Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

त्रिविका सात विषयमा १० भन्दा कम विद्यार्थी

\"\"काठमाडौं, १३ वैशाख । त्रिभुवन विश्वविद्यालयका ठूला भनेर चिनिएका आंगिक क्याम्पसमा विभिन्न विषयमा १० जना पनि विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका छैनन् । स्नातकोत्तर तहमा १० जनाभन्दा कम विद्यार्थी भएका क्याम्पसमा त्रिविले यो वर्ष त्यस्ता विषय पढाउन बन्देज लगाउ“दै छ । अाजको नयाँ पत्रिकामा खबर छ–यस वर्षदेखि उपत्यकाका सबै क्याम्पसमा स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू भएपछि लिइएको प्रवेश परीक्षामा विद्यार्थीको खडेरी देखिएको हो । कतिपय केन्द्रीय विभागमा एकदमै न्यून विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायका डिन शिवलाल भुसालले १० भन्दा कम भएका क्याम्पसका विद्यार्थी अन्यत्र लगेर कार्यक्रम बन्द गरिने बताए । त्रिविको मानविकी तथा सामाजिक शास्त्र संकायको डिन कार्यालयले गत शुक्रबार लिएको प्रवेश परीक्षामा केन्द्रीय विभाग र केही ठूला क्याम्पसका विषयमा समेत विद्यार्थीको खडेरी लागेको हो । नेपाली, मानवशास्त्र, जनसंख्या र अंग्रेजी विषयमा केही क्याम्पसमा विद्यार्थी संकट देखिएको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायका सहायक डिन प्रा.डा.राजकुमार पोखरेलले १० जनाभन्दा कम विद्यार्थी भएका विषयमा के गर्ने भन्ने विषयमा डिन कार्यालयले केही दिनमा निर्णय गर्ने बताए । तीन विभागमा १० भन्दा कम विद्यार्थी त्रिवि मानविकी संकायमा तीनवटा केन्द्रीय विभागमा पनि १० जनाभन्दा कम विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका छन् । इतिहास केन्द्रीय विभागमा तीन, हिन्दीमा चार र संस्कृत केन्द्रीय विभागमा सातजना विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । धेरै विद्यार्थी हुने पाँच विषय मानविकी संकायका उपत्यकाका आंगिक क्याम्पसमा सबैभन्दा बढी विद्यार्थी समाजशास्त्रमा रहेको पाइएको छ । त्रिविको मानविकी डिन कार्यालयका अनुसार समाजशास्त्रमा सबैभन्दा बढी ६ सय ९८ विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । त्यसैगरी, अंग्रेजी विषय अध्ययनका लागि केन्द्रीय विभागसहित उपत्यकाका आंगिक क्याम्पसका लागि पाँच सय ३०, अर्थशास्त्रमा तीन सय ९९, ग्रामीण विकासका लागि तीन सय ४७ र होम साइन्समा दुई सय ३४ जनाले प्रवेश परीक्षा दिएका छन् । त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायका डिन शिवलाल भुसालले १० भन्दा कम हुने कलेजमा विषय नरहने बताए । एक–दुई विद्यार्थीलाई छुट्टै कक्षा, शिक्षक, पूर्वाधारलगायतका सुविधा चाहिने र त्यो खर्चिलो हुने भएकाले थोरै विषय भएकालाई समायोजन गरिने बताए । सेमेस्टर प्रणालीमा विद्यार्थीले पढाइलाई धेरै प्राथमिकता दिनुपर्ने भएकाले व्यवस्थित बनाउनुपरेको उनले बताए । थोरै विद्यार्थी भएर त्यो विषय नै बन्द हुने कलेजका शिक्षक पनि आवश्यकताअनुसार विद्यार्थी भएका कलेजमा पठाइने उनको भनाइ छ । केही क्याम्पसमा कुनै विषयका विद्यार्थीभन्दा शिक्षक बढी भएको डिन भुसालले बताए । धेरै विद्यार्थी हुने पाँच विषय मानविकी संकायका उपत्यकाका आंगिक क्याम्पसमा सबैभन्दा बढी विद्यार्थी समाजशास्त्रमा छन् । त्रिविको मानविकी डिन कार्यालयका अनुसार समाजशास्त्रमा सबैभन्दा बढी ६९८ विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । अंग्रेजी विषय अध्ययनका लागि केन्द्रीय विभागसहित उपत्यकाका आंगिक क्याम्पसमा ५३०, अर्थशास्त्रमा ३९९, ग्रामीण विकासमा ३४७ र होम साइन्समा २३४ जनाले प्रवेश परीक्षा दिएका छन् । त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायका डिन शिवलाल भुसालले १० भन्दा कम हुने कलेजमा विषय नरहने बताए । कुन क्याम्पसमा कुन विषयमा कति विद्यार्थीले प्रवेश परीक्षा दिए ? नेपाली सरस्वती क्याम्पस १ विद्यार्थी त्रिचन्द्र क्याम्पस २ विद्यार्थी पाटन क्याम्पस ३ विद्यार्थी भक्तपुर क्याम्पस ६ विद्यार्थी जनसंख्या पाटन क्याम्पस ३ विद्यार्थी रत्न राज्य क्याम्पस ६ विद्यार्थी मानवशास्त्र पद्मकन्या क्याम्पस ३ विद्यार्थी अंग्रेजी सरस्वती क्याम्पस ५ विद्यार्थी केन्द्रीय विभागहरू इतिहास ३ विद्यार्थी हिन्दी ४ विद्यार्थी संस्कृत ७ विद्यार्थी
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending