Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

तीन सय पूर्वलडाकु पर्यवेक्षक , विदेशीले पाएनन् अनुमति

\"\"काठमाडौं, १५ वैशाख । स्थानीय तह निर्वाचनमा स्वदेशी संस्थाहरूले मात्र निर्वाचन अनुगमन तथा पर्यवेक्षण गर्न पाउने भएका छन् । अनुगमन पर्यवेक्षणका लागि आवेदन दिने र चासो देखाउने स्वदेशी तथा विदेशी संस्थाहरू बढ्दै गएपछि आयोगले पर्यवेक्षण निर्देशिकाअनुसार अनुगमन र पर्यवेक्षणको दायरासहित स्वदेशी संस्थालाई मात्र अनुमति दिएकोे हो । अनुमति पाएका संस्थाले निर्वाचनमा ३ सय पूर्वलडाकुले पर्यवेक्षण अनुमति पाएका छन् । पूर्वलडाकु नेपाल नामक संस्थाले उनीहरूलाई परिचालन गर्ने अधिकार पाएको आयोगको भनाइ छ । अाजको राजधानी दैनिकमा खबर छ– १९ वर्षपछि ३१ वैशाख र जेठमा गरी दुई चरणमा तय भएको स्थानीय तह निर्वाचनमा ४९ स्वदेशी संस्थाहरूलाई मात्रै निर्वाचन अनुगमन तथा पर्यवेक्षणका लागि अनुमति दिइएको आयोगले जनाएको छ । आयोगमा ६५ संस्थाले पर्यवेक्षणका लागि आवेदन दिएका थिए । आयोगका सचिव गोपीनाथ मैनालीले स्थानीय तह निर्वाचन भएकाले अन्तर्राष्ट्रिय जगत्लाई अनुगमन तथा पर्यवेक्षणका लागि स्वीकृति दिने नीति नबनाएको बताए । उनले राष्ट्रिय निर्वाचनमा मात्र अन्तर्राष्ट्रिय समुदायलाई अनुगमनका लागि स्वीकृति दिइने गरेको बताए । ‘स्थानीय तहको निर्वाचन भएकाले हामीले स्वदेशी संस्थाहरूलाई मात्रै अनुगमन तथा पर्यवेक्षणका लागि अनुमति दिने तयारी गरेका हौं,’ उनले भने, ‘विदेशी नियोग तथा संस्थाहरूलाई स्थानीय तहमा अनुगमन र पर्यवेक्षणको अनुमति दिने नीति नै छैन ।’ उनले विदेशी नियोग तथा संस्थाहरूलाई अनुगमनका लागि अनुमति नदिइए पनि राजधानीका केही स्थानमा भने निर्वाचनका दिनमा मात्रै हेर्न जान सक्ने गरी अनुमति दिन सकिने जानकारी दिए । ‘धेरैको चासोको निर्वाचन भएकाले राजधानीका केही स्थानमा भने कूटनीतिक नियोग र विदेशी संस्थाका प्रतिनिधिहरू जान इच्छुक भएमा जान सक्छन् । हामीले त्यो छुट दिएका छौं,’ उनले भने । यस्तै, आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले पनि विदेशी नियोग तथा संघसंस्थाबाट अनुगमन तथा पर्यवेक्षणका लागि लिखित माग नभए पनि मौखिक रूपमा चासो राखेको जानकारी दिए । ‘लिखित रूपमा अहिलेसम्म आयोगमा पत्र प्राप्त त भएको छैन, तर मौखिक रूपमा इच्छुक भएको हामीलाई जानकारी आएको छ, तर हामीले यो निर्वाचनमा विदेशीहरूलाई अनुगमन तथा पर्यवेक्षण गर्न दिने तयारी गरेका छैनौं,’ प्रवक्ता शर्माले भने । उनले पहिलेदेखि नै अनुगमनमा रहेका संस्था र केही नयाँ स्वदेशी संस्थालाई मात्रै अनुमति दिने तयारीमा आयोग रहेको बताए । स्थानीय तह निर्वाचनमा ४९ संघसंस्थाका ४९ हजार ९ सय ४७ जनाले पर्यवेक्षण अनुमति पाएको आयोगको भनाइ छ । जसमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), निर्वाचन पर्यवेक्षण मञ्च नेपाल, मानवअधिकार तथा शान्ति प्रतिष्ठान, आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) छन् । त्यसैगरी, नेपाल ग्रामीण विकास तथा वातावरण संरक्षण परिषद्, न्युज क्लब अफ नेपाल, नेपाल निर्वाचन पर्यवेक्षण सञ्जाल, संकल्प–शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल ललितपुर, निर्वाचन पर्यवेक्षण समिति नेपाल, मानवअधिकार संरक्षण मञ्च र इन्सेकले पनि स्थानीय तह निर्वाचनको पर्यवेक्षण अनुमति पाएका छन् । भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियान, लोकतन्त्र र विकासका लागि सहकार्य, गैरसरकारी संस्था महासंघ, डेमोक्रेसी रिसर्च सेन्टर नेपाल, नेपाल मानवअधिकार संगठन, विश्वशान्ति युवा संघ नेपाल, राष्ट्रिय व्यवसायी पहल, नेपाल मतदाता अधिकार मञ्च र नेपाल बार एसोसिएसन नेपालले पनि अनुमति पाएको आयोगको भनाइ छ । आयोगका अनुसार सामुदायिक विकास कार्यक्रम सिन्धुली, बागेश्वरी असल शासन क्लब, सहयोगी समाज नेपाल सर्लाही र बहिर्गमित पूर्वलडाकु नेपालले पनि पर्यवेक्षणको अनुमति पाएका छन् । उसले ३ सय पूर्वलडाकुलाई पर्यवेक्षणमा खटाउने अनुमति पाएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending