Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

कांग्रेसको नजरमा एमाले : असहिष्णु र उग्रराष्ट्रवादी

\"\"काठमाडौं, १३ वैशाख । संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै बर्सेनि तीन लाखभन्दा बढीलाई रोजगारी दिनेदेखि बर्सेनि एक खर्ब विदेशी लगानी ल्याउनेसहितका महत्वाकांक्षी योजनासहितको निर्वाचन घोषणापत्र ल्याएको छ । ३१ वैशाखको निर्वाचन आउन १९ दिन मात्र बाँकी हुँदा कांग्रेसले मंगलबार जारी गरेको घोषणापत्र सरकारको नीति, कार्यक्रम र बजेटजस्तै छ । अाजको नयाँ पत्रिकामा खबर छ– केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रमा सभापति शेरबहादुर देउवाले समग्र जनतालाई स्थानीय शासनमा बलियो बनाउने र जनताको पहुँच बढाउने गरी ल्याइएको घोषणापत्रले सफलता प्राप्त गर्ने बताए । ‘कांग्रेसको नेतृत्वमा नयाँ संविधान–कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ लाई मूल नारा मान्दै कांग्रेसले राजनीतिक परिवर्तनमा आफ्नो अमूल्य योगदान रहेको र अब राजनीतिक परिवर्तनका मुद्दालाई संस्थागत गर्न नेतृत्व प्रदान गर्ने जनाएको छ । महत्वाकांक्षाले भरिएको घोषणापत्र कांग्रेसले ल्याएको घोषणापत्रमा हरेक वर्ष सय अर्बबराबरको विदेशी लगानी भित्राउने, स्वदेशी र निजी लगानीले बर्सेनि तीन लाखभन्दा बढी रोजगारी सिर्जना गर्ने, गरिबीको रेखामुनि रहेका जनताको हिस्सा तीन प्रतिशतभन्दा कम गराउने, अधिकांश नेपालीलाई मध्यवर्गीय स्तरका बनाउने र ९५ प्रतिशत नेपालीलाई साक्षर बनाउने महत्वाकांक्षी १० वर्षे योजना अगाडि सारेको छ । कांग्रेसको १० वर्षे योजनामा औसत नेपालीको आयु ७७ वर्ष पुर्याउने, १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ । त्यस्तै, काठमाडौं–मधेस एक्सप्रेसलगायत चारदेखि ६ लेनका हजार किलोमिटरभन्दा बढीको द्रुतमार्ग, पाँच सय किलोमिटरभन्दा बढी रेल्वे लाइन, ५० हजारभन्दा बढी कालोपत्रे सडक र टनलको सञ्जाल निर्माण, चारवटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने विषयलाई १० वर्षको पार्टी योजनामा पारेको छ । एमाले असहिष्णु र उग्रराष्ट्रवादी कांग्रेसले आफूलाई सामाजिक परिवर्तनको प्रेरक मान्दै प्रमुख प्रतिपक्षी दल एमालेलाई असहिष्णु र उग्र राष्ट्रवादी भनेको छ । संविधान निर्माणदेखि नै एमाले असहिष्णु र आक्रामक भएको आरोप कांग्रेसको छ । एमालेकै अतिवादी सोच र अडानले तराई–मधेसको आन्दोलन झनै चर्केको कांग्रेसको आरोप छ । माओवादी अस्थिरतामा लाभ खोज्ने कांग्रेसले देशको राजनीति मुठभेडमा पुग्दा पनि माओवादी केन्द्रले दृढसंकल्प र लोकतान्त्रिक बाटो पहिल्याउन नसकेको आरोप लगाएको छ । माओवादी द्वन्द्वकालीन प्रवृत्ति र घटनाको प्रभावबाट मुक्त हुन नसकेको र सत्ताको लाभ खोज्ने प्रवृत्ति भएको कांग्रेसको आरोप छ । मधेसी दल हठी, राप्रपा अवसरवादी मधेसी दल हठी भएको तथा मधेसका जनतालाई निर्मम आन्दोलनमा होमेर राजनीतिक संवाद र सहमतिलाई परिणाममुखी बन्न नदिएको अरोप लगाएको छ । मधेसी दलले सामाजिक सद्भाव बिथोलेर सीमासम्म आन्दोलन फैलाएर अतिवादी सोच र प्रवृत्तिलाई बल पु¥याएको आरोप पनि छ । नयाँ संविधानलाई निष्ठापूर्वक स्वीकार नगर्ने प्रवृत्तिले राप्रपालाई अवसरवादी तथा सत्ता राजनीतिको दलदलमा फसाएको कांग्रेसको निष्कर्ष छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE