Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

माओवादीले भन्यो– ‘सेना हाम्रो दुश्मन होइन’

\"\"काठमाडौं, १५ वैशाख । भारतीय माओवादीले छत्तिसगढको सुकमा जिल्लामा २५ जना जवान मारिएको दुई दिनपछि आफूहरुको दुश्मनी सेना र प्रहरी जवानसँग नभएको जनाएको छ । आफूहरु हिंसामा विश्वास गर्ने समुह नभएको पनि माओवादीले दाबी गरेको छ । आजको राजधानी दैनिकमा खबर छ– भारतीय माओवादीले सञ्चारमाध्यममा मृतक प्रहरी जवानको शवलाई समेत क्षति पु(याएको खबर आएपनि त्यसको खण्डन गरेको छ । भारतीय सञ्चारमाध्यमले जवानको शबमाथि समेत दुव्र्यवहार भएको र गुप्तांगसमेत काटिएको दाबीसहित समाचार सार्वजनिक गरेका थिए । भाकपा ९माओवादी० का दण्डकारन्य स्पेशल जोनल कमिटिका प्रवक्ता विकल्पले बिहीबार आफ्नो वक्तव्य जारी गर्दै चिन्तागुफा सीआरपीएफका जवानमाथि भएको हमला ११ मार्चमा सुकमा जिल्लाको भेज्जीमा १२ जना जवान मारिने गरी भएको हमलाको निरन्तरता भएको जनाएका छन् । विकल्पले भने, ‘हामी हिंसावादी होइनौं, तर सामन्ती शक्ति, देशी–विदेशी कर्पोरेट घरानाको प्रतिनिधित्व गर्ने केन्द्र र राज्य सरकारद्वारा जारी हिंसाको प्रतिरोधमा र पीडित जनताको पक्षमा खडा भएर संघर्ष गर्न हामी बाध्य छौं ।’ माओवादी प्रवक्ताले सुकमाको पछिल्लो हमलालाई गत वर्ष सुकमामा ९ जना माओवादी र ओडिशामा ९ सर्वसाधारणसहित २१ जना माओवादी हत्याको जवाफ भएको पनि उल्लेख गरेका छन् । माओवादी सुरक्षा बलको मिशन २०१७ लाई असफल पार्नका लागि पनि यो हमला गरिएको जनाएको छ । विकल्पले माओवादी जनसेनाको हमलामा मारिएका कुनैपनि अर्धसैनिक बलका जवानको शबमा कुनै अपमान नगरेको पनि स्पष्ट पारेका छन् । उनले बस्तरमा माओवादीको शबमा प्रहरीले हरेक पटक दुव्र्यवहार गर्ने गरेको आरोप समेत लगाएका छन् । महिला माओवादी छापामारको शबमा अश्लील तस्बिर बनाउने र भिडियो समेत बनाएर सामाजिक सञ्जालमा प्रशारित गर्ने गरेको उनको आरोप छ । सशस्त्र बलका जवान व्यक्तिगत रुपमा आफूहरुको दुश्मन नभएको उल्लेख गर्दै माओवादीका प्रवक्ता विकल्पले उनीहरुलाई अन्तिम वर्गदुश्मनको रुपमा आफूहरुले नहेरेको पनि उल्लेख बताएका छन् । उनले भनेका छन्, ‘शोषणमूलक राज्यसत्ताको दमनकारी राज्य मशिनरीको हिस्साका विरुद्ध जनदमनको औजारका रुपमा माओवादी आन्दोलन अघि बढ्ने बाटोमा छ ।’ उनले सुरक्षाकर्मीलाई राज्यको नोकरी छाडेर सुरक्षाबलका जवानबाट राज्यका विरुद्धको संघर्षमा खडा हुन आह्वान गरेका छन् । यसैबीच राज्यका मुख्यमन्त्री रमन सिंहले सुरक्षा बलबाट लगातार बढ्दो दबाबका कारण माओवादीहरु अत्तालिएको बताएका छन् । उनले सुकमाको माओवादी आन्दोलनलाई अन्तिम लडाई भएको समेत टिप्पणी गर्दै सुरक्षाकर्मीको त्यो बलिदानीलाई त्यसै खेर जान नदिने चेतावनी समेत दिएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending