Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

यादव–गच्छदार तालमेलको तयारी

\"\"काठमाडौं, १३ वैशाख । ६ मधेसकेन्द्रित दलहरुबीच एकताबाट राष्ट्रिय जनता पार्टी नबन्दासम्म नयाँ शक्ति पार्टीसित एकता गर्नेमा संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवको ठिकठिकै जोड थियो । आफूले चाहेजस्तो संविधान संशोधन नभईसकेकाले उनी संविधान जारीकर्तामध्ये एक बाबुराम भट्टराईसित तत्कालै जोडिइहाल्दा मधेसी मतदाताबीच गलत सन्देश जाने भयले जोडिइहाल्ने पक्षमा थिएनन् । आजको कान्तिपुरमा खबर छ– तर मधेसमा नयाँ ध्रुवीकरणले उनलाई एकाएक अर्को शक्तिशाली पार्टी निर्माणका लागि चुनौती थपिदिएको छ । वैशाख ७ मा ६ वटा मधेसी पार्टी एकता भएको भोलिपल्टै उनी भट्टराई र अशोक राईको नेतृत्वमा एकता तयारी समिति गठन गर्नु यसैको नतिजा थियो । अब उनको आँखा बृहत् मोर्चाबन्दी र चुनावी तालमेलतिर छ । राजपा एकतासँगै अब सात दलीय मधेसी मोर्चा केवल दुई दलको साझा बैठक स्थलमात्रै बन्न पुगेको छ । त्यस अर्थमा मोर्चाको अस्तित्व कमजोर पनि देखिन्छ । तर यादव मोर्चा अब झन् दह्रो र बृहत् पारिने तर्क गर्न थालेका छन् । सात दलीय मोर्चा छँदा त्यसको तुलनामा २९ दलीय जनजाति, मधेसीको संघीय गठबन्धनलाई प्राथमिकता दिने गरेका यादव अहिले फेरि मोर्चाको महत्वबारे चर्चा गर्न थालेका छन् । तत्काललाई संसद संख्यामा २५ सिटसहित आफूभन्दा ठूलो देखिएको राजपालाई राजनीतिक प्रभावका हिसाबले साइजमा राख्न संसदमा १५ सिट भएका यादवले पछिल्ला दिनमा आफूबाट छुटेर गएका विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम, जयप्रकाश गुप्ता नेतृत्वको तराई मधेस राष्ट्रिय अभियानलगायतलाई जोड्ने रणनीतिमा रहेको उनी निकट एक नेताले बताए । संसदमा गच्छदारको दलसित १७ सिट छ । ‘संविधान संशोधनको प्रतिबद्धताबाट सरकार पछि हट्यो भने हामी आन्दोलनमा जानुपर्ने हुन्छ, त्यसका लागि पनि अब मोर्चाबन्दी कस्नुपर्ने आवश्यकता परेको हो,’ ती नेताले भने, ‘मधेसी मोर्चाले राजनीतिक शक्तिका रुपमा पहिचान पाइसकेको छ । यसले निरन्तरता पाउछ । त्यसलाई आवश्यकताअनुसार विस्तार गर्ने, चुनावमा जानुपरेको खण्डमा सगै जान सकिनेबारे खुला ढंगले कुरा गर्ने हाम्रो सोचाइ छ ।’ सिरहामा रहेका यादवले कान्तिपुरसँग फोनमा कुरा गर्दै गच्छदारसग चुनावी तालमेल ‘असम्भव नरहेको’ घुमाउरो टिप्पणी गरे । ‘उहा ९गच्छदार० सित चुनावी तालमेल इन्कार गर्नुपर्ने कुनै कारण छैन, उहाँसगै तराईमा रहेका अरु पार्टीबीच पनि तालमेल हुने सम्भावना छ,’ यादवले भने, ‘चुनाव हुने नै भयो भने यसबारे कुरा सुरु गर्छु ।’ यादव पार्टी एकता, मोर्चाबन्दी र तालमेलको प्रयासका लागि बुधबार राजधानी फर्कदै छन् । गच्छदारले फोरम अध्यक्ष यादवसित आफ्नो कुराकानी भएको पुष्टि गरे । राजपा गठन भएलगत्तै यादवसित भएको फोन वार्तामा आगामी दिनमा नया ढंगले जान सकिने सम्भावनाबारे छलफल भएको उनले बताए । ‘राजनीतिक ध्रुवीकरण तीव्र बन्दै जादा दलहरुको एकता र सहकार्य हुनु सकारात्मक नै हो भन्ने कुरा गर्‍यौं, मैले त उहाँलाई दोस्रो संविधानसभा चुनावकै बेला पनि यो प्रस्ताव गरेको थिएँ,’ गच्छदारले भने, ‘त्यसका लागि के गर्न सकिन्छ, कसरी अगाडि जान सकिन्छ भनेर हामी अब कुरा गर्छौं ।’ फोरम र नया शक्ति मिल्न लागेको सन्दर्भमा गच्छदारले आफूसग त्यसबारे खासै कुरा नभएको, तर त्यसबारे पनि सोच्न सकिने बताए । गच्छदार तिनै नेता हुन्, जसलाई यादवले कांग्रेसबाट फोरम नेतृत्वमा ल्याएका थिए । अनि मतान्तर र पार्टी फुटसगै दुईपल्ट मधेसी मोर्चाबाट निश्कासित पनि गरिसकेका छन् । तर दुवै नेताले विगतको कुरा कोट्याएर फाइदा नहुने भन्दै अगाडिको यात्रा तय गर्ने संकेत गरे । यता, एकताको चर्चा चल्दै गर्दा नयाँ शक्ति र संघीय समाजवादी फोरमले एकल चुनाव चिन्ह लिई स्थानीय तहको चुनावमा भाग लिने निर्णय गरेका छन् । दुवै दलका अनुसार चुनाव अगाडि एकता भइहाल्ने सम्भावना छैन, तर फोरमको नाममा दर्ता रहेको एक हातले समातेको मशाल चुनाव चिन्हमा निर्वाचनमा सहभागी हुन दुबै पार्टी मञ्जुर भएको निवेदन निर्वाचन आयोगमा मंगलबार दिएका छन् । ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending