, बुखेल, इकुडोलमा पनि पाइपबाट दूध संकलन हुने गरेको छ । २० एमएमको पाइपमा दूध ढुवानी गोटिखेलमा सुख्खा मौसममा कम दूध आए पनि वर्षा र हिउँदमा भने दैनिक सात सय लिटरसम्म दुध संकलन हुने गर्छ । किसानहरूले पालेका भैंसी र गाईको दूध हरेक दिन २० एमएमको पाइपमा दूध ढुवानी हुँदै आएको छ । बिहान ५ बजेभित्रै किसानहरूले दूध दुहेर रिङगिङडाँडामा पुर्याइसक्छन् । त्यहाँ नापजोख गरी सबै दूध पाइपबाट गोटिखेल पुर्याउने गरेको महांकाल गाउँपालिका–२ का विष्णुप्रसाद घिमिरेले बताए । दूध पठाउन ढिला गरेमा बिग्रने भएकाले बिहानै गोटिखेल दूध चिस्यान केन्द्रमा पठाइन्छ । पहिले पानी पठाएर पाइप सफा गरेर मात्र दूध पठाउने गरिन्छ । ‘दूध पठाउँदा पाइपको अवस्था कस्तो छ भन्दै सबैभन्दा पहिले पानी पठाइन्छ,’ सञ्जेलले भने, ‘पानी रिङगिङडाँडाबाट गोटिखेल पुगेपछि दूध पठाउने गरिन्छ, सबै दूध पाइपबाट पठाइसकेपछि अन्तिममा पानी हालेर दूध निखारिन्छ ।’ फ्याटअनुसार किसानलाई पैसा किसानलाई दूधको फ्याटअनुसार पैसा दिने गरिएको छ । दूधको फ्याट नाप्न डिजिटल मेसिन राखिएको छ । किसानले आफ्नो दूधको पैसा आफैं हिसाब गरेर तत्काल निकाल्न सक्छन् । एक फ्याटको साढे १० रुपैयाँ पर्छ । यसरी एक लिटर दूधको किसानले ६५ देखि एक सय रुपैयाँसम्म पाउँछन् । रिङगिङडाँडामा एउटा किसानले एकदेखि १२ वटासम्म भैंसी पालेका छन् । केहीले गाई पनि पालेका छन् । एक किसानले दैनिक २० लिटरभन्दा धेरै दूध बिक्री गर्दै आएका छन् । सबै खर्च कटौती गरी किसानले मासिक ५० हजार रुपैयाँसम्म कमाउने गरेको सञ्जेलको भनाइ छ । पाइपको दूध सिधै काठमाडौं गोटिखेल दुग्ध चिस्यान केन्द्रमा जम्मा भएको दूध सिधै काठमाडौं आउँछ । हिजोआज गोटिखेलमा दैनिक ६ सय लिटर दूध संकलन हुने गरेको छ । वर्षा र हिउँदमामा ८ सय लिटरभन्दा धेरै दूध संकलन हुने गरेको सञ्जेलले बताए । गोटिखेलबाट १० बजेभित्रै काठमाडौंका लागि दूध पठाउने गरिन्छ । यसरी ल्याएको दूध काठमाडौं, ललितपुरका विभिन्न डेरीमा बिक्री हुने गरेको छ । भैंसीको खानपिन सबै अर्ग्यानिक रिङगिङडाँडामा क्षेत्री बाहुनको बसोबास धेरै छ । दूधका लागि भैंसी वा गाई नपालेको घर पाउन मुस्किल पर्छ । सो डाँडामा करिब ४० घरधुरी छन् । भैंसीलाई गाउँघरमै पाइने डाले र भुइँको घास मेसिनले काटी धुलो बनाएर खुवाइन्छ । यस्तै, पराल, पिना, मकैको पिठो खोले बनाई दिइन्छ । धेरैजसो भैंसीको विमा गरिएको छ । कुनै कारणवश भैंसी मरेमा विमामार्फत किसानले क्षतिपूर्ति पाउँछन् । किसानले लगाउने मकै, धान, कोदोलगायत बाली सबै अग्र्यानिक हुने महांकाल–१ गोटिखेलका रामप्रसाद तिमल्सिनाले बताए । दूध उत्पादनमा वृद्धवृद्धा युवा जनशक्ति विदेश जान थालेपछि वृद्धवृद्धाले दूध उत्पादन गर्ने गरेको महांकाल गाउँपालिका–२ रिङगिङडाँडाका नोक्तप्रसाद घिमिरे बताउँछन् । घिमिरेका दुई भाइ छोरामध्ये एक व्यवसाय र अर्का छोरा विदेशमा छन् । तर, घरमा घिमिरे दम्पतीले एउटा भैंसी पालेर दैनिक सात लिटर दूध बिक्री गर्दै आएका छन् । पाँच मिनेटमै दूध संकलन पाइपबाट दूध ढुवानी गर्न थालेपछि किसानको समय पनि बचत हुने गरेको छ । यसअघि दूध संकलन गर्न दुई घन्टा लाग्ने गरेकोमा अहिले पाँच मिनेटमै जम्मा हुने गरेको छ । ‘दूधको क्यानलाई नाम्लोमा बोकेर गोटिखेल पु¥याउन दुई घन्टाभन्दा धेरै समय लाग्थ्यो,’ महांकाल गाउँपालिका–२ का निलप्रसाद बजगाईंले भने, ‘बजार जाँदा अलमलमै त्यसै समय खेर जान्थ्यो, त्यो समय अहिले बचेको छ ।’ रिङगिङडाँडाको दूध गोटिखेलमा पाँच मिनेटभित्रै जम्मा हुन थालेपछि किसानहरू मख्ख छन् । दूध ढुवानी गर्न सजिलो भएपछि सो भेगमा भैँसी पाल्नेको संख्या पनि बढेको छ । किसानहरूले ०७२ देखि पाइपबाट दूध संकलन सुरु गरेका हुन् । दुग्ध उत्पादन सहकारी संस्थाका सञ्चालक शिवप्रसाद सञ्जेलले व्यक्तिगत खर्चमा एक हजार तीन सय मिटर पाइप ओछ्याएका हुन् । ‘पहिला गाउँघरमा युवाको संख्या धेरै थियो, दूध संकलन गर्न पनि सजिलो थियो, युवाहरू बिदेसिन थालेपछि दूध ढुवानी गर्न समस्या भएपछि पाइपबाट संकलन गर्न थालेका हौँ,’ सञ्जेलले भने ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending