Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

संशोधनको पक्षमा दुईतिहाइ जुटेको सत्तापक्षको अाँकलन, यस्तो छ हिसाव

\"\"काठमाडौं, १५ वैशाख । सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधनमा दुईतिहाइ पु¥याउन कसरत थालेको छ । यसका लागि संसद्मा प्रतिनिधित्व गरेका सबै दलसँग औपचारिक–अनौपचारिक रूपमा छलफल चलिरहेको कानुनमन्त्री अजयशंकर नायकले जानकारी दिए । ‘सबै पक्षसँग छलफल भइरहेको छ, सकारात्मक वातावरण निर्माण हुँदै गइरहेको छ,’ मन्त्री नायकले नयाँ पत्रिकासँग भने, ‘सरकारलाई विश्वास छ, संविधान संशोधन दुईतिहाइ बढी मतले नै पारित हुन्छ ।’ अाजको नयाँ पत्रिकामा खबर छ– संसदमा अहिले कुल ५ सय ९३ सांसद छन् । संविधान संशोधन विधेयक पारित हुन सरकारलाई ३ सय ९६ मत आवश्यक पर्छ । तर, सत्तारुढ गठबन्धनले आवश्यकभन्दा दुई मत बढी भएको दाबी गर्दै संविधान संशोधन हुनेमा ढुक्क हुन मधेसी मोर्चालाई अनुरोध गरेको छ । प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चासहित संघीय गठबन्धनका नेताहरूलाई प्रतिपक्षी एमालेसहितको सहमतिका आधारमा स्थानीय तहको संख्या थप हुने विश्वास दिलाएका छन् । प्रधानमन्त्रीले बिहीबार बालुवाटार बोलाएर संख्या पुनरावलोकनको विषय फिर्ता नलिएको प्रस्ट्याएपछि मोर्चाका नेताहरू विश्वस्त बनेका छन् । ‘उहाँहरूलाई सरकारले स्थानीय तहको संख्या पुनरावलोकन गर्ने विषय नै फिर्ता लिएको हो कि भन्ने आशंका रहेछ,’ बालुवाटार बैठकपछि माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले भने, ‘प्रधानमन्त्रीले एमालेसहितको सहमतिमा मापदण्ड बनाएर निर्णयमा पुगिने बताएपछि उहाँहरू विश्वस्त हुनुभयो ।’ स्थानीय तहको संख्या थप गर्न स्थानीय विकास मन्त्रालयले तराईका ११ जिल्लामा पठाएको परिपत्र फिर्ता लिने सरकारको निर्णयपछि भड्किएका मोर्चाका नेताहरू प्रधानमन्त्रीले भेटेपछि मत्थर भएका हुन् । एमालेले गरेको संसद्को अवरोध हटाउने क्रममा सरकारले २ र ५ नम्बर प्रदेशका ११ जिल्लामा गरेको परिपत्र फिर्ता लिने सहमति गरेपछि मोर्चाका नेताहरू बिच्किएका थिए । \"\"
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending